धरान । बराहक्षेत्र नगरपालिका वडा नंं १ चतरास्थित बालसन्त आश्रमको पछाडि भंगालोमा शव फेला परेकोले उक्त शव पहिचानको लागि जिल्ला प्रहरी कार्यालय सुनसरीले आगह गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार जेठ ४ गते साँझ ६ बजे तत्काल नाम थर वतन नखुलेको पुरुष मानिसको शव बेबारिसे अवस्थामा फेला परेको हो । स्थानीयको सूचनाका आधारमा तत्काल इलाका प्रहरी कार्यालय चतरा र इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट SOCO सहितका टोलीले सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरी थप अनुसन्धान कार्य भइरहेको र हालसम्म उक्त शवको पहिचान नभएकोले पहिचान गरिदिनु हुन वा नजिकको प्रहरी कार्यालयमा जानकारी गराइदिन अनुरोध गरेको छ ।

अन्दाजी ५ फिट ४ इन्च, गहु गोरो वर्णको, कालो कपाल, मझौला शरीर भएको र झट्ट हेर्दा पहाडे मूलको झै देखिने शव हाल बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मर्चरीमा राखिएको समेत जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी गराएको छ ।
