धरान/परीक्ष नियन्त्रण कार्यालय सानो ठिमीले यही साउन २० गते बुधबारदेखि एसएलसीको पुरक (मौका परीक्षा) को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।
वि.सं. २०७१ को एसएलसी परीक्षामा दुई विषयसम्म अनुतीर्ण हुने परीक्षार्थीका लागि सञ्चालन गर्ने मौका परीक्षाको सम्पूर्ण तयारी भएको परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले जानकारी दिए । द्वारेका अनुसार कुल १ लाख २४ हजार २ सय ५१ जना परीक्षर्थी सहभागी हुने मौका परीक्षाका लागि देशभरिका २ सय ४७ परीक्षा केन्द्र निर्धारित गरिएको छ । परीक्षाका लागि आवश्यक पर्ने सम्पूर्ण सामाग्री सबै जिल्ला पुर्याइसकिएको र पुरक परीक्षाको परीक्षा केन्द्र सदरमुकाममा केन्द्रित गरिएको छ ।
परीक्षामा एक विषयमात्र परीक्षा दिने ५५ हजार ४ सय ७४ जना र दुई विषय परीक्षा दिने ६८ हजार ७ सय ७७ जना
रहेका छन् र विहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन भई साउन २७ गते सम्पन्न हुने बताइएको छ ।
