राष्ट्रिय थारु कल्याणकारी मञ्चले साँस्कृतिक कार्यक्रमको आयोजना गर्ने

काठमाण्डौ । नेपालको मुख्य आदिवासीका रुपमा रहेका थारु समुदायहरुले आगामी असार ७ गते शनिवार विश्व संगीत दिवसको अवसरमा वृहत साँस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ । खास गरेर नेपालको तराई र भित्री मधेशमा रैथाने बासिन्दाका रुपमा बसोबास गर्दै आएका थारुहरुका विविध कला झल्कने साँस्कृतिक कार्यक्रम सम्भवत ः पहिलो पटक आयोजना हुन लागेको हो । राष्ट्रिय थारु कल्याणकारी मञ्चका अध्यक्ष विनय वैध थारु (चौधरी) ले आइतबार काठमाण्डौमा एक कार्यक्रमको आयोजना गरेर साँस्कृतिक कार्यक्रम गर्न लागिएको जानकारी दिनु भएको हो । खास गरेर भाषा, थारु समुदायको सँस्कृति, भेषभुषा, रहनसहन, खानपान, आतिथ्य सत्कार लगायतका विविध पक्ष झल्कने कार्यक्रममा समावेश गरिने उहाँले जानकारी दिनुभयो । उहाँले हामीसँगको टेलिफोन सम्पर्कमा भन्नुभयो असार ७ गते विश्व संगीत दिवस पनि परेको छ । सबैले संगीत दिवस मनाउँदा यस पटक राष्ट्रिय थारु कल्याणकारी मञ्चले समेत साँस्कृतिक कार्यक्रमको आयोजना गर्न लागेको हो । काठमाण्डौमै कार्यक्रमको आयोजना किन गर्नु लाग्नुभयो त भन्ने सवालमा मञ्चका अध्यक्ष वैधको कथन थियो काठमाण्डौ देशको केन्द्रविन्दु मात्र नभएर अन्तर्राष्ट्रिय समुदायको समेत ध्यान केन्द्रित हुने ठाउँ हो । पहिला थारु बाहुल्य सप्तरी, कैलाली, कञ्चनपुरतिर कार्यक्रम गर्ने सोच बनाएका थियौ । पछि मञ्चको बैठकले राजधानीमा गर्ने सर्वसम्मत निर्णय ग¥यो । वहुमत सदस्यको निर्णयकै आधारमा कार्यक्रमको आयोजना काठमाण्डौमा गर्न लागिएको हो ।

वृहत साँस्कृतिक कार्यक्रममा सहभागिताका लागि नेपालका २७ जिल्लाका थारु कलाकारहरुलाई आमन्त्रण गरिसकेको समेत उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो नेपालका थारुको आफ्नै प्रकारको सदियौ पुरानो सँस्कृति छ । आÏनो पहिचान जोगाउन र भावि पुस्ताहरुलाई उत्प्रेरित गर्न पनि थारु भाषा, कला, सँस्कृतिका बारेमा सबैको ध्यानाकर्षण गर्न पनि कार्यक्रमको आयोजना गर्न लागेका हौं । उहाँले दिएको जानकारी अनुसार कार्यक्रममा उमेर समूह तोकिएको छैन । २७ जिल्लाका गरी कलाकारहरु मात्र ६ दर्जन भन्दा बढी काठमाण्डौ आउनुहुन्छ । थारुका लोकगीत, घुम्रा नाच, मघौटा, झुम्रा नाचहरु मञ्चन हुनेछ । काठमाण्डौको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने साँस्कृतिक कार्यक्रममा थारु खानाका परिकारका स्टलहरु, परम्परागत गरगहनाहरु समेत प्रदर्शनमा राखिने भएको छ ।

तपाईको प्रतिक्रिया