मिसेस स्टेट २०२५ सिजन थ्रीको पहिलो अडिसन सम्पन्न

धरान । डव्लु डव्लु जि (वुमन्स वर्थ गु्रप) को आयोजनामा यहि जेष्ठ १७ गते हुन लागेको मिसेस स्टेट २०२५ सिजन थी्र कोशी प्रदेशको पहिलो अडिसन शनिवार सम्पन्न भएको छ ।
गृहणी महिलाहरुलाई लक्षित मिसेस स्टेट सिजन थी्रको पहिलो अडिसनमा ८ जनाले सहभागिता जनाएको छ । धरान पुतली लाइन स्थित हाङकुक साराङ रेष्टुरेन्टको हलमा पहिलो अडिसन सम्पन्न भएको छ । वुमन्स वर्थ गु्रपका अध्यक्ष सुजता श्रेष्ठको अध्यक्षतामा सम्ंपन्न अडिसनमा निर्णायकको रुपमा महिला संजाल धरानकी पुर्व अध्यक्ष एवं सामाजिक अभियन्ता शिला वज्राचार्य, कोरियोग्रफर डिजे ललित राई, मिसेस स्टेट पहिलो सिजनका विजेता सम्झना विश्वकर्मा र धरान मेघा हिमालयन कलेजका होटल म्यानेजमेन्ट विभाग प्रमुख पोषणवावु श्रेष्ठ रहेका थिए । अडिसनको औपचारिक कार्यक्रममा सहभागीहरुलाई गु्रपका अध्यक्ष सुजता श्रेष्ठले मिसेस स्टेट सिजन थ्री वारे प्रकाश पार्नुभएको थियो । कार्यक्रममा पहिलो सिजनका विजेता सम्झना विकले सहभागिहरु माझ मिसेस स्टेट वारे आफनो अनुभव सेयर गर्नुभयो । अडिसन ११ वजे देखि दुई वजे सम्म चलेको थियो । दोस्रो अडिसन वैशाख १३ गते शनिवार पुतली लाइन स्थित चौथो रेष्टुरेन्टमा हुने गु्रपका सचिव ज्योति राईले जानकारी गराउनुभयो । मिसेस स्टेट सिजन थ्रीको ग्रान्ड फिनाले जेष्ठ १७ गते शनिवार धरान १६ स्थित गुरुङ विविक्यु पार्टी प्यालेसमा हुनेछ ।

मिसेस स्टेट २०२५ सिजन थी्रका विजेता, फस्ट रनर अप र सेकेन्ड रनरअपले जनही क्रमशः नगद ५१ हजार रुपैया, २५ हजार रुपैया, १५ हजार रुपैया, क्राउन, ट्फि र गिÏट ह्याम्पर प्राप्त गर्नेछन् । यसैगरि टाइटल अवार्डमा मिसेस ट्यालेन्ट, मिसेस पर्सनालिटी, मिसेस व्युटिफुल, मिसेस फ्रेन्डशिप, मिसेस वेस्ट वक, मिसेस स्माइल, मिसेस फोटोजेनिक, मिसेस डिसिप्लिन, मिसेस एक्टिभ र पिपल्स च्वइस अवार्ड रहेको छ । उनीहरुले ट्रफी, प्रमाणपत्र र गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् ।

तपाईको प्रतिक्रिया