भारतीय विदेश मन्त्रालयद्वारा दुःख व्यक्त

धरान । भारतको ओडिसास्थित भुवनेश्वर कलिङ्गा इस्टिच्युट अफ इण्डष्ट्रियल टेक्नोलोजी (के. आइ.आइटी) युनिभर्सिटीमा एक नेपाली छात्राको मृत्युप्रति भारतीय विदेश मन्त्रालय दिल्लीले एक शोक विज्ञप्ती प्रकाशित गरी गहिरो दुःख व्यक्त गरेको छ । नेपालको वीरगञ्ज महानगरपालिका वडा नं. १५ भिष्वाटोलकी स्नातक तह प्रथम बर्षमा अध्ययनरत १८ बर्षीय छात्रा प्रिसा साहको वैसाख १९ गते शुक्रबार क्याम्पसकै छात्राबासमा झुण्डिएको अवस्थामा शव फेला परेको थियो । विदेश मन्त्रालयद्वारा जारी शोक विज्ञप्तीमा भनिएको छ यस कठिन घडीमा हामी शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछौं ।

विज्ञप्तीमा भनिएको छ यस दुःखद् घटनाको जानकारी प्राप्त भएदेखि नै विदेश मन्त्रालय ओडिसा राज्य सरकारसँग निरन्तर सम्पर्कमा रहेको छ । ओडिसा राज्य सरकारले मृतकको परिवारलाई पूर्ण सहयोग प्रदान गरेको छ र ओडिसा प्रहरीले हाल घट्नाको विस्तृत अनुसन्धान गरिरहेको छ । शोक विज्ञप्तीमा भनिएको छ भारत सरकारले सबै अन्तर्राष्ट्रिय विद्यार्थीहरुको सकुशलता, सुरक्षा र हितलाई निकै गम्भीरताका साथ लिन्छ । हामी यस विषयबारे तत्कालै सूचना आदान प्रदान तथा समन्वयलाइ सुनिश्चित गर्न नेपाली अधिकारीहरु, ओडिसा राज्य सरकार साथै केआइआइटी व्यवस्थापनसँग निरन्तर सम्पर्कमा छौं ।

तपाईको प्रतिक्रिया