चतरा/दुई बर्ष अगाडिमात्र ३० जना आफन्त गुमाएका उदयपुर जिल्लाको ठोक्सिला, मैनामैनीबासीहरु सोमबार अत्यन्तै हर्षित देखिन्थे । बर्षा होस् या हिउादा सप्तकोशी नदी
पार गर्न सुनसरी र उदयपुरबासीका लागि आउ–जाउको एकमात्र साधन डुंगा थियो । तर हरेक बर्ष हुने डुंगा दुर्घटनाबाट आफन्त गुमाउादा उनीहरुको खुशी लुटिलै आएको थियो ।
सनुसरीको चतरा बजारभन्दा ३ किमी उत्तरतर्फ निर्माण सम्पन्न भएको कोशी पुल उद्घाटन हुने खबर पाएपछि मैनामैनी ४ बाट काखे नानी च्यापेर आएकी निर्मला विष्ट भन्दै थिइन अबचाहिा ढुक्क भइयो । बााची–बचिरहे यी आाखाले के के देख्न पाइन्छ भन्थे हो रैछ । कल्पनै नगरको यत्रो सप्तकोशीमाथि बनेको पुल आज देख्न पाइयो । सोमबार सप्तकोशीमा निर्माण गरिएको पुल उद्घाटन गर्न प्रधानमन्त्री सुशिल कोइराला आउने भनेपछि विष्टमात्र हैन भोकै प्यासै विहानैदेखि हजारौ नरनारी आफ्ना लालाबाला च्यापेर टाढाटाढाबाट उद्घाटन स्थलमा आइपुगेका थिए ।
मध्ये पहाडी लोकमार्ग जोड्ने यो पुल पूर्व पश्चिम महेन्द्र राजमार्गको सुनसरी भान्टाबारीमा रहेको पुलको विकल्पको रुपमा यसलाई लिइएको छ । एइसिसीटिटिएसआआरएसी मेटिरियल कन्सल्ट्यान्ट इन्जिनियर पशुपति खड्काका अनुसार नव निर्मित पुल २ सय ६१.३ मिटर लम्बाई र १०.५ मिटर चौडाईको छ । सन् २०११ नोभेम्बर २५ बाट निर्माण कार्य थालनी गरेर २०१५ जुन २३ मा सम्पन्न गरिएको र पुलको कुल लागत ७९ करोड १३ लाख ७० हजार ७ सय रुपैया रहेको छ । पुल निर्माणमा नेपाल सरकारको ४० प्रतिशत र बााकी दातृ निकायको सहयोग रहेको जानकारी समेत खड्काले दिनुभयो । पुल निर्माणको काम सिटिसी कालिका कस्ट्रक्सनले गरेको हो ।
सो अवसरमा निर्मित पुलको विधिवत उद्घाटन पश्चात प्रधानमन्त्री सुशिल कोइरालाले भन्नुभयो अब पूर्वाञ्चलका बासिन्दाहरुको आपतवाजत सहज हुने छ । पुलले यस क्षेत्रका बाििसन्दाको आर्थिक समृद्धिलाई टेवा पुर्याउनुका साथै मध्य पहाडी
राजमार्गको गाइघाट, घुर्मी, सिन्धुली–हेटौडा, काठमाण्डौसम्मको यात्रालाई सहज बनाउने छ । हाल पुलको उदयपुरतर्फको खडमा दुई सय मिटरमात्र कालो पत्रे भएको छ भने सुनसरी तर्फको खण्डमा कुनै प्रकारको कालोपत्रे हुन सकेको छैन । राजमार्गको बााकी काम दुवै तर्फको खडण्मा चाडै पूरा हुने र सोर् को जिम्मा समेत कालिका कष्ट्रक्सनलाई दिइएको छ । दुवै तर्फको कालो पत्रेको काम सम्पन्न भएपछि पूर्वी नेपालका सुनसरी, उदयपुर, खोटाङ्ग, भोजपुर, धनकुटा, तेह्रथुम, संखुवासभालगायतका जिल्लाका बासिन्दालाई आवागमनमा थप सहज हुने छ ।
यहाा स्मरणीय कुरा के छ भने २०६५ साल भदौ २ गते सप्तकोशीले सुनसरीको पश्चिम कुसाहा तटबन्ध कटान गर्दा राजधानीसागको सम्बन्ध पूर्वाञ्चलबासीका लागि महिनौसम्म अवरुद्ध भएको थियो । विकल्पको रुपमा हाल निर्माण गरिएको पुल भन्दा केही उत्तर फेरीको व्यवस्था गरिए तापनि त्यो भरपर्दो विकल्प बन्न सकेन । बेला बेलामा दैवी प्रकोपले निम्त्याउने असहजतालाई ध्यानमा राखी विकल्पको पुल निर्माण गरिएको भौतिक योजना तथा निर्माणमन्त्री विमलेन्द्र निधिले बताउनुभयो । पुलको आजभन्दा ४ बर्ष अगाडि तत्कालीन मन्त्री एवम् मधेशी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले गर्नुभएको थियो ।
भौतिक योजना तथा निर्माण मन्त्रालयका सचिव तुलसीप्रसाद सिटौलाको सभापतित्वमा सम्पन्न उक्त उद्घाटन कार्यक्रममा सहरी विकास मन्त्री डा. नारायण खड्का, सांसद शशांक कोइराला, भीम आचार्य, पुल निर्माण समितिका अध्यक्ष विक्रम पाण्डे, सडक विभागका महानिर्देशक माधव कार्की लगायतले नव निर्मित पुलले समग्र पूर्वाञ्चलको आर्थिक, सामाजिक, धार्मिक समृद्धिमा टेवा पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।
प्रमद्वारा चार सय शैयाको मातृ शिशु सेवा केन्द्रको शिलान्यास
धरान/ प्रधानमन्त्री शुशिल
कोइरालाले अब बन्ने संविधानमा सबैको कुरा समेटिने बताउनुभएको छ ।
प्रधानमन्त्री कोइरालाले
धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बन्न लागेको मातृशिशु स्वास्थ्य केन्द्रको शिलान्यास गर्ने क्रममा सो कुरा बताउनुभएको हो ।
उहाले जनताकै कारण नेपालमा लोकतन्त्र स्थापित भएको भन्दै जनताको भावनामाथि अब कसैले खेलबार्ड नगरी सबैलाई समेट्ने खालको सविधान निर्माण हुनेमा ढुक्क हुन आग्रह समेत गर्नुभयो ।
धेरै दलबीच छलफल भएर आएको संविधानको पहिलो मस्यौदा नै अन्तिम संविधान नभएको बताउदै उहाले जनताले दिएको राय सुझाव अनुसार नै संविधान निर्माण हुने बताउनुभयो ।
प्रतिष्ठानका कुलपति समेत
रहनु भएका प्रधानमन्त्री कोइरालाले मुलुकले आन्दोलन नथेग्ने बताउदै जति चाडो संविधान निर्माण गरेर छुटेका विषयलाई थपघट गर्दै जानु उत्तम भएकोले अब विरोध नगरी सकारात्मक बाटोतर्फ लाग्नुपर्नेमा जोड दिनुभयो ।
प्रधानमन्त्री कोइरालाले फरक प्रसंगमा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान एसियाकै नन् प्राक्टिसिङ्ग टिचिङ अस्पताल भएको बताउदै यहाका चिकित्सकहरुलाई दक्ष बनाउन सके नेपाल लगायत दक्षिण एसियामै स्वास्थ्यको पहुच पुर्याउन सकिने बताउनुभयो ।
यता वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा वीपी दाशले प्रतिष्ठानमा बेडको अभावमा विरामीहरुलाई उपचार
गराउन अत्यन्तै अफ्ठ्यारो भएकोले ८० करोडको लागतमा एक बर्षभित्रै सम्पन्न हुने गरी मातृ शिशु स्वास्थ्य केन्द्रको निर्माण गर्न लागिएको बताउनुभयो । उहाले विशेष गरी
सुत्केरी गराउदा वेडको समस्याका
कारण समस्या उत्पन्न हुने भएकोले पहिलो प्राथमिकता मातृ शिशुको स्वास्थ्यलाई ध्यानमा राखेर निर्माण गर्न लागिएको बताउनुभयो ।
उहाले आमा र बच्चाका लागि सम्पूर्ण ल्याव टेष्टदेखि सबै प्रकारका उपचारहरु यस केन्द्रीमा राखिने बताउनुभयो ।
उहाले पहिलो चरण अन्तर्गत
सरकारले ४० करोड रुपैया निकासा
गरिसकेको बताउदै एक महिनाभित्रदेखि यसको निर्माण कार्य शुरु गर्ने बताउनुभयो । यसका लागि आवशयक पर्ने नक्सा, ठेक्का प्रथा लगायतका मापदण्ड पूरा गरिसकेको स्पष्ट पार्नुभयो ।
