धरान । नेपालको दोस्रो एवम् विश्वको तेस्रो कञ्चनजंघा हिमालको जेठ ५ गते नेपाली सेना र भारतीय सेनाको सात सदस्यीय संयुक्त टोलीले सफल आरोहरण गरेका छन् ।
भारतीय सेनाका कर्णेल सरफराज सिंहको नेतृत्वमा भारतीय सेनाकै क्याप्टेन प्रशान्त खांका सहित चार जना र नेपाली सेनाका तीन जना जवानहरुले जेठ ५ गते सोमबार ८ हजार ५ सय ८६ मिटर अग्लो कञ्चनजंघा हिमालको सफल आरोहण गरेका हुन् । दुवै देशका सैनिकद्वारा गरिएको संयुक्त कञ्चनजंघा हिमालको आरोहरणलाई लिएर सामाजिक सञ्जालहरुमा यो एउटा पवर्तारोहण मात्र नभएर नेपाल र भारत बीचको मित्रताको उचाई भएको, शाहस सीमा भन्दा अग्लो सम्बन्ध थप मजबुत भएको प्रमाण रहेको जनाइएको छ । दुवै देशका संयुक्त सैन्य आरोहण टोलीको भ्रमणका सम्बन्धमा नेपाल सरकार मन्त्रीपरिषद्को वैसाख दोस्रो साता भएको वैठकले औपचारिक रुपमा स्वीकृत समेत प्रदान गरेको थियो । नेपाल भारतका सैनिकहरुको आरोहण टोली ताप्लेजुङको सदरमुकाम फुङलिङबाट जेठको शुरुवाति दिनमा अगाडि बढेको थियो । कोशी प्रदेशको ताप्लेजुङको सदरमुकाम फुङलिङसम्म पुग्नका लागि हवाई र सडकमार्ग दुवै प्रयोग गर्न सकिन्छ । आरोहीले आफ्नो अनुकूलता बमोजिम फुङलिङ सम्म पुग्ने मार्ग तय गर्दै आएका छन् । फुङलिङबाट चिरुवा र लेलेपको बाटो हुँदै कञ्चनजंघा संरक्षण क्षेत्रको सेखाथुम पुगेपछि सडकमार्ग सकिन्छ । त्यसपछि आरोही या पर्यटकहरुले अम्जिलासा, ग्याब्ला, धुन्सा, खाम्वाचेन, लोनाक भएर पाङपेमा सम्मको कठिन गोरेटो बाटो तय गरी कञ्चनजंघाको उत्तरी आधार शिविर पुग्ने गर्छन् । उत्तरी आधार शिविरको उचाई ५१४३ मिटर रहेको छ ।
भारतीय रक्षामन्त्रीद्वारा विदाई
नेपाल भारतको सैन्य टोलीलाई भारतका रक्षामन्त्री राजनाथ सिंहले विश्वको तेस्रो अग्लो कञ्चनजंघा आरोहणमा सफलताको शुभकामना दिदँै झण्डोत्तलोन गरेर विदाई गर्नुभएको थियो ।
रक्षामन्त्री सिंहसँगै उक्त अवसरमा नेपाली सेनाका शैन्य तालिम, महानिर्देशनालयका महानर्देशक उपरथि धु्रवप्रकाश शाहले समेत भारतीय रक्षामन्त्री सिंहसँगै झण्डात्तोलनमा आफ्नो सहभागिता जनाउनु भएको थियो । रक्षामन्त्री सिंह र महानिर्देशनालयका महानिर्देशक साहको हौसल्लाले आरोहीलाई थप हौसला प्रदान गरेको थियो ।
कञ्चनजंघा हिमाल आरोहण शाहसिक


कञ्चनजंघा हिमाल आरोहण पछिल्ला केही बर्षदेखि आन्तरिक एवम् बाह्य पर्यटकहरुका लागि थप आकर्षणको केन्द्र बन्दै गएको छ । ताप्लेजुङको सेखाथुमबाट गरिने वेशक्याम्प सम्मको यात्रा आफैमा अत्यन्तै जोखिमपूर्ण रहेको छ । अत्यन्तै साँघुरो गोरेटो बाटो, कतिपय स्थानमा आफैले सडक पहिल्याउनुपर्ने अवस्था, वनका झाडी फाँड्दै अगाडि बढ्नुपर्ने, क्षणमै आफैसँग गएका सहयात्रीहरुलाई देख्न नसकिने वाक्लो हुस्सुले पहाडमा अग्ला टाकुराहरु छोपेर समतल बनाएको दृश्य एकथरिका लागि कहालीलाग्दो हुन पुग्छ भने अर्काथरिका लागि थप मनोरञ्जन । यद्यपि शाहसिक आरोहण, ट्रेकिङ र यात्राको लागि यो क्षेत्रलाई पर्यटकहरुले आफ्नो पहिलो रोजाइमा राखेको पाइन्छ । कञ्चनजसंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् याम्फुदिन स्थित कार्यालयका पर्यटन सहायक सूर्यमान राई भन्नुहुन्छ जेठ महिनाको ५ गते सोमबार सम्ममा पाँचजना विदेशी र १० जना स्वदेशीले कञ्चनजंघा हिमालको सफल आरोहण गरिसकेका छन् । केही पर्यटकहरु आधार शिविरबाटै फर्कने पनि हुन्छन् । पर्यटक सहायक राईका अनुसार नेपाली सेना र भारतीय सेनाको आरोहण टोलीले सेभेन समिट ट्रेक्स मार्फत आरोहण गरेका हुन् । यो संयुक्त संैन्य टोलीले मात्र होइन सफल आरोहण गर्ने अन्य विदेशीमा बेलायत, इरान, कासोभोका समेत थिए । विदेशी आरोहीहरुले आफ्नो साथमा स्थानीय शेर्पाहरुलाई लैजाने गरेका छन् । राईले भन्नुभयो चैत्र महिना यता मात्र १५ जना अमेरिकी नागरिक, ४ जना इजरायली नागरिक, ५ जना रुसी नागरिक, दुई जना बेलायती नागरिक र दुई जना नेदरल्याण्डका नागरिकले दक्षिणी आधार शिविरबाट कञ्चनजंघाको सफल आरोहण गरेका थिए ।
हिरक महोत्सवले पर्यटकको ध्यान तान्यो
कञ्चनजघा संरक्षण क्षेत्र, प्रकृतिको उपहार, दीगो पर्यटन समृद्धिको आधार भन्ने नाराका साथ गत वैसाख ५, ६ र ७ गते भएको हिरक महोसत्वले हिमाल आरोही पर्यटकहरुको ध्यान आकर्षित गर्न सफल भएको छ । कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद फक्तालुङ गाउँपालिका वडा नं. ६ लेलेपले कञ्चनजंघा आरोहणको ७० औं बर्ष गाँठका अवसरमा हिरक महोत्वसको आयोजना गरेको थियो । हिरक महोत्सवको प्रमुख उद्देश्य कञ्चनजंघा संरक्षण क्षेत्रमा रहेका पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसार, पदयात्रा, स्थानीय सँस्कृतिको पहिचान, स्थानीय उत्पादनको प्रवद्र्धन, पर्यटकहरुलाई आकर्षित गर्ने उद्देश्यका साथ सम्पन्न भएको थियो । सो अवसरमा कञ्चनजंघा आरोहण गर्ने स्थानीयसँगै पहिलो सफल आरोहण गर्नेहरुलाई सम्मान समेत गरिएको थियो ।


