धरान उपमहानगरपालिकामा तनावै तनाव

धरान । धरान उपमहानगरपालिकामा स्वतन्त्र मेयरका रुपमा हर्क साम्पाङ निर्वाचित भएर तीन बर्ष वितिसक्दा पनि वडाध्यक्ष, कार्यपालिका सदस्यहरु एक मत नहुदा अधिंकांश समय तनावमै वित्ने गरेको छ । निर्वाचित भएपछि बसेको पहिलो कार्यपालिका बैठकबाटै मेयर र अन्य जनप्रतिनिधिबीचको मनमुटावका कारण कतिपय कार्यपालिका बैठक बस्न सकेको छैन भने कामकारबाहीमा समेत विवाद उत्पन्न हुने गरेको छ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ दिनप्रतिदिन विवादित बन्दै जानु भएको छ । उहाँले गरेको कार्यशैली स्थानीय निकाय सञ्चालन ऐन २०७४ विरुद्ध एकल ढंगले मनोमानी ढंगले काम गर्ने भन्दै अन्य जनप्रतिनिधिहरुले आरोप लगाउदै बेला बेला विवाद उत्पन्न हुने गरेको हो ।
पछिल्लो समय धरान १६ मा निर्माणाधीन बहुभाषिक पाठशाला संरक्षण गर्न गरिएको श्रमदानको रकम निकासा र स्थानीय उपभोक्ता गठन नगरी खोलामा तारजाली हाल्ने विषयमा मेयर आफैले फर्जी उपभोक्ता समिति गठन गरी कानुनको धज्जी उडाउदै मनोमनी ढंगले काम गरेको विषयमा तनाव भएको छ ।

सोमबार दिउँसो २ बजे आर्थिक वर्ष २०८२/०८३ को बजेट सीमा निर्धारण सम्बन्धी बैठकमा प्रमुख साम्पाङ उपस्थित नभई श्रमदानमा सलग्न मेयरका नजिकका श्रमदाताहरुले विवाद झिकेपछि केहीबेर तनाव भएको थियो । मेयर साम्पाङले विधिसम्वत ढंगबाट काम नगरी गैरकानुनी ढगबाट काम सम्पन्न भएपछि अनुगमनका लागि आग्रह गरिएपछि आफूले नमान्दा विवाद चर्किएको उपमेयर अइन्द्र विक्रम बेघाले बताउनुभयो । उहाँले संस्थागत, बजेटमा परेको कामभन्दा बाहिरको काम गर्न नसकिने भएकोले जबरजस्ती छलफल गराएर प्रक्रिया अगाडि बढाउन खोज्दा आफूले यसलाई स्वीकार नगर्दा मेयरका श्रमदाताहरुले अनावश्यक तिक्डम झिकेर तनाव सिर्जना गरेको बताउनुभयो ।धरान १६ मा गरिएको कामको विषयमा वडाबासी र वडाध्यक्षलाई नै थाहा नदिएको आरोप धरान १६ का वडाध्यक्ष मुरारीप्रसाद भट्टराईले बताउनुभयो । उहाँले वडामा गर्ने काम वडाबाटै उपभोक्ता समिति गठन गरेर काम गर्ने स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा उल्लेख भएपनि मेयरले सम्बन्धित वडाभन्दा बाहिरका मान्छेलाई उपभोक्ता बनाएर काम गरेकोले मान्य नहुने बताउनुभयो । उहाँले कानुनसम्मत ढंगबाट गरिएको कामको जिम्मा आफूले लिन नसकिने भन्दै यसमा वडाले समर्थन गरेर जान नसक्ने बताउनुभयो ।यही विषयमा उपमहानगरपालिकाभित्र केही बेर तनाव सिर्जना भएको थियो ।

तपाईको प्रतिक्रिया