लायन्स वाटिका हस्तान्तरण

धरान । विगत २८ वर्ष देखि लायन्स क्लवले धरानमा सामाजिक कार्यहरु गर्दै आइरहेको छ । लायन्स क्लवको “जहाँ आवश्यक्ता, त्यहाँ लायन्स” नारा अनुसार क्लवको काम र उद्धश्य नै सामाजिक कार्य गर्नु रहेको छ । यसैका पछिल्ला उदाहरण हो धरान १४ नं वडा स्थित पिण्डेश्वर मन्दिर अगाडि खेर गएको खाली जग्गामा निर्माण गरिदिएको लायन्स वाटिका । १५ लाख रुपैया लगानीमा धरानमा भएको लायन्स क्लवहरुले सुन्दर लायन्स वाटिका निर्माण गरिएको हो । धरान भरिका २० वटा लायन्स क्लवहरुको संयुक्त लगानीमा लायन्स वाटिका नामकरण गरि वुधवार पार्कको उद्घाटन गरिेएको छ । इन्टरनेसलन लायन्स ३२५ सि डिस्ट्रिक गर्भनर विकास अधिकारी, पुर्व डिस्ट्रिक गर्भनर धिरज गुरुङ्ग र लायन्स वाटिका निर्माण संयोजक कविता लिम्वुले संयुक्त रुपमा लायन्स वाटिकाको उद्घाटन गर्नुभएको थियो ।

सो अवरसरमा लायन्स वाटिका १५ लाखको लगानीमा निर्माण संयोजक कविता लिम्वुले बताउनुभयो । वाटिकाका लागि धरान १४ न. वडाले जग्गा उपलव्ध गराएको र धरान १५ न. वडाले नगद ८० हजार रुपैया प्रदान गरेको लिम्वुले जानकारी गराउनुभयो । मन्दिर अगाडि अव्यवस्थित रुपमा रहेको खाली जग्गालाई सदुपयोग गरिएको उहाँले बताउनुभयो ।
धरानमा २८ वर्ष अघि देखि स्थापना भएको लायन्स क्लवले सामाजिक काम गर्दै आइरहेको पूर्व गर्भनर धिरज गुरुङ्गले वताउनुभयो । धरानका लायन्स क्लवले शिक्षा, स्वास्थ्य लगायत विभिन्न समसामयिक विषयमा काम गर्दै आइरहेको गुरुङ्ग वताउनुभयो । क्लवले दुई वर्ष अगाडि दुई करोड लगानीमा धरान १३ न. वडामा सत्य साई स्कुल निर्माण गरिदिएका थियो । धरान १७ स्थित सयपत्री वालविकास केन्द्र भवन, इलाका प्रशासन कार्यालय धरानमा ३ वटा सार्वजनिक सौचालय, खानेपानी ट्यांकी, पन्चकन्या मन्दिर परिसरमा चौतारा, डस्टविन वितरण, गरिव असाहयहरुलाई औषधिउपचार, स्टेस्नरी सामान, व्लड डोनेसन लगायत धेरै सामाजिक कार्यहरु विगत २८ वर्ष देखि क्लवले गर्दै आइरहेको लायन्स लिडर गुरुङ्गले जानकारी गराउनुभयो । भर्खरै निर्माण सम्पन्न भई उद्घाटन गरिएको लायन्स वाटिका स्थानियवासी तथा पिण्डेश्वर वावा धाम समितिलाई हस्तान्तरण गरिएको लायन्स वाटिका निर्माण समितिले जनाएको छ ।

तपाईको प्रतिक्रिया