विमाबाट औषधि लिन सर्वसाधारणलाई झन्झट

धरान । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विमाबाट उपचार गराउन अत्यन्तै झन्झट रहेको छ भने त्यो भन्दा बढी झन्झट औषधि पसलबाट औषधि लिन झनै मुस्किल पर्ने गर्छ । सरकारले सर्वसाधारणको सुविधाको लागि भन्दै सुचारु गरेको विमाबाट सर्वसाधारणले सहज रुपमा उपचार गराउन कठिनाईमात्र हैन विमाबाट दिइने औषधि समेत लिन घण्टौ लाइनमा बस्नुपर्ने अवस्था रहेको छ । धनकुटाका कुवेर गुरुङले बीपी प्रतिष्ठानमा विमा सुविधा झन्झटिलो बनाएको बताउनुभयो । उहाँले विमाको बिल काटेपछि स्क्यानिङ गर्दा लाइन बस्नुपर्ने, स्काइनिङ गरिसकेपछि विल काट्न उस्तै लाइन अनि औषधि लिने ठाउँमा पनि उस्तै लाइन हुदा सेवाग्राहीले सहज रुपमा उपचार गराउन नपाएको बताउनुभयो । उहाँले फार्मेसी उद्घाटन गर्दा स्वास्थ्यमन्त्रीले मूल्यसूचि अनिवार्य राख्नुपर्छ भन्ने निर्देशनलाई समेत बीपीले सञ्चालन गरेको फार्मेसीले पालना नगरेको उहाँको भनाई छ । उहाँ भन्नुहुन्छ–‘प्रतिष्ठानमा वीमा सुविधा अत्यन्तै झन्झटिलो छ, लाइन नै बसेर दिन जान्छ, अझ फार्मेसीमा त औषधि लिन दिनभरि नै लाइनमा बस्नुपर्छ, त्यसमाथि मूल्यसुची नै फार्मेसीमा छैन ।’

उहाँमात्र हैन सप्तरीबाट विमाबाट नै उपचारमा आउनु भएका रतन साहले समेत बीपीमा विमा उपचार झन्झटिलो भएको बताउनुभयो । उहाँले भन्नुभयो विमाको उपचार गराउन आउँदा लाइनमात्र बस्नुपर्ने अवस्था रहेको र नजानेको कुरा सोध्दा यहाँका कर्मचारीहरुले सहज रुपमा जवाफ नदिई झर्किने र तर्किने गरेको बताउनुभयो । उहाँले भन्नुभयो ‘बिल काटेदेखि औषधि लिनसम्म लाइन नै बस्नुपर्ने, त्यसमाथि पनि थाहा नभएको कुरा सोधिहाले त्यहाँका कर्मचारी नबोल्ने, बोलिहाले पनि झर्किएर बोल्ने गर्छन्, उनीहरुको रुखो व्यवहारले हामीजस्ता विरामी अत्यन्तै आजित छौं ।’ उहाँहरु प्रतिनिधि पात्र मात्र हुन् यहाँ उपचारमा सैयौ विरामीले बीपीको वीमा सुविधाबाट सास्ती भोगेका छन् । यतिमात्र हैन स्वास्थ्य संस्थाले सञ्चालन गरेको औषधी पसलमा औषधीको विवरण तथा मुल्य सहितको सुचि अनिवार्य राख्नुपर्छ । त्यसमा पनि सरकारी स्वास्थ्य संस्थाले त झन यो नियम पुर्ण रुपले कार्यान्वयन गर्नपर्छ । धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले भने सञ्चालन गरेको फार्मेसीमा न त मूल्य सुची छ नत औषधीको विवरण सहितको सुची नै राखिएको छ ।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले आफैले फार्मेसी सञ्चालन गरेको एक दशक पुग्न लाग्यो । प्रतिष्ठानले फार्मेसी सञ्चालन गरेको लामो समय पछि मात्र नया भवनवाट सेवा सुरु ग¥्यो । नयाँ भवनवाट सेवा सुरु गरे पछि मात्र स्वास्थ्य विमाको औषधी वितरण पनि सुरु ग¥यो । तर अहिले पनि प्रतिष्ठानको फार्मेसीमा सबै प्रकारका औषधी पाइदैन । २०८१ माघमा फार्मेसीको नयाँ भवन उद्घाटन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेले सबै प्रकारका औषधीहरु उपलब्ध हुन पर्ने भन्दै प्रतिष्ठानमा अव स्वास्थ्य विमाबाट पाइने सबै औषधी राख्न निर्देशन दिनुभयो । उहाँले औषधीको मुल्य सुचि र औषधीको विवरणको सुचि समेत सर्वसाधारणले देख्ने गरि राख्न निर्देशन दिनुभयो । तर बीपीमा न त मूल्य सूचि राखिएको छ न त फार्मेसीबाट सर्वसाधारणले सहज रुपमा औषधि लिन पाउछन् । मन्त्रीले निर्देशन दिएको ४ महिना विति सक्दा पनि प्रतिष्ठानले औषधीको विवरण र मुख्य सूचि
राखेको छैन । विमा कार्यक्रमबाट प्राप्तहुने सबै प्रकारका औषधी समेत राखेको छैन भने पैसा तिरेर समेत खरिद गर्न लागी समेत औषधी पाइदैन प्रतिष्ठानको फार्मेसीमा । औषधी पाउने मात्र होइन पाइने औषधी लिन समेत घन्टौ लाइनमा वस्नु पर्ने बाध्यता छ सेवाग्राहीलाई । एउटै मात्र स्थानमावाट औषधी वितरण गर्दे आएको प्रतिष्ठानमा विमाको औषधी लिन झन्झटिलो प्रक्रियाको कारण सेवा ग्राहीहरुले दःुख पाइरहेका छन् । सर्वसाधारणलाई सहज सेवा दिने नाममा करोडौ खर्चेर नयाँ फार्मेसी भवन निमार्ण गरि सेवा सञ्चालन गरेका भए पनि प्रर्याप्त काउन्टर र कर्मचारीको व्यवस्था नगदा सेवाग्राहीहरुले दुख पाइरहेका छन् । फार्मेसीको बिषयमा अस्पताल प्रशासन गैर जिम्वेवार बन्दै गएको छ । फार्मेसी व्यवस्थितरुपमा सञ्चालनमा रहेको प्रतिष्ठान प्रशासनसँग बुझ्न खोज्दा कोही पनि बोल्न मान्दैनन् ।

तपाईको प्रतिक्रिया