व्यवसायीसँग प्रहरीको छलफल

मोरङ । निरीक्षण भ्रमणको क्रममा जिल्ला प्रहरी कार्यालय झापा पुग्नु भएका कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीले झापा जिल्लाका उद्योग व्यावसायी, स्थानियबासी, जनप्रतिनिधि, राजनैतिक दल, जिल्ला स्थित विभिन्न संघ सस्थाका पदाधिकारी, व्यापार संघ, नागरिक समाज, संचारकर्मी लगायतका महानुभावहरुसंग छलफल तथा अन्तरक्रिया गर्नु भएको छ । जेष्ठ १९ गते झापाको बिर्तामोड नगरपालिका–४ स्थित सिद्धार्थ होटलमा आयोजित कार्यक्रममा उपस्थित प्रदेश प्रहरी प्रमुख कार्कीले जिल्लाको शान्ति सुरक्षा, स्थानिय नागरिक र प्रहरी विचको सम्वन्ध सुदृढिकरण, लागू औषधको ओसारपसार लगायत अपराधका घटना न्यूनिकरणको लागि स्थानियबासीको भुमिका लगायतका विषयमा छलफल तथा अन्तरक्रिया गर्नु भएको थियो । साथै वहाँले समाजमा शान्ति सु–व्यवस्था प्रभावकारी बनाउन समुदाय प्रहरी साझेदारी कार्यक्रमलाई प्रहरी र नागरिकवीच समन्वय र सहकार्य गरी अगाडि बढेमा समाजमा हुने विभिन्न किसिमका अपराधका घटनाहरुमा कमी आउने कुरा सवैमा अवगत गराउनु भयो । यसै क्रममा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीले जेष्ठ १९ गते जिल्ला प्रहरी कार्यालय झापाको निरीक्षण भ्रमण गर्नु भएको छ । निरीक्षण भ्रमणको क्रममा वहाँले कार्यालय भवन, सम्पूर्ण शाखाहरु तथा हिरासत कक्षको निरीक्षण गर्नुका साथै कार्यालय परिसरमा वृक्षारोपण समेत गर्नु भएको छ । निरीक्षण प्रश्चात प्रदेश प्रहरी प्रमुख कार्कीले जिल्ला प्रहरी कार्यालय तथा मातहत इकाई प्रमुखहरु सहित सिमावर्ती इलाकामा खटिएका प्रहरी अधिकृतहरु समेतलाई आवश्यक निर्देशन समेत दिनुभएको छ । निर्देशनको क्रममा उँहाले प्रहरीको आचरण, व्यवहारमा सुधार ल्याई अनुशाशित भई आफ्नो पदीय जिम्मेवारी अनुसार भातृत्व र बन्धुत्व भावका साथ संगठनको हित र श्रीबृद्दीमा लागि पर्न सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनुका साथै संगठनलाई आँच आउने कृयाकलाप गर्ने प्रहरी कर्मचारीहरुलाई कारवाही र उत्कृष्ट कार्य गर्नेलाई तत्काल पुरष्कृत गरीने बताउनु भयो । उहाँले प्रहरीको दैनिक काम कारवाहीलाई चुस्त, दुरुस्त बनाई अभिलेखिकरण गर्दै लैजान तथा आ–आफनो जिम्मेवार एरिया इलाकाहरुमा प्रहरी परिचालन गरी शान्ति सुरक्षा, अपराध नियन्त्रण, पेण्डिङ मुद्दाको सफल अनुसन्धान गर्न र धेरै खुल्ला सिमाना भएको झापा जिल्लामा हुन सक्ने सिमावर्ती अपराध, चोरी तस्करी, भन्सार छली, लागु औषध ओसार पसार नियन्त्रण गर्न आर्थिक प्रलोभनमा नपरी शून्य सहनशिलतामा रही व्यवसायिक प्रहरीको भूमिका निर्वाह गर्न निर्दशन दिनु भएको छ । सोही क्रममा प्रदेश प्रहरी प्रमुख कार्कीले विपद व्यवस्थापन गुल्म चन्द्रगढी, झापाको निरीक्षण गर्नुका साथै बिपद उद्धारमा प्रयोग हुने सामग्रीहरुको अवलोकन गर्नु भई वर्षायामको समयमा हुने वाढी पहिरो जस्ता विपदका घटनाहरुमा नागरिकको धनजनको सुरक्षाका लागी तत्काल उद्धार कार्यमा परिचालन हुन सक्ने गरी तयारी अवस्थामा रहन निर्देशन दिनु भएको थियो ।

तपाईको प्रतिक्रिया