धरान । विवाहित महिलाको क्षमतालाई समाजमा उजगार गर्न विगतदेखि धरानमा आयोजना गरिदै आएको कोशी प्रदेश स्तरीय मिसेस स्टेट–२०२५ थ्रिको ताज मञ्जु गुरुङले पहिरिनु भएको छ । शुक्रबार साँझ सम्पन्न प्रतियोगिताको अन्तिम प्रतिष्पर्धाबाट १७ जना प्रतिष्पर्धाीलाई पछि पार्दै गुरुङले ताज पहिरिनु भएको हो । वुमन्स वर्थ गु्रप आयोजित प्रतियोगितामा उपाधिसँगै मिसेस व्युटिफुल र वेस्ट स्माइल टाइटल अवार्ड समेत हात पार्नुभएको छ । विजेता अन्जुले विजेता क्राउन संगै नगद ५१ हजार रुपैया, ट्रफी, गिफ्ट ह्याम्पर र एक वर्षको सूर्य ज्योति लाइफ इन्सुरेन्स सेवा प्राप्त गर्नुभएको छ । उहाँलाई मिसेस स्टेट सिजन २ की विजेता पुष्पा फोम्वो र मुख्य निर्णायक पूर्व मिस नेपाल उषा खड्गीले ताज दिनु भएको थियो । यसैगरि प्रतियोगिताको फस्ट रनरअपमा ममता शाह घोषित हुदै क्राउन, ट्रफी, नगद २५ हजार र गिÏट ह्याम्पर हात पार्न सफल हुनु भएको छ भने सेकेन्ड रनरअपमा सुनिता श्रेष्ठ घोषित हुदै क्राउन ट्रफी, नगद १५ हजार र गिप्mट ह्याम्पर प्राप्त पार्नुभयो । उहाहरुलाई एसएसपी भिम दाहाल, कार्यक्रमका अध्यक्ष वुमन्स वर्थ गु्रपकी अध्यक्ष सुजता श्रेष्ठ लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

धरान १६ स्थित गुरुङ्ग विविक्यु नयाँ पार्र्टी प्यालेसमा सम्पन्न मिसेस स्टेट २०२५ सिजन थ्रीको टाइटल अवार्डमा वेस्ट ट्यालेन्ट मिना गुरुङ्ग, मिसेस पर्सनालिटी पुजा गच्छदार, मिसेस फोटोजेनिक ममता शाह, मिसेस फ्रेन्डसिप सृष्टि राई, वेस्ट वक रिङकी शाह गुप्ता, मिसेस एक्टिभ अस्मिता भुजेल, मिसेस पव्लिक च्योइस सृष्टि राई, मिसेस डिसिप्लिन राधा राई र मिसेस इन्स्पीरेसन अवार्ड सुनिता श्रेष्ठले पाउँदै ट्रफी र गिफ्ट ह्याम्पर प्राप्त गरेका थिए । मिसेस स्टेट सिजन थ्रीमा मूख्य निर्णायकमा पुर्व मिस नेपाल उषा खड्गी, नेपाल पत्रकार महासंघ सुनसरीका निवर्तमान अध्यक्ष जनकऋषि राई, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका इनटी विभागकी प्रमुख प्रा.डा. संगिता भण्डारी, लायन्स इन्टरनेसनल ३२५ सि डिस्ट्रिक गर्भनर विकास अधिकारी र नेपाल उद्योग परिषद कोशी प्रदेशका उपाध्यक्ष गरिजा सारडा रहनु भएको थियो ।
