यतिबेला नेपालको राजनीति दुर्गन्धित भएको छ । भ्रष्टाचार र कमिशन काण्डले गन्हाएको छ । जब दलीय सिस्टममा दलहरु काण्डै काण्डमा मुछिन्छन् त्यसबेला देशको प्रहरी, प्रशासन, न्यायालय, संवैधानिक निकायहरु नियन्त्रण भन्दा बाहिर जान्छन् । जसको प्रमुख ध्येय हुन्छ जसरी पनि आर्जन गर्ने ।प्रारम्भदेखि नै देशमा काँग्रेस, एमाले, मधेशवादी दलहरु
राज्यको स्रोत साधनमा ब्रम्हलुट मच्चाउदै आएका थिए । पछि २०६३ सालदेखि माओवादी थपियो । दश बर्ष जनयुद्धको नाममा लुटपाट, गुण्डागर्दी, हत्या, आतंकको रिहर्षल गरेर सहर पसेका उनीहरु अघिल्ला दलहरुभन्दा पृथक देखिएनन् । अझ एक कदम अगाडि देखिए । एउटा किसान विग्रदा एक बर्ष उत्पादनमा हानी हुन्छ तर देशको राजनीति विग्रदा मुलुक ५० औं बर्ष पछाडि पर्छ । राजनीतिको आवरणमा जुन लुट धन्दा मच्चाइएको छ ढिलो चाँडो ती पात्रहरुले सजाय त भोग्नैपर्छ । पछिल्लो समय नागरिक बेचबिखनको धन्दा गर्दै आएका गृहमन्त्री रमेश लेखकलाई जोगउने काममा तीनै दल लागेका छन् । अरुलाई विगतमा नैतिकताको पाठ सिकाएर संसदमा घण्टौसम्म कुर्लने उनी यतिबेला दैनिक करोडौ रुपैयाँ भागशान्तिको आरोपमा मुछिएका छन् । सहसचिव तीर्थराज भट्टराईले अख्तियारलाई बयानै दिइसकेका छन्, आम नागरिकले थुकिरहेका छन् तर पनि उनी निर्लज्जतापूर्वक आफ्नो अपराध ढाकछोप गरिरहेका छन् । उनी निर्दोष भए राजीनामा दिएर संसदीय छानविन समिति बनाउन छेपारे प्रवृत्तिका माओवादीबाहेक अन्य दलले संसदमा गरेको मागका सम्बन्धमा तत्काल गृहमन्त्री लेखकले पदबाट राजीनामा दिनुपर्छ । मानिस अपराध गरेपछि डराउँछ । शक्तिको आड खोज्छ । गृहमन्त्रीले नखाएको भए त्यत्रो बमण्डर किन गर्नुप¥यो ? हुन त वर्तमान सत्ताका घटक र आंशिक सत्ताका घटक माओवादी काण्डै काण्डमा मुछिएका छन् । सत्ताबाट बाहिरिन साथ यी जेलमा पुग्छन् या त सडकमा जनताले जुत्ता चप्पलले स्वागत गर्छन् । यो कुरा यिनलाई राम्रोसँग हेक्का छ । त्यसैले सत्ताका लागि जस्तोसुकै मूल्य चुकाउन यिनीहरु तयार छन् । अर्कोतर्फ यिनका अपराधका बारेमा बोल्ने, लेख्नेलाई यिनहिरु कानुनको धज्जी उडाएर साइबर अपराधमा नियोजित उजुरी हालेर, आफ्ना झोलेहरु खन्याएर, झुठा मुद्धा लगाएर यातना दिन्छन् । पछिल्लो पटक शेरबहादुर आरजुका पुत्र जयवीरले अरबौको हिल्टन होटल खरिद गरे । सर्वसाधारण नागरिकले एक लाख रुपैया बैंकमा राख्नुप¥यो भने स्रोत खोजिन्छ तर जयवीरले यत्तिका पैसा कहाँबाट ल्याए त्यसको साम्राज्यको स्रोत के हो भन्ने सवाल सञ्चारकर्मीले गर्न पाइँदैन । पछिल्लो उदाहरण बनेका छन् पत्रकार दिलभुषण पाठक । के जयवीर १० औ अरब निकाल्न सक्ने खान्दानी हुन् ? त्यो पैसाको स्रोत के हो ? आखिरी आम नेपाललाई भँलिभाँति थाहा छ उक्त आम्दानीको स्रोत के हो भनेर । जब शासकले गणतन्त्र, वाक स्वतन्त्रताको नाममा सञ्चारको गला थिच्ने प्रयास गर्छन् त्यसपछि उनीहरुको पतन निकट हुन्छ । राज्यका स्रोत साधनमाथि केही दिनका लागि एउटा शासकले लुट मच्चाउला तर सधैभरिलाई होइन । अर्कोतर्फ १५ औं महाधिवेशनमा सभापतिको दाबेदार भन्दै हिडेका गगन थापामाथि जर्मनीमा होटलमा अरबौको लगानीको कुरा बाहिर आएको छ । उनले त्यसमाथि जवाफ दिनुपर्दैन ? औँला ठड्याइसकेपछि त्यसको उत्तर दिनुपर्छ । तर उनी चुप छन् । यसले के प्रमाणित गर्छ ? थापा पनि लेखककै पदमार्गमा हिडेको प्रष्ट हुन्छ ।
