इनरुवा । जिल्ला प्रहरी कार्यालय सुनसरीले जेठ १२ गते देखि १३ गते विहान ६ बजेसम्म जिल्लाको शान्ति सुरक्षाका क्रममा भएका घट्ना विवरणहरु सार्वजनिक गरेको छ ।
प्राप्त सार्वजनिक विवरण अनुसार जेठ १२ गते विहान ६ः४५ बजे इटहरी उपमहानगरपालिकमा वडा नं. १४ प्रतिभा टोल बस्ने रमेश सरदारकी १७ बर्षीया छोरी करुण सरदार आमाले् गाली गरेको विषयमा डोरीको पासो लगाउन पुगेकी थिइन् । कोठाको सिलिङमा झुण्डिदै गरेको अवस्थामा उनको भाउजुले देखेर तत्काल डोरी काटी तल झारेकी थिइन् । उनलाई तत्काल उपचारका लागि नगर अस्पताल इटहरी लगिए पनि थप उपचारका लागि विराट मेडिकल कलेज टिचिङ्ग हस्पिटल पु¥याइएको थियो । उक्त घट्नाको जानकारी प्राप्त हुनसाथ प्रहरी अस्पताल पुगेको थियो । प्रहरीले उनी बोल्न सक्ने सामान्य अवस्थामा रहेको जनाएको छ । उता जेठ १२ गते विहान ८ बजे भोक्राहा गाउँपालिका वडा नं. ६ को भित्री सडक खण्डमा चिरौली चौकबाट प्रकाशपुरतर्फ जाँदै गरेको बा २७ प ७४८० नम्बरको मोटर साइकल र विपरीत दिशाबाट ाउदै गरेको प्रदेश १–०२–०५७ प ५८०३ नम्बरकको मोटर साइकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा चिरौलीचौक प्रहरी चौकीबाट गएको प्रहरीले घाइतेहरुको उद्वार गरेको थियो । प्रहरी हवल्दार श्यामकुमार पाण्डेको नेतृत्वमा गएको टो्लीले ७४८० नम्बरका मोटरसाइकल चालक विष्णुदेव साह र जागरुक मण्डलको र ५८०३ का चालक वृजनारायण यादव घाइते भएकोले उनीहरुलाई उपचारका लागि जिल्ला अस्पताल इनरुवा पठाएको थियो । यसैगरि सोही दिन इटहरी उपमहानगरपालिका वडा नं. १६ बालग्राम बस्ने इ्रश्वर कुमार आचार्यकी श्रीमति बर्ष २८की छविना विष्ट माइती जान्छु भनि घरबाट हिडेकोमा माइती नगई हालसम्म सम्पर्कमा नरहेको, हराई बेपत्ता भएको भनी निजका ससुरा मोहन प्रसाद आचार्यले इलाका प्रहरी कार्यालय इटहरीमा लिखित हुलिया निवेदन दिएसँगै प्रहरी सहायक निरीक्षक टिकाराम थापाको कमाण्डमा खटिएकोटालीले खोजतलास गर्दा हालसम्म फेला नपरेपछि निज महिलाको हुलियासहित परिपत्र गरेको छ ।


सोही दिन देवानगञ्ज गाउँपालिका वडा नं. १ मध्यदर्साही हुलाकी राजमार्गस्थित हरिनगराबाट विराटनगरतर्फ जाँदैगरेको को १८ प १२६३ नम्बरको मोटर साइकल र सोही दिशातर्फ जाँदै गरेको को १९ प ४१५१ को मोटरसाइकल एएक आपसमा ठक्कर खाँदा देवानगञ्ज बसने रामसकल मेहता, आर्यन मेहता घाइते भएकोले प्रहरी नायव उपरक्षिक उमेश खड्काको कमाण्डमा गएको प्रहरीले उनीहरुलाई उपचारका लागि विराटनगर लाइफ गार्ड अस्पताल उपचाकरा लाग पठाएको थियो । जेठ १२ गते नै बराहक्षेत्र नगरपालिका वडा नं. ९ हिडुलुवा बस्ने ५० बर्षकका मानसिक सन्तुलन ठीक नभएका सज्जा कविरथको शरीरमा अचानक आगलागी हुँदा उनले राजाबासस्थित कोशी नदीमा हाम फालेका थिए । तत्काल स्थानीयको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय महेन्द्र नगरबाट प्रहरी नायव निरीक्षक कृष्ण आचार्यको कमाण्डमा खटिएको टोलीले निजको नाउवालाहरुका सहयोगमा उद्वार गरी उपचारको लागि चकरघट्टी पठाइएको थियो । रामधुनी नगरपालिका वडा नं. ७ कुमारखत सामुदायिक वन उपभोक्ता समितिको भवन स्थित कुमरखत सामुदायिक वन उपभोक्ता समूह, स्थानीय र विराटनगर आँखा अस्पताल रानी अस्पतालका प्राविधिक सहयोगमा एकदिने आँखा शिविर सम्पन्न भएक्को थियो । शिविरमा ३५–४० जनाको आँखाको उपचार भएको थियो । भोक्राहा नरसिंह गाउँपालिका ६ फुलचौकस्थित ट्याक्टर र मोटरसाइकल एक आपसमा ठोक्किएर दर्घटना भएको थियो । उक्त दुर्घटनामा नाम वतन नखुलेको मोटर साइकल चालक र उनको पछाडी बसेका एकजनाको अवस्था सामान्य रहे पनि उनीहरुलाई उपचारका लागि कोशी न्यूरो अस्पतालमा पठाइएको थियो भने ट्याक्टर चालक हाल फरार रहकोले खोजी कार्य भइरहेको छ । इनरुवा नगरपालिका वडा नं. १० बस्ने साहेव अन्सारीको खुट्टा र हातमा, राज अन्सारीको उपचारको क्रममा मृत्यु, हरि नगरा वडा नं. १ बस्ने महजित अन्सारीको दाहिने पाखुरा र शरीरुका विभिन्न भागमा चोट लागेका कारण उपचारार्थ पठाइए पनि उनको उपचारको क्रममा मृत्यु भएको थियो । प्रहरी ट्क्याक्टर चालक सुवजी राम चमारलाई नियन्त्रणमा लिएको छ । दुवै मृतकको शव पछि शमशेर आलम अन्सारी र सर्पराज अन्सारीले बुझेर लगेका थिए । इनरुवा नगरपालिका वडा नं. ९ होललियास्थित नम्बर नखुलेको मोटरसाइकलबाट प्रहरी हवल्दार हरि ढकालको कमाण्डमा खटिएको प्रहरीले चेकजाँच गर्दा ४० पिस पछाडि भिर्ने लेदरको व्याग बरामद गरेको थियो । जसको मूल्य ५० हजार रहेको छ । हाल सामान ल्याउने फरार व्यक्तिको खोजी कार्य भइरहेको छ । उता बराहक्षेत्र वडा नं. ५ सिमरवन बस्ने उमेश बानियाकी छोरी बर्ष ११ की भूमिका बानियाँको घरमा कोही नभएके अवस्थामा घरमा कसैलाई जानकारी नगराई हिडेको र हालसम्म नफर्केकोले प्रहरी चौकी भरौलमा मौखित जानकारी गराउनसाथ हुलिया सहित जानकारी गराएको छ । यसैबीच सुनसरीको भोक्राहा गाउँपालिका वडा नं. ५ स्थित भित्री सडक खण्डमा वैष्णो पेट्रोल पम्पतर्फ आउँदै गरेको द्यच् छण् न्च् ठद्धछघ नम्बरको ट्रक आफै अनियन्त्रित भई विजुलीको पोलमा ठोक्किएर दुर्घटना हुँदा ट्रक चालक भारत युपी बस्ने ३० बर्षका नदिम र सोही ट्रकमा सवार भारतको भिमनगर बस्ने १८ बर्षका रोशन यादवलाई सकुसल उद्धार गरिएको थियो । उता बराहक्षेत्रको जितपुरस्थित लोकेन्द्र चौधरीलाई सुरज सदा, देवलाल मुसहर, शिवकुकमार ऋषिदेव र रामवलासी मुसहरले मापासे गरी बादविवाद हुँदा कुटपिट गर्दा चौधरीको टाउकोमा चोटपटक लागेकोले उनको उपचार हाल बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको छ भने मापासे गरी आक्रमण गर्ने सबैलाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखी थप कारबाही अगाडि बढाइएको छ ।

