रुसद्वारा युक्रेनमाथि हालसम्मकै सबैभन्दा ठूलो हमला : किव सहित सैयौ सहर ध्वस्त

एजेन्सी । अमेरिकाका तत्कालीन राष्ट्रपति जोवाइडेन, युरोपियन युनियन, नाटो सदस्य राष्ट्रहरुको उक्साहटमा महाशक्ति राष्ट्र रुसको षड्यन्त्र रचेपछि दुई देशबीच विगत चार बर्षदेखि चालेको युद्धले युक्रेन तहसनहस भएको छ । फिल्मी दुनियाँमा जोकरको पाठ खोलेर चर्चामा आएका युक्रेनी राष्ट्रपति भ्यादिमिर जेलेन्सीकी बाह्य राष्ट्रको उक्साहटमा आएर रुसमाथि षड्यन्त्र गर्न थालेपछि चर्किएको युद्ध अझै रोकिएको छैन । सम्पूर्ण नाटो सदस्य देश, अमेरिका, युरोपियन युनियनहरुले युक्रेनलाई आर्थिक सहायता देखि अत्याधुनिक हातहतियार र सेना समेत उपलब्ध गराएपनि उसले सबै कुरा गुमाइसकेको छ । महाशक्ति सम्पन्न राष्ट्र मात्र नभएर छिमेकीसँग निहुँ खोज्दाको परिणाम यतिबेला युक्रेनले भोगिरहेका छ । पछिल्लो समय अमेरिका लगायतका शक्ति सम्पन्न राष्ट्रहरुसँग युक्रेनले युद्ध विरामका लागि हारगुहार र रुवाबासी गरे पनि रुस आफ्नो पूर्ववत अडानबाट पन्छिएर युद्ध विराम गर्ने पक्षमा देखिदैन । आइतबार रुसद्वारा युक्रेन माथि हालससम्ककै सबैभन्दा ठूलो आक्रमण भएको छ । रुसले युक्रेनमाथि आक्रमण झन झन बढाउँदै लगेको छ । शनिवार र आइतबार राति रुसले युक्रेनमाथि ३६६ वटा ड्रोन र मिसाइल आक्रमण गरेको छ । रुसले ड्रोन र मिसाइल आक्रमणबाट युक्रेनको राजधानी किव सहित कैयौ सहरहरु ध्वस्त बनाइदिएको छ । उक्त आक्रमणमा परी युक्रेनमा कैयौ युक्रेनी सैनिक सहित १२ जना सर्वसाधारणको मृत्यु भएको छ भने ६० जना भन्दा बढी घाइते भएका छन् । आक्रमणबाट कति सम्पत्ति नोक्सानी भयो भन्ने सम्बन्धमा हालसम्म कुनै तथ्यांक बाहिर आएको छैन ।


रुसले युक्रेनी सहरहरुमा विभिन्न प्रकारका ६९ वटा मिसाइल र २९८ वटा ड्रोनबाट हमला गरेको थियो । आक्रमणमा युक्रेनका कति सैनिक मारिए भन्ने तथ्याक बाहिर हालसम्म युक्रेनले ल्याएको छैन । तर १२ जना सर्वसाधारण मारिएकोमध्ये जिटीमीर इलाकाका तीन जना बच्चा रहेको जनाइएको छ । युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्सीले टेलिग्राममा म्यासेज पोष्ट गर्दै अमेरिकाको कटाक्षे गरेका छन् । उनले भनेका छन् अमेरिकाको मौनता र विश्वका अन्य देश शान्त भएर बसिदिनाले युक्रेनको यो हवित भएको हो । जसका कारण रुसको हौसला बढेको हो । उनले आफ्नो पोष्टमा भनेका छन् रुसको यस प्रकारको हमलाले उमाथि नयाँ प्रतिबन्ध लगाउनुपर्छ । आइतबार रातिको हमला ३९ महिना यताको सबैभन्दा ठूलो हमला थियो । यस सम्बन्धमा रुसी रक्षा मन्त्रालयले शनिवार आइतबार राति रुसको बायु सीमा क्षेत्रमा घुसेका ९५ वटा युक्रेनी ड्रोन नष्ट गरेको जसमध्ये १२ वटा राजधानी मस्कोतर्फ गइरहेका थिए । यहाँ स्मरणीय कुरा के छ भने रुसको भीषण आक्रमणपश्चात जेलेन्सकी नराम्रोसँग आत्तिएका छन् । उनी आत्तिनु स्वभाविक पनि हो किनभने २० जनावरीसम्म हर प्रकारको सहयोग गरिरहेको अमेरिकाले अब सैन्य लगायत अन्य प्रकारको मद्धत दिन बन्द गरेको छ । रुसमाथि ३० दिनको युद्ध विरामका लागि दबाब दिइरहेका युरोपियन युनियन र ब्रिटेनले रुसमाथि नयाँ प्रतिबन्ध लगाएका छन् । तर उनीहरुको त्यस्तो प्रतिबन्धले रुसमाथि कुनै प्रकारको असर गर्दैन । किनकी उनीहरुले लगाएको प्रतिबन्धप्रति अमेरिकाले साथ नदिने भएको छ । आफू राष्ट्रपतिमा निर्वाचित भएपछि रुस युक्रेनयुद्ध विराम गराइ छाड्ने अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रमले मिसनमा असफल भएका छन् । पटक पटक उनले रुस युक्रेन युद्ध विराम गर्ने प्रयास भने नगरेका होइनन् । आइतबारको भीषण हमलापश्चात ट्रम्पले आफू पुटिनसँग सहमत नभएको प्रतिक्रिया दिएका छन् । उनले पछिल्लो भिषण बमबारी गलत भएको बताएका छन् । आइतबार न्यू जर्सी मांरिस टाउनको हवाई उडानबाट न्यू योग फर्कने क्रममा उनले पटक पटक पटक दोहो¥याए मलाई पुटिनको कामबाट दुःख लागेको छ । उनले सोमबार पुटिनसँग दुई घण्टा टेलिफोन वार्ता पनि गरेका थिए । युक्रेन युद्धको समाप्तीका लागि युक्रेन व्यवहारिक रुपमा आगडि बढ्नुपर्छ तर जेलेन्सकी अरुको कुरा सुन्ने भन्दा आफ्ना कुरामा मात्र मनाउन जोडबल गर्दै आएका छन् । जसका कारण युक्रेनको नक्सा नै विश्व मानचित्रबाट हराउने सम्भावना बढ्दै्र गएको छ । दैनिक युक्रेनका हजारौले ज्यान गुमाइरहेका छन् भने खरबौको सम्पत्ति ध्वस्त
भइरहेको छ ।

तपाईको प्रतिक्रिया