नेपाली कााग्रेसको तेह्रौ महाधिवेशन नजिकिदै छ । अधिवेशन नजिकिदै गर्दा अन्यत्र झै सुनसरीका गाउा, नगर, क्षेत्र र जिल्लामा यतिबेला स्थानीय नेतृत्व तथा कार्यकर्ताहरुको चहलपहल ह्वात्तै बढेको छ । गाउा नगर, क्षेत्र र जिल्ला नेतृत्वका आकांक्षीहरु कोठे बैठक, चिया गफ, अन्तरक्रिया, भेटघाटमा व्यस्त हुन थालेका छन्, १२ औं महाधिवेशनले पार्टीलाई एक ढिक्का बनाएर लैजाने, १२ आंै महाधवेशन एकताको महाधिवेशन भएको त्यसबेला केन्द्रीय नेतृत्वले घोषणा गरे तापनि पार्टीको तल्लो इकाइसम्म आइपुग्दा वास्तविकता त्यस्तो देख्न सकिएको छैन । पुरानो तुष यथावत छ भने विभिन्न गुट र उपगुटले प्रश्रय पाइरहेको देखिन्छ ।
भदौको पहिलो हप्ता हुने भनिएको गाउा, नगर, क्षेत्र र जिल्ला अधिवेशनको मिति १५ दिन पर सरेको छ । शनिवार केन्द्रीय कार्यसमितिको बैठकले केन्द्रबाहेक अन्य निकायको निर्वाचन सार्ने निर्णय गरेको छ । जस अनुसार नगर र गाउाको अधिवेशन भदौ १७ गते, क्षेत्रीय अधिवेशन भदौ २२ गते र जिल्ला अधिवेशन भदौ २५ गते हुने भएको छ । पटक पटक अधिवेशनको मिति सार्दा कार्यकर्तामा निराशा, अन्यौलता उत्पन्न भएको धरान नगर सभापति किशोर राईको बुझाई छ । राईले धरान नगरसमितिको सभापतिका लागि दोसो पटक आफ्नो उमेद्वारी घोषणा गरिसक्नु भएको छ । राईले यतिबेला सक्रिय सदस्यहरुसागको भेटघाटलाई बाक्लो बनाउदै आगामी कार्यकालका लागि आफूले गर्ने पार्टी संगठनको फेहरिस्त बाहिर ल्याइसक्नु भएको छ ।
वि.सं. २०४७ साल पश्चात नेपाली कााग्रेसमा सक्रिय राई चार बर्ष अगाडि भएको नगर अधिवेशनमा अत्याधिक बहुमतले नगर सभापतिमा निर्वाचित हुनुभएको थियो । २०४८ सालको स्थानीय निकायको निर्वाचनमा धरान उपमहानगरपालिका वडा नं. १२ बाट निर्वाचित हुनु भएका राईले आजको अवस्थासम्म आइपुग्दा
धरानको कााग्रेसी राजनीतिमा आफूलाई बलियो खम्बाको रुपमा उभ्याइसक्नु भएको छ। खासगरी युवाहरुबीच लोकप्रिय मानिनु हुने राई राजनीतिसागै खेलकुद लगायतका क्षेत्रमा समेत उत्तिकै सक्रिय हुनुहुन्छ । अखिल नेपाल फुटबल संघका केन्द्रीय उपाध्यक्ष, धरान फुटबल क्लबका अध्यक्षको जिम्मेवारी सम्हाल्नु भएको छ । यही भदौ १७ गते हुने नगर अधिवेशनमा अन्य आकांक्षीको तुलनामा दह्रो प्रतिष्पर्धीका रुपमा रहनु भएका राईसाग यसपटक हामीले अधिवेशनकै पेरिफेरिमा केन्द्रित रही केही
अन्तरंग वार्ता गरेका छौं । प्रस्तुत छन् राईसाग धरान साप्ताहिकले गरेको वार्ताका सारसंक्षेप :
डपहिलो पााचबर्षे कार्यकाल पूरा गरी सक्नु भएको छ । आगामी भदौ १७ गते हुने नगर अधिवेशनमा पुन: नगर सभापतिको उमेद्वारी घोषणा गर्नुभएको छ । अब तपाइको उमेद्वारी केका लागि ?
–सबैको जिज्ञासा यही नै छ । पहिलो कार्यकाल पूरा गरेर पुन नगर सभापतिमै आफू प्रत्यासी बन्न मैले जुन घोषणा गरो त्यो पार्टीलाई सुदृढ र सवल बनाउनकै लागि हो । धरान क्षेत्रमा पहिलो पटक निर्वाचन प्रणलीबाट सबै नगरबासीको मत लिएर म जितेर आइसकेपछि मैले जन मानस, धरानको मुख्य विषयमा नितान्त इमान्दारिपूर्वक, मेहनत, लगानशीलतापूर्वक ेकाम गरो । वास्तवममा धरानका मुख्य मुख्य एजेन्डाहरु र नेपाली कााग्रेस भित्रको तमाम कार्यकर्ताको समस्या, अन्यौलपूर्ण राजनीतिलाई मैले चिर्ने काम
गरे । अब नेपाली कााग्रेसले धरानलाई कस्तो बनाउने, अहिलेसम्म नेपाली कााग्रेसले किन समग्र धरानेको माया पाउन सकेन, धरानमा नेपाली कााग्रेसले स्थानीय निकाय, आम चुनाव, सभासदको चुनाव, संसदको चुनाव अहिलेसम्म किन जित्न सकेन । त्यसको गहिराइसम्म पुग्ने, त्यसको सुक्ष्म अध्ययन गर्ने, सुक्ष्म समीक्षा गरेर निष्कर्षमा पुग्ने प्रयत्न गरिएन । अब कााग्रेसले कुनैपनि गैर कााग्रेसलाई परास्त गर्नुपर्छ । जुन भिजन र मिशन मैले र मेरा साथीहरुले बनाउनु भएको छ त्यो भिजन मिसन लागू गर्न एक कार्यकालले नपुग्ने भएकेले पनि मैले दोस्रो कार्यकाल र अन्तिम कार्यकालको रुपमा आफूलाई उभ्याएको हुा । यही उमेद्वारीले नै धरानको नेपाली कााग्रेसको जीवन तथा भविय सुनिश्चित गर्छ भन्ने आम कार्यकर्ताको भावना, ममाथिको विश्वास, फेरि उमेद्वारी दिनुपर्छ भन्ने उहााहरुको अनुरोधलाई आत्मसात गरेर मैले उमेद्वारी दिएको हुा ।
डपााच बर्षको कार्यकालमा तपाईले यहााको अन्यौलतालाई किन चिर्न सक्नु भएन ?
–मैले मेरो तर्फबाट निक्कै ठूलो प्रयास
गरेको हुा । यो अन्यौलतालाई चिर्ने क्रममा यहााको तहगत राजनीति संरचना नै मुख्य बाधक भयो । यसको मुल्यांकन हाम्रा पार्टीका साथीहरुले अहिले आएर गर्नुभएको छ । शायद त्यो यहााका कााग्रेसी अंग्रजहरु, यहााका अन्य अगुवा तथा सामान्य कायकर्ताहरु अथवा यहाा रहेका नेपाली कााग्रेसलाई नजिकबाट हेने सुभेच्छुक, भातृ संगठनका प्रमुख पदाधिकारीले पनि के कुरा बुझ्न जरुरी छ भने म नगर सभापतिले मुनि रहेका ततत मातहतका वडा इकाइहरु, भातृ संगठनहरु चारबर्षसम्म कुनै विवाद रहित, चारबर्षसम्म कुनै कुरामा विमति नगरी सिंगो सर्वसम्भत ढगले हामीले
धरानका ठूला–ठूला विषयमा निर्णय गरेका छौं । मैले कहिल्यै पनि मातहतमा रहेका इकाइहरुमा हस्तक्षेपकारी भूमिका निर्वाह गरिना । मैले कहिल्यै पनि नगर समिति, नगर सभापतिको शक्ति र पावरलाई वा पदीय जिम्मेवारी दुरुपयोग गरिना । त्यसैले गर्दा तलको संरचनामा मेरौ कुनै विवाद भएन । तर मलाई माथिबाट निर्देशन गर्ने मेरो अभिभावक क्षेत्रीय समितिले हस्तक्षेपकारी भूमिका देखायो । जिल्ला समितिले मलाई कहिल्यै हस्तक्षेकारी भूमिका गरेन । मलाई जहिल्यै पनि मिलाउन खोज्ने, जोड्न खोज्ने काममा भााजो हाल्ने काम गरेन ।
डकस्तो थियो हस्तक्षेपकारी भूमिका ?
–त्यो प्रत्यक्ष देखिएकै छ नि । हामीले कुनै कार्यक्रम गर्यो भने त्यो कार्यक्रममा जानु हुादैन भनेर पत्राचार गर्ने ?
डत्यसो गरेकै हो ?
–गरेकै हो । पत्र हामीसाग दस्तावेजको रुपमा छ । हामीले त्यस्ता पत्रहरु राखेका छौं । नेपाली काग्रेसका कार्यकर्तालाई प्रखर लिडरसीप तालिम, संविधानसभाभित्र उठ्ने गरेका प्रमुख मुद्दाहरुका बारेमा, अन्य सांगठनिक कुराका बारेमा ३ दिने कार्यक्रम भेडेटारमा गरेका थियौ । हामीलाई पत्राचार गरियो कसैले त्यहाा नजाने, यो कााग्रेसको कार्यक्रम हैन भनियो । यस्ता किसिमको हस्तक्षेपकारी भूमिका भयो ।
डयो अवस्था कसरी भयो ?
–यही त मैले भनेको त । चुनावका बेलामा आएर मैले दोष दिनु पनि उपयुक्त हुादैन । तर तपाईले प्रश्न गरिकसकेको अवस्थामा मैले भन्नै पर्छ । खानेपानी जस्तो धरानको समग्र धरानेहरुको जीवन, धरानेहरुको भविष्यसाग गाासिएको कुरामा सबै ठाउामा विरोध गरेर हिडे । जबकि नगर समितिमा यहााका सम्पूर्ण राजनैतिक दलहरुले समर्थन गरे । तर नेपाली कााग्रेसकै क्षेत्रीय समितिबाट विरोधका पत्र दिने काम भयो । दोस्रो कुरा एकीकृत सम्पत्ति कर भनेको सिागो धरान नगरपालिकाले नगरपालिकाको सर्वोच्च निकाय, हाम्रो सर्वोपरी निकाय, धराने जनताको भाग्य भविष्य निर्माण गर्ने नगरपालिकाको आयआर्जन गर्ने, राजस्व कर सम्बन्धी कुरामा पनि नेपाली कााग्रेसको सभापतिलाई अगुवा भूमिका निर्वाह गर्न दिएको, अवसर सिर्जना गर्ने मौका दिएको, राजनैतिक गर्ने मौका दिएको छ । यस्तो बेलामा पनि वडा वडामा पत्र लेखेर हाम्रो एकीकृत सम्पत्ति करमाथि विरोध छ त्यसलाई असहयोग गर्नु भनेर पत्र लेखेर हस्तक्षेपकारी भूमिका निर्वाह गरियो । ठाडै वडा वडाका सभापतिका कार्य समितिलाई दिएर धरान नगर समितिलाई बोधार्थ दिइयो । यो विडम्बना हो । उहााहरु धरानमा कााग्रसलाई अगाडि बढाउन चाहनु हुन्न । हिजोका गतिविधिले यस्तै देखियो । कााग्रेसलाई जिताउन चाहनु हुन्न । किनकि कााग्रेसमा जित्ने मान्छेले भोलि राजनीति गर्यो, कााग्रेस अगाडि बढ्यो भने हामी जस्तो कोठामा बसेर दुई चार जना मान्छे केन्द्रका नेतासाग सम्पर्क जोडेर हामीले यहााको राजनीतिमा जुन चलखेल गरेका छौं त्यो गुम्ने सोच उहााहरुको छ । नेपाली कााग्रेसलाई गुलजार बनाएर लिड रसिपमा अगाडि बढाएर भोलि यहााको स्थानीय चुनाव, संसदको चुनाव जितेर जार्नुपर्छ भन्ने लक्ष्य सोच भिजन देखिएन । मैले शुरुदेखि अहिलेसम्म ५ बर्षसम्म निरन्तर पार्टी कार्यालय खोलेको छु । यहााका सम्पूर्ण कार्यकर्तालई धरान नगर समितिको कार्यालय कहाा छ भन्दा धरान–१२ शिव सिनेमा मलको छेउमा छ भन्ने छ । मैले औपचारिक, अनौपचारिक कार्यक्रम पार्टी कार्यालयमा गर्ने गरेको छु । तर नगर भन्दा धेरै ठूलो क्षेत्रीय समितिले आफ्नो पार्टी कार्यालय कहाा खोल्यो, कसरी बसेको छ, हरेक मिटिङ्ग कहाा हुन्छ ? यो सबै कुरा बुझ्न जरुरी छ । अब क्षेत्रीय समितिले भिजन बिनाको रेम्डम्ली पार्टी चलाएको हुनाले पनि पार्टीलाई नगरलाई यस मुनि रहेका वडाहरुलाई समतामुलक ढंगले परिवेश बनाउन नसकेकोले पनि हामी कमजोर भएका हौं । त्यसैले अहिलेको उमेद्वारी भनेको पनि नगर, क्षेत्रमा मात्र हैन जिल्लासम्म पनि आफ्नो पहुाच पुर्याउने ढंगको हुनुपर्छ । म नगर सभापति भएपनि जिल्ला सम्मको पहुाच पुर्याउने आफ्नो मान्छेलाई त्यहाा पुर्याउनुपर्छ । जिल्लालाई पनि सुनसरी क्षेत्र नं. १ अब्बल क्षेत्र हो भन्ने हुनुपर्छ । यो क्षेत्रमा जिल्लाले कुनैपनि राष्ट्रिय कार्यक्रम, जिल्ला तहका कार्यक्रम दिनुपर्छ । दिएन भने क्षेत्र नं. १ ले हामीलाई छोड्नेवाला छैन, क्षेत्र नं. १ बाट अब जिल्ला र केन्द्रसम्म हाम्रा मान्छे पुगेका छन् । आज यो क्षेत्रले २ जना केन्द्रीय सदस्य पाएको छ । तर त्यसलाई सदुपयोग गर्न सकेको छैन । उनीहरुलाई सम्मन र अभिनन्दन गर्न सकेको छैन । हाम्रा केन्द्रीय सदस्य, माननीय सभासदलाई थानामा लगेर उजुरी दिन्छन्, बद्नाम गराउाछन् । केन्द्रीय महिला सदस्य सिधै सभासद भइसकेको अवस्था थियो । भोलि लाखौ करोडौ बजेट यो क्षेत्रमा आउने थियो । तर अन्तरघातको कारबाहीको कुरा गरेर, खुट्टा तानेर आज सभासद बन्नबाट बञ्चित गरिएको छ । धरानले पाउने साह्रा सेवा सुविधा र विकासका बजेटहरुबाट हामीलाई बञ्चित गरिएको छ ।
डतपाईले यसो भनिरहादा क्षेत्रीय समितिले नगर समितिले नै क्षेत्रसाग समन्वय गर्न नचाहेको, यहाा कााग्रेसलाई लथालिंग बनाएको हो भन्ने आरोप तपाईमाथि छ । यसमा तपाई के भन्नुहुन्छ ?
–मैले समन्वय गर्ने कुरामा कहाा
गरेको छुइना ? मलाई मिटिङ्गमा बोलाएर भन्नुपर्यो । मैले धेरै पटक मलाई मिटिङ्गमा बोलाउनुस् भन्दा विधानमै बोलाउन पर्ने प्रावधान छैन भन्छन् । म एउटा नगर सभापति हुा । मेरो माथिको भनेको क्षेत्रीय समिति हो । क्षेत्रीय समितिको लिगल गतिविधिमा मैले विरोध गरो, असहयोग गरे भने मलाई कारबाही गर्ने अधिकार छ नि । यही क्रियाशिल सदस्य फारम भनेै कुरामा पद्धतिबाट आउनुपर्छ भनेर मैले माग गरो । आज क्षेत्रीय समितिले गरेको त हैन । हामीजस्ता मानिस हारिदैछ, हाम्रा मान्छे हादैछन् भन्ने बुझेर ४ सय ५० वटा फारम नगरमा वडामा नगई तीन चार वडामा गएर भरि आफूखुशी हस्ताक्षर गरेर केन्द्रमा पठाएको
कुरा त सार्वजनिक भइसककेो छ । म त्यसको डिटेल दिनसक्छु ।
डत्यस्तो गलत कामको तपाईहरुले सम्बन्धित ठाउामा उजुरी गर्नु भएन ?
–गरेका छौं । तर हामीले त्यसलाई बाहिर ल्याएनौं । बदनाम कसको हुन्छ ? कााग्रेसकै हुन्छ । माथि थुक्यो भने थुक कहाा खस्छ
त ? हाम्रै अनुहारमा खस्छ । कााग्रेसलाई कमजोर बनाउने काम यो क्षेत्रीय समितिले गरेको देखियो । हाम्रो आदरणीय क्षेत्रीय सभापतिलाई पार्टीले सभासदको उमेद्वार बनायो । उहााले जितेर यो क्षेत्रमा काम गर्नुहुन्छ, कार्यकर्ताको रक्षा गर्नुहुन्छ, पार्टीलाई निरन्तता दिनुहुन्छ, भनेर हामी उहााको पछिाडि दौडिएका थियौं । तर उहाा चुनाव सिद्धिने बित्तिकै कार्यवाहक अरुलाई दिएर हिड्नुभयो । पार्टी मिलाउने काम आज सम्म गर्नुभएको छैन । खानेपानीको आयोजनामा विवाद भइरहेको छ, त्यसलाई मिलाउन उहााले के गर्नुभयो ? धरानको मुख्य मुख्य समस्याका बारेमा उहााले अहिलेसम्म के बोल्नु भयो ? तर अहिले पार्टीको चुनावमा एउटा व्यक्तिलाई बोकेर हिडिरहनु भएको छ । उहाा त क्षेत्रीय सभापति हो नि । नगरका तीन जना नै सभापतिका उमेद्वारलाई राखेर तपाईहरु तीन जनामा एकजना उठ्नुस्, एकजना यहाा जानुस्, एकजना यहाा जानु भन्नुपर्ने हो । सबैको मन जित्ने काम गर्नुपर्ने हैन ? त्यो भूमिका उहााले किन निर्वाह गरिहनु भएको छैन ? किन एकजना मानिसलाई बोकेर हिडिराख्नु भएको छ ?
डएकजनालाई मात्र बोकेर हिड्नुको नियत के होला ?
–त्यो त मैले सिधै भनिसको एकजना मानिसलाई बोकेर उसलाई सभापति बनाएर फेरि एउटा सानो समूहको राजनीति गर्न खोजिरहनु भएको छ । तर किशोर राई त्यसो गर्दैन । अहिले पनि किशोर राई सबैलाई आवहान गर्दछ बसौ, क्षेत्र, नगरलाई सुद्धिकरण गरौं । राजनीति गर्ने मान्छेलाई मात्र हामी राजनीतिमा अगाडि बढाऔं । तर राजनीतिको नाममा व्यवसाय गर्ने, राजनीतिलाई खेलवार्ड गर्ने,
राजनीतिलाई मजा लिने त्यस्ता मान्छेलाई हाटाउने हैन, सुधारेर लिमिटेशन ठाउामा स्थान दिएर उहााहलाई पनि सागसागै लिएर हिाड्ने गर्नुपर्छ । अब नेपाली कााग्रेसको राजनीति फुटको हैन, जोडिएको हुनुपर्छ । विविधतामा एकताको र ग्यारेन्टी अब कााग्रेसले जित्छ भन्ने हुनुपर्छ । कार्यकर्ताको मनोबल गिरिरहेको अवस्थामा शंका उपशंका भइरहेको अवस्थामा अब कााग्रेसले सुनसरी क्षेत्र नं. १ मा चुनावमा जित्छ भन्ने विश्वास र सुनिश्चिताको ग्यारेन्टीका लागि पनि मेरो उमेद्वारी हो । म सबैलाई आवहान गर्छु । हामीले सबै साथीहरुलाई भूमिका दिन सक्यौ भने, समावेश गर्न सक्यौ भने यहाा एमाले, माओवादीले केही गर्न सक्दैन, उनीहरुमा त्यस्ता व्यक्तित्व छैनन् तर हामीलाई एकीकृत हुन दिादैनन् । हामीलाई विभाजनको मनस्थितिबाट चलाइ रहेका छन् । गर्ने मान्छेलाई छेकबार गरिएको छ । त्यस्तोको विरुद्धमा म हिजो पनि थिएा, आज पनि छु र भोलि पनि
रहन्छु ।
डभोलि निर्वाचित भएपछि पार्टी सुदृढ गर्न तपाइसाग के एजेन्डा छन् त ?
–कााग्रेसमा रहेका सम्पूर्ण कायर्कर्तालाई आर्थिक रुपमा सक्षम बनाउने हो ।
डकसरी ?
– मसाग धेरै भिजन छ । राजनीति गर्ने मान्छेको राजनीति पेशा हैन नितान्त सेवा हो भन्ने बुझाउने । आफू चल्न र पार्टी चलाउन स्रोत साधनको आवश्यकता पर्छ । स्रोत साधनका लागि हामीले कुनै न कुनै ठाउामा व्यवसाय गर्ने, कााग्रेसले कााग्ेसको व्यवसायलाई समर्थन गर्ने, उभाभोक्ताको रुपमा आफूलाई उभ्याउने । केन्द्र, जिल्ला र नगर तहका आयोजनामा इन्भल्व गराउने, एउटा घरका एक सदस्यलाई मात्र भएपनि रोजगार बनाउन अभियान चलाउने । त्यसो भएमा राजनीति गर्न सहज हुन्छ । अर्थात एक घर एक रोजगार न्यूनतम मापदण्ड तयार गर्ने । विशेष गरेर सबैले काम छाडेर राजनीति गर्ने हैन यसका एउटा गाइडलाइन बनाउने । आम्दानी भएन भने भोलि गलत काम गर्नुपर्ने हुन्छ । पार्टीको पदको भूमिका मर्यादित बनाउनुपर्छ । फूल टाइमर खट्नेलाई घरमा एकजना रोजगार बन्नु आवश्यक छ । सामाजिक क्षेत्रमा हामीले प्रतिष्ठा आर्जन गर्नुपर्छ । आर्थिक समृद्धि र सामाजिक पहुच हुनु आवश्यक छ । अर्को कुरा हामी विगत चार बर्षमा नगर र क्षेत्रको जुन तिक्ततापन देखियो अब त्यसलाई चिर्छौं । विशेष
साधारणसभाले त्यो काम गर्छ । अब पार्टीमा सुद्धिढीकरण हुन्छ, अब विनोद राई एकातिर,
हरिनाथ वास्तोला अर्कोतिर, मिना सुब्बा, मिन विश्वकर्मा, चन्द्रप्रसाद श्रेष्ठ एकातिर हुन नदिने मेरो योजना छ ।
डतपाईमाथि पार्टी पंक्तिभित्रैबाट केही
आरोपहरु पनि लागेका छन् । किशोर राई खाली जहााबाट पनि पैसा खान्छ भन्छन् । उदाहरणका लागि खानेपानी, सिटी सफारी, मालपोत आदि, यसमा तपाई के भन्नुहुन्छ ?
–आज किशोर राईलाई चौतरिबाट
खोजिरहेको छ । चारैतिरबाट प्रहार पनि भइरहेको छ । सकारात्मक, नकारात्मक सबै कुराहरु मेरा बारेमा भइरहेको मैले पनि सुनेको छु । म यसलाई सहज रुपमा लिन्छु । मेरो जीवनमा यसले धेरै महत्व राख्छ । म क्षणिक राजनीति गर्ने मान्छे हैन । म निरन्तर बााचिरहेसम्म राजनीति गर्ने हो । म एन्फा जस्तो गरिमामय संस्थामा १६ बर्षसम्म उपाध्यक्ष भएर बसो । अब त्यसबाट सोभनियर रुपमा रहेर धरानको राजनीतिमा कन्सर्न हुन्छु । कुरा के हो भने
धरानमा सिटी सफारी, मालपोत, खानेपानी, एकीकृत सम्पत्ति करको कुरा आयो । हिजोसम्म धरानको कुनैपनि मुख्य विषयमा नेपाली कााग्रेसलाई सोधदिैन थियो, त्यहाा उपस्थित गराइदैन थियो । आज हरेक ठाउामा किशोर राई भन्नु त त्यो नेपाली कााग्रेस भन्नु हो । मैले नेतृत्व गरेको वा गरेको निर्णय एकल छैन । धरानको सिटी
सफारीको निर्णय मैले एक्लै गरेको हैन । सिागो धरान नगरपालिकाको राजनीति दल, नगरपालिकाले गरेको छ । सम्बन्धित यातायात क्षेत्र,
मजदुरले गरेका छन्, तर किशोर राईले गर्यो भनेर आवाज उठाउनु पूर्वाग्रह मात्र हो । मैले पैसा खाएा भन्छन् । कसले दिन्छन् ? पैसा कसैले त्यसै दिन्छन् ? पैसा दिने मान्छे पनि एउटा संस्थामा होलान् । खानेपानीमा पैसा खायो भन्छन् । त्यो पैसा दिने मान्छ को हो त ? सजिलै पैसा खायो भन्यो सिद्धियो । मेरो वैंक ब्यालेन्स हेर्नु पर्यो । अहिले त अख्तियार छ, सम्पत्ति सुद्धिकरण आयोग छ । म कुनै लाभान्वित सार्वजनिक पदमा छुइना । मैले सरकारी पदमा बसेर एक पैसा कहीा खाएको छैन । कसैले किशोर राईले यहााबाट पैसा खायो भन्छ भने म जस्तोसुकै सजाय भोग्न तयार छु । नेपाली कााग्रेसको उच्च पदमा नबसी साधारण कार्यकर्ता भएर पार्टीको सेवा गर्न म तयार छु , यदि कसैले प्रमाणित गरिदिन्छ भने । किशोर राईलाई सिटी सफारी, खानेपानी, मालपोतबाट एक पैसा खाएको प्रमाणित गर्न आग्रह गर्छु । राजनीति मेरो पेशा हैन सेवा हो । मैले पनि मेरा बालबच्चा पाल्नुपर्छ । मैले पनि दुई पैसा आर्जन गर्नुपर्छ । मैले कसैलाई सहयोग गर्दा कसैले मलाई दुई पैसा दिादा लिनु के अन्याय ? भ्रष्टाचार हो ? मैले सिटी
सफारीकै कुरा गर्दा हिजो पनि धेरै यातायातका साधन आएका हैनन् र ? एकैपटक सबै यातायात आएको हैन । यातायात क्षेत्रमा आज कति संस्था भइसक्यो ? कोशी टेम्पो हिजो एउटा थियो । आज
धरान ट्याम्पका राम तामाङ्गले संघर्ष समिति बनाएर विरोध गर्नु भएको छ । उहााको फाइल बोकेर मैले नयाा साथीहरुले गरिखान पाउनुपर्छ भनेर बोल्ने मै हुा । त्यसबेला म बोर्ड सदस्य भएकोले नगरपालिकाबाट दर्ता गराइदिएको हो । अनि अहिले सिटीसफारी आउादा विरोध किन ? माल खायो भने आरोप लगाउनु पूर्वागह्र मात्र हो ।
डयो आरोपको पछाडिको रहस्य के हुन सक्छ ?
–किशोर राई जस्तो ग्रास रुटको मान्छे
धेरै अगाडि बढ्यो भनेर एकथरिको इस्र्यामात्र हो । केही मान्छे यस्तो देखो, कतिले नगर सभापति किन ? क्षेत्रीय, जिल्लातिर जानु पर्यो भन्छन् । मैले नगरको सभापति भएर एक कार्यकाल मात्र चलाएको छु । दोस्रो कार्यकालमा स्थानीय चुनाव जितााउने उद्देश्य छ । मैले मेयर, उपमेयर, संसदको टिकट पाएको छुइना । अनि मैले कहाा
जाने ? किशोर राई उठ्यो भने चुनाव जित्छ भनेर डरले अफवाह फैल्याएका हुन् । मैले आफ्नो् जीवन यापन गर्न सिटी सफारीमा १ लाख लगाएको छु । मैले व्यवसाय गर्न
नपाउने ? त्यही तिलक राईका गाडी छन्, पहाडतिर चल्छन् । उसलाई आरोप किन नआउने ? धेरै साथीले कमाएर खानु भएको छ, खान पाउनुपर्छ । १० बजेदेखि ४ बजेसम्म जागिर खएकाहरु पार्टीमा छन् । धरानमा यतिबेला जग्गाको व्यवसाय राम्रो छ । साथीहरुसागको रिलेशनले मैले पनि दुई चार पैसा कमाएको छु । त्यो मैले बाच्नको लागि गरेको हुा , मेरो श्रीमतिको फेमिली आर्थिक रुपमा सक्षम छन् । मेरा दाजुहरुले मलाई समर्थन गर्नुभएको छ । मोटर साइकल समेत बहिनीले किनिदिएको हो । मैले पैसा कमाउने भए कोरिया, सिागापुर, हङकङ गएको थिएा । म त्याा बसेर कमाउन सक्थे । कोरियामा मलाई दुई लाख महिनाको दिएको थियो तर म बसिन । म पेटको विरामी हुादा सभासदको चुनाव सादा खाना बाकेर प्रचारमा हिाडे । खै त मेरो मुल्यांकन ? म व्यक्तिगत हैन पार्टीबाट म्ूल्यांकन चाहन्छु ।
डअन्त्यमा केही छ ?
तेह्रो महाधिवशनमा क्रियाशील सदस्यहरु जसले हिजो जसरी मलाई विजय गराइ दिनुभयो त्यसै गरी र्म आगामी निर्वाचनमा साथीहरुको सहयोग चाहन्छु । अहिले पनि संस्थापन कााग्रेस, प्रजातान्त्रिक कााग्रेस भनिन्छ, ६०–४० को कुरा गरिन्छ । अब यो हुनु हुादैन । १२ औं महाधिवेशनले नेपाली कााग्रेसका सभापति, देशकै प्रधानमन्त्री सुशिल कोइरालालाई बनाइसकेपछि उहाा सबैको सभापति हो । त्यस्तै मलाई पनि सबैले जिताएर नगर सभापति बनाएपछि म पनि सबै नगरका साथीहरुको सभापति । म यतिबेला मिना दिदीसाग सहकार्य गरिरहेको छु, सुजाजा दिदीसाग सहकार्य गरिरहेको छु, । मेरो सभापति सुशिल कोइराला हुनुहुन्छ । सबैलाई यसैगरी बुझिदिन म सबैसाग आग्रह गर्दछु, निवेदन गर्न चाहन्छु । जो कोहीले यस्तो कुरा गरिरहेको छ । ६०–४० को कुराको अब कुनै तुक छैन, यसपटक राम्रो मानिसको गुट बनाएर राम्रो मानिसलाई
जिताऔं । यसपटकको चुनाव धााधली रहित, वुथमा पनि एकदमै पियोरनेश चुनाव होस् । त्यहाा कसैले गलत काम गर्यो भने त्यसलाई रोक्न पनि म आग्रह गर्दछु । कुनैपनि कार्याकर्ताले फियरनेश ढंगले चुनाव लड्न पाउनुपर्छ । सकभर सबै ठाउामा सहमतिको वातावरण बनोस् । सबैलाई समावेशी ढंगले समिति बनाउने तर्फ लाग्नुपर्छ । त्यसमा मैले खेल्ने भूमिकाको लागि म तयार छु । हामी एक बद्ध भएर लागौं । १३ औं अधिवेशन भनेको स्थानीय निकायको निर्वाचनको तयारी पनि हो । अन्तमा एकपटक मेरो यो अन्तिम कार्यकालको निर्वाचनमा मलाई अत्याधिक मतले विजय गराइदिन अनुरोध गर्दछु । मैले जितेमा एक बर्षभित्रमा जि.पी. भवन बनाउने प्रतिबद्धता गर्दछु । जि.पी. भवन बनेपछि त्यहाा नगर, क्षेत्र, भातृ संगठनका कार्यालय एकै ठाउामा सञ्चालन गर्न सकिन्छ । मेरो चारबर्षे कार्यकालमा मबाट कसैको जानी, नजानी मन दुखाएको भए म सबैसाग क्षमाप्राथी छु ।
त्र
