जन्मेको ६ दिनमै दूध दिन थाल्यो

बराहक्षेत्र । जन्मेको ६ दिनमै गाईको बाच्छीले दूध दिन थाल्यो भन्दा जोकोहीले पत्याउने कुरै भएन । तर पत्याउनै पर्ने अनौठो घट्ना बराहक्षेत्र नगरपालिका वडा नं. ११ मा भएको छ ।
स्थानीय हरि मेहताको घरमा पालिएको स्थानीय ठिमाहा जातको गाईले वैसाख ३० गते जन्माएको बाच्छीले ६ दिनपछि नै दूध दिएको छ । यस्तो दुर्लभ र अनौठो घट्ना भएपछि बाच्छी हेर्न आउनेहरुको मेहताको घरमा घुइँचो लागेको छ । उनीहरुले दैवी चमत्कार भएको भन्दै भेटी, पैसा र फलफूल राख्ने गरेका छन् ।

बाच्छीको शारीरिक संरचना परिपक्क हुने कुरै भएन । तर थुनको अवस्था हेर्दा परिपक्व जस्तो देखिने गरेको पशु चिकित्सकले बताएका छन् । यस्तो कसरी भयो त भन्ने जिज्ञासामा हर्मनको कारणले यस्तो भएको उनीहरुको भनाई छ । गाई बाच्छीका धनी हरिलाल मेहता भन्छन् थुनमा दूध भरिएको र दूध आएको देखेपछि पहिला त विश्वासै लागेन । यस्तो कलिलो बाच्छीको दूध आउँछ भनेर विश्वास पनि हुने कुरा भएन । उनले भने बाच्छीको थुनमा सामान्य दबाब दिँदा प्रौढ गाईको झै दूध आएपछि पत्याउनै प¥यो । हाल उक्त बाच्छी स्थानीयका लागि मात्र नभएर सर्वत्र चर्चाको विषय भएको छ ।

तपाईको प्रतिक्रिया