निकम्बा सरकारका कारण रोजगारीका कारण अमेरिका पुगेका धमाधम डिपोर्ट हुदै

सन् २०२५ मा अमेरिकाको राष्ट्रपतिमा डोनाल्ट ट्रम्प विजयी भएपछि अमेरिकाले आप्रबासी नीतिमा कडाई मात्र गरेको छैन उनीहरुलाई विभिन्न बहानामा डिपोर्ट गरेर आÏनै देश फर्काइरहेको छ । बर्तमान व्यवस्था र व्यवस्था सञ्चालकहरुको निकम्बापनका कारण आÏनो बर्चश्व जयजेथा विक्री गरी, ऋण लिएर सुनौलो भविष्यका लागि पराई देशमा रोजगारीका लागि जान नेपाली युवाहरुको रहर नभएर बाध्यता हो । हालैमात्र अमेरिकाले एकै पटक ४० जना नेपालीहरुलाई डिपोर्ट गरेर हत्कडी सहित काठमाण्डौ ल्याएर छोडिदिएको छ भने यसभन्दा अगाडि विभिन्न चरणमा १४० जना नेपालीहरुलाई डिपोर्ट गरिसकेको छ । अमेरिकाबाट नेपालीहरु डिपोर्ट हुने घट्ना विगतमा एकआद्य भएपनि विगत सात महिनाको अवधिमा यसले अभियानकै रुप लिएको छ । विगतमा संगीन अपराध गरेको, अमेरिकी कानुनको बर्खिलाप गएको वा अन्य अपराधमा संलग्नहरुलाई अमेरिकाले डिपोर्ट गर्दै आएको थियो । जुन संख्या नगन्य रुपमा रहेको थियो । तर २०२५ मा एकै साथ दर्जनौको संख्यामा डिपोर्ट हुन थालेका छन् । वर्तमान निकम्बा सरकारका कारण यस्ता डिपोर्टका घट्नाहरु बढ्दै गएको छ । सरकारले युवाहरुका लागि मुुलुकमै रोजगारीको सिर्जना गरिदिएको भए डिपोर्ट भएका नेपालीको बिल्लीवाठ हुने थिएन । हुन त वर्तमान सरकार आफै भिजिट भिषा (मानव तस्कर) मा संलग्न भएको छ । करोडौ रुपैयाँ विचौलिया खडा गरेर आफ्ना नागरिकलाई भिजिट भिषामा अन्य मुलुक पठाइरहेको छ । यस्तो अवस्थामा वर्तमान सरकारले स्वदेशमै रोजगारीको सिर्जना गर्ला भनेर विस्वस्त हुने आधार नै छैन । आफ्ना नागरिकहरुलाई अमेरिकाले धमाधम डिपोर्ट गर्दा वर्तमान सरकार अमेरिकी रवैयाप्रति सामान्य प्रतिक्रिया जनाउन सक्ने ल्याकतमा समेत छैन । उनीहरुलाई रोक्न कुटनीतिक पहल गर्नुपर्ने हो । खास गरेर यतिबेला अमेरिकाले भिषा प्रक्रिया पूरा नगरेका, भिषा अवधि भन्दा बढी समय लुकीछिपी बसेका, चालचलन राम्रो नभएका, अमेरिकी कानुनको उल्लंघन गरेकाहरुलाई नियन्त्रणमा लिएर उनीहरुकै देशमा डिपोर्ट गरिरहेको छ । पछिल्लो समय अर्थात आइतबार एक साथ डिपोर्ट गर्न लागिएका ४० जनालाई के कारणले डिपोर्ट गर्न लागेको हो भन्ने सम्बन्धमा केही खुल्न सकेको छैन । ४० जना नपालीीसँगै त्यसरी डिपोर्ट हुनेमा अन्य देशका नागरिक समेत रहेका छन् । अन्य देशको तुलनामा अमेरिकाबाट डिपोर्ट हुने नेपालीको संख्या तुलनात्मक हिसाबले बढी रहेको छ । अमेरिकाले सन् २०२५ को जनवरी २० देखि मे महिनासम्मको अवधिमा १४० जनाको डिपोर्ट गरेको तथ्यांक रहेको छ । जस अन्तर्गत जनवरीमा ६ जना, मे मा ५८ जना, फ्रेबुअरीमा २० जना, मार्चमा ३० जना, अप्रिलमा २७ जना रहेका छन् । हरेक महिना जसो नेपालीहरु डिपोर्ट हुने क्रम जारी रहेको छ । राष्ट्रपति ट्रम्पले पछिल्लो समय नेपालीहरुलाई यो वा त्यो बहानामा डिपोर्ट मात्र गरेका छैनन् नेपालीलाई दिँदै आएको दर्जनौ शिर्षकका अनुदान सहयोग पनि एकपछि अर्को गर्दै बन्द गर्दै गएका छन् । खास गरेर धर्म परिवर्तनको नाममा दिइने सहयोग, विकासका नाममा दिइने सहयोग बन्द भएका छन् । बर्षेनी खरबौ रकम प्राप्त गर्दै आएको त्यस्ता रकम बन्द हुँदा नेपालका शासकहरु लुट धन्दामा प्रत्यक्ष असर पुगेको छ । त्यसरी दिइएको रकम लक्षित वर्गसम्म नपुग्ने, शासकहरुले भागबण्डा गरेर हजम गर्दै आएको विभिन्न तथ्यांकहरुले देखाएको छ । हुन त नेपालका वर्तमान शासकहरुमा निर्लज्जताले पराकाष्ठ नाघेको छ । मुलुकको समृद्धि भन्दा पनि आफ्नो समृद्धिमा बढी व्यस्त रहेकै कारण अमेरिकी राष्ट्रपति ट्रम्पले नेपालका शासकहरुले भ्रष्टको संज्ञा समेत दिएका छन् । अन्तर्राष्ट्रिय जगतमा यो भन्दा लज्जाको विषय अरु के हुन सक्छ ?

तपाईको प्रतिक्रिया