शंकास्पद अवस्थामा एक व्यक्तिको शव फेला

धरान/ धरान ३ माछा भौडीमा एक अधवेशे युवाको मंगलबार पानीमा डुबेको अवस्थामा शव फेला परेको छ ।
मृत्यु हुनेमा खोटाड घर भई धरानमै डेरा गरी बस्ने बर्ष ४० का शंकर राई रहेको प्रहरीले जानकारी दिएको छ ।
खुटामात्रै देखिएको र अर्धनग्न अवस्थामा पानीमा डुबेका उनलाई प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा बाहिर निकालेको थियो । विगतमा वृटिश आर्मी समेत रहेका उनी धरानमा रहेका विभिन्न टूेनिड सेन्टरमा समेत काम गरिसकेको स्थानीयहरुले बताएका छन् ।
मृतकको टाउकोमा गहिरो चोट लागेको छ । रातको समयमा कसैले हिर्काएर मारेको आशंका प्रहरीले गरेको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानमा प्रमुख डिएसपी सुदमकुमार सिजापतिले जानकारी दिनुभयो । शवलाई पोष्टमार्टमका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ ।

तपाईको प्रतिक्रिया