कञ्चनजंघा हिमाल आरोहणको ७० बर्ष पुगेको अवसरमा तीन दिने हिरक महोत्सव सम्पन्न

ताप्लेजुङ । विश्वको तेस्रो र नेपालको दोस्रो ठूलो हिमाल कञ्चनजंघा हिमाल आरोहणको ७० बर्ष पुगको अवसरमा ताप्लेजुङका लेलेपमा आयोजित तीनदिने हिरक महोत्सव आइतबार सम्पन्न भएको छ । वैसाख ५, ६ र ७ गते कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को आयोजनामा कञ्चनजंघा हिरक महोत्सव २०८२ सम्पन्न भएको हो । यस भन्दा अगाडि २०७२ सालमा समेत महोत्सवको आयोजना गरिएको थियो । पर्यटन प्रवद्र्धन, स्थानीय उत्पादनको प्रदर्शन, वहुमूल्य जडिबुटीहरु, स्थानीयहरुको कला सँस्कृति अवलोकन गराउने उद्देश्यका साथ महोत्सवको आयोजना गरिएको परिषद्का सचिव मनकुमार लिम्बुले जानकारी दिनुभयो । महोत्सव स्वदेश तथा विदेशका अमेरिका, बेलायत, भारत, अस्टे«लिया,जापान लगायतका देशका पर्यटकहरुको सहभागिता रहेको थियो । सन् १९५५ मा कञ्चनजंघा हिमालको पहिलो पटक आरोहरण बेलायती नागरिकद्वय जो ब्राउन र जर्ज व्याण्डले दक्षिण मोहडाबाट आरोहण गरेका थिए । त्यसभन्दा अगाडि धेरै देशका अरोहीहरुले कञ्चनजंघा हिमालको आरोहणको प्रयास गरेका थिए । दक्षिणी मोहडा नेपालतर्फ रहेको छ । कञ्चनजंघा आरोहण पूर्वी मोहडा भारततर्फ र उत्तरी मोहडा चीनतर्फ समेत आरोहण गरिदै आएको छ ।


महोत्सवमा ताप्लेजुङ जिल्लाका ६ जनालाई विशेष सम्मान गरिएको थियो । उनीहरुले विभिन्न कालखण्डमा दक्षिणी मोहडाबाट कञ्चनजंघा आरोहण गरका थिए । त्यसरी आरोहण गर्ने ६ जनामा पासाङ शेर्पा, ङाडा शेर्पा, लाक्पा शेर्पा, दावा छेतेन शेर्पा, मिङ्गाग्युव शेर्पा र लाक्पा शेर्पा रहेका थिए । ८ हजार ५ सय ८६ मिटर उचाई भएको कञ्चनजंघा हिमालको पहिलो स्थानीय नेपाली आरोही आङ्गफुर्बा शेर्पालाई काठमाण्डौमा स्वागत गरिएको सचिव लिम्बुले जानकारी दिनुभयो । अशक्तका कारण महोत्सव स्थलमा शेर्पा आउन नसकेपछि उहाँलाई काठमाण्डौमा आयोजकका तर्फबाट सम्मान गरिएको उहाँले जानकारी दिनुभयो । आफ्ना नागरिकले पहिलो सफल आरोहण गरेको भन्दै महोत्सवको पूर्व सन्ध्यामा बेलायती दुतावासले दुतावास परिषरमै अन्तरक्रिया कार्यक्रम गरेको थियो । कञ्चनजंघा करिडोरमा ८ हजार मिटर भन्दा धेरै ४ वटा र ७ हजार मिटर भन्दा माथिका १७ वटा हिमालका चुचुराहरु रहेका छन् । सचिव लिम्बुले दिनुभएको जानकारी अनुसार कञ्चनजंघा हिमाल क्षेत्र २ हजार ३५ वर्ग किलोमिटरमा फैलिएको छ । त्यस क्षेत्रमा ऐसलु, ४५ प्रजातिका स्तनधारी, ३ सय ३० प्रजातिका चराहरु रहेका छन् । कञ्चनजंघका हिमाल आरोहण गर्न एक बर्षको अवधिमा १ हजार ८५ जना विदेशी पर्यटक आएको समेत सचिव लिम्बुले जानकारी दिनुभयो ।
उद्घाटनका समय भट्टराईप्रति स्थानीय आक्रोसित

वैसाख ५ गते पर्यटन तथा नागरिक उड्यान मन्त्री बद्री पाण्डेसँगै हेलिकोप्टर चढेर कार्यक्रम स्थल पुगेका एमालेका सांसद एवम् पूर्व मन्त्री योगेश भट्टराईप्रति स्थानीयले आक्रोस पोख्दै नाराबाजी गरेका थिए ।स्थिति नियन्त्रणभन्दा बाहिर गएपछि उनी ट्वाइलेट छिरेका थिए । स्थानीयको नाराबाजी र आक्रोस बढ्दै गएपछि सुरक्षार्थ रहेका प्रहरीले बाहिरबाट चुक्कुल लगाएर पहरा दिनु परेका थियो । कार्यक्रमको अवधिभरि उनी ट्वाइलेटमै बस्न बाध्य भएका थिए । आÏनै गृहजिल्ला र संसदीय क्षेत्रमा भट्टराईप्रतिको जन आक्रोसको प्रमुख कारण थियो पवित्र धार्मिक स्थल पाथीभरा (मुक्कुलुङ्ग) मा केवल कार निर्माणको लागि माफिया चन्द्र ढकाललाई साथ दिएको । सत्ताको आडमा योगेश भट्टराईकै निर्देशनमा दुई महिना अगाडि काÏले पाटीमा प्रहरीले नो केवलकार पक्षमाथि गोली प्रहार गरेको थियो । स्थानीयको चर्को विरोधपश्चात केवलकार पक्षधार हाल पछि हँटे पनि भट्टराईले ढकालको पक्षमा वकालत गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया