नेपालमा खेलकुदको पूर्वाधार नभएकै कारण विकास हुन नसकेको

धरान/ :खेलकुदमा हुने राजनीति र पूर्वाधार अभावका कारण नेपालका खेलाडीहरुले अन्तर्राष्टिूय स्तरमा सोचेजस्तो प्रदर्शन गर्न नसकेको राष्टिूय खेलाडीहरुले बताएका छन् ।
पूर्वाञ्चलमा आयोजना हुन लागिरहेको सातौ राष्टिूय खेलकुदलाई भव्यताका साथ सम्पन्न गर्न आयोजित सर्वपक्षीय छलफलका क्रममा खेलाडीहरुले यस्तो बताएका हुन् ।
एथलेटिक्स खेलमार्फत राष्टिूय तथा अन्तर्राष्टिूय स्तरमा आफ्नो नाम उच्च राख्न सफल खेलाडी आशा चौधरीले नेपालमा बनाइएका अधिकांश पूर्वाधार खेलाडीका लागि उपयुक्त नभएको बताउनुभयो । उहाले त्यसमाथि पनि खेलकुदमा राजनीति हावी हुनु अत्यन्तै दु:खद् कुरा भएको भन्दै खेलकुदलाई
राजनीतिबाट टाढा राख्नुपर्नेमा जोड दिनुभयो ।
यस्तै सितेरियो खेलमा विगतमा राम्रो प्रदर्शन गर्दै आउनुभएका कुशराज राईको समेत यस्तै भनाई । उहाले समेत नेपालमा भएका अधिकांश खेलको तयारी विना पूर्वाधार हुने गरेकोले खेलाडीले सोचेजस्तो प्रदर्शन गर्न नसकेको बताउनुभयो ।
उहाहरुले अगामी मंसिर ११ गतेदेखि पूर्वाञ्चलमा हुने सातौ राष्टिूय खेलकुदलाई सफलतापूर्वक सम्पन्न गर्न पहिलो प्राथमकिता पूर्वाधारलाई दिनुपर्नेमा जोड दिएका छन् ।
जिल्ला खेलकुद समिति सुनसरीको आयोजनामा आगामी हुने सातौ
राष्ट्रिय खेलकुद प्रतियोगितालाई पूर्वाञ्चलमा भव्यताका साथ सम्पन्न गर्न खेलाडी, प्रशिक्षक, खेलसम्बन्धी संघ संस्थाका पदाधिकारी लगायतको संयुक्त छलफलले निकालेको सुझाव जिल्ला, क्षेत्र र राष्टिूयमा पुर्‍याइने भएको
छ । जिल्ला खेलकुद समितिका अध्यक्ष धनप्रसाद राईको अध्यक्षतामा छलफल कार्यक्रम सम्पन्न भएको हो ।

तपाईको प्रतिक्रिया