मोरङ । मोरङको उर्लाबारीका एक शिक्षकद्वारा आÏनै विद्यार्थीमाथि यौन दुव्र्यवहार भएको खुलेको छ । उर्लाबारी नगरपालिका वडा नं. ७ स्थित राधिका माविका शिक्षकद्वारा विद्यार्थीमा यौन दुव्र्यवहार भएको रहस्य खुलेको हो । झापा स्थायी घर भएका शिक्षक तीर्थ श्रेष्ठले जेठ ३० गते बालमैत्री स्थानीय शासन कार्यक्रम अन्तर्गत उक्त विद्यालयमा गरेको नियमित अनुगमनका क्रममा उक्त घट्नाको रहस्य बाहिरिएको हो । हाल उनलाई विद्यार्थीमाथि विगत दुई बर्षदेखि दुव्र्यहार गरेको आरोप लागेको छ ।

शिक्षक श्रेष्ठले विद्यार्थीका गोप्य अंग छुने, अनावश्यक प्रश्न सोधेर मानसिक यातना दिने, कक्षा कोठा बन्द गरेर राख्ने जस्ता क्रियाकलाप गर्दै आएको अनुगमनका क्रममा अनुशासन टोलीलाई विद्यार्थीहरुले बताएका थिए । निमावि स्तरका शिक्षक श्रेष्ठ हाल सम्पर्क विहीन रहेको विद्यालयले जनाएको छ । सम्पर्कको प्रयास बारम्बार गरे पनि उनीसँग सम्पर्क नभएको विद्यालय प्रशासनले जनाएको छ ।
