धरान । धरान उपमहानगरपालिका वडा नं. १७ स्थित सिओन मार्गमा डेरामा बस्दै आएकी एक ४० बर्षीया महिलालाई ठूलो परिणामको लागू औषधसहित पक्राउ गरिएको छ ।
धनुषा जिल्लाको जनकपुर घर भएकी ममता भगतले लागू औषधको कारोबार गर्दै आएको भन्ने गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालयबाट खटिएको टोलीले निजको कोठामा खानतलासी गर्दा ट्रामाडोल ३०२० क्याप्सुल, स्पास्पेन ३८ चक्की र ओपाडोल ३ हजार र्२ सय ३० चक्की फेला परेको थियो । लागु औषध सहित कारोबारी भगतलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धरानले आवश्यक अनुसन्धान अगाडि बढाएको छ ।

यसैगरि शनिवारै नम्बर नखुलेको एम्बुलेन्समा प्रतिबन्धित गाँजा लैजाँदै गरेको भन्ने गोप्य सूचनाको अधारमा इलाका प्रहरी कार्यालय इटहरी, इलाका प्रहरी कार्यालय पकली र प्रस्ताविक इलाका प्रहरी कार्यालय रामधुनीको संयुक्त प्रहरी टोलीले रामधुनी नगरपालिका वडा नं. ६ पिडारीबाट द्यच् घड एछद्धज्ञद्ध नम्बरको भारतीय एम्बुलेन्सलाई नियन्त्रणमा लिएको छ । संयुक्त प्रहरी टोलीले एम्बुलेन्सलाई रोकी चेकजाँच गर्दा कालो प्लास्टिक्सभित्र सेतो बोरामा व्याक गरेको अवस्थामा ३० केजीका ६ बोरा गाँजा फेला परेको थियो । हाल गाँजासहित एम्बुलेन्स, एम्बुलेन्स चालक बराहक्षेत्र नगरपालिका वडा नं. ४ बस्ने २५ बर्षीया राजकुमार साहलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय पकलीले आवश्यक अनुसन्धान अगाडि बढाएको छ ।
