किमाथांकामा दुई पक्षबीच वार्ता

संखुवासभा । नेपालको उत्तरी सीमा नाका संखुवासभाको खाँदबारीमा चिनियाँ सरकारी अधिकारी र नेपाली सरकारी अधिकारी बीचमा गत हप्ता भेटवार्ता भएको छ । संखुवासभाका प्रमुख जिल्ला अधिकारी दिव्य राज पोख्रेलको नेतृत्वमा गएको नेपाली प्रतिनिधि मण्डल र चिनियाँ प्रतिनिधि मण्डलका बीचमा किमाथांकामा भेटवार्ता भएको हो । दुवै पक्षबीचको भेटवार्तामा नेपाल चीन सीमा सुरक्षा, किमाथांका नाकालाई नियमित बनाउने, सीमा इलाका संरचनाहरु निर्माण, खाँदबारी किमाथांका सडक निर्माणमा चिनियाँ सहयोग, दुवै देश जोड्ने मितेरी पुलको निर्माण लगायतको विषयमा वार्ता भएको नेपाली प्रतिनिधि मण्डलले जानकारी दिएको छ । नेपाली पक्षले उठाएका एजेण्डामा चिनियाँ पक्षले सकारात्मक रुपमा लिएको समेत उनले जानकारी दिए ।

सीमा क्षेत्रका स्थानीयहरुले सीमा नाका व्यवस्थित गर्नुपर्ने, खुल्ला रुपमा व्यापार व्यवसायको व्यवस्था हुनुपर्ने माग गर्दै आएका छन् । कोरोना संक्रमणको अवस्थामा चीनले २०७६ माघ ५ गते किमाथांका सहित नेपालका १४ वटा नाकाहरु बन्द गरेको थियो । दु्वै पक्षबीचको वार्ता पश्चात २०८१ जेठ १२ गते चीनले पुन ः १४ वटै नाका खोलिदिए पनि
परम्परागत किमाथांका नाका र टिप्तला भन्ज्याङ नाका २५ किमी भित्रका स्थानीयहरुका लागि मात्र खुल्ला गरेको छ । यसका लागि चीन प्रवेश गर्न स्थानीयले स्थानीय निकायले प्रदान
गरेको परिचयपत्रलाई अनिवार्य बनाएको थियो ।

तपाईको प्रतिक्रिया