धरान/पण्डित काशीनाथ उपाध्याय–हरिप्रिय कट्टेल बाङमय प्रतिष्ठानले आÏनो छैठौ बाषिकोत्सवको अवसरमा गत शुक्रबार नेपाली साहित्यको क्षेत्रमा उत्कृष्ट योगदान गर्ने पिण्डेश्वर विद्यापीठबाट २०७१ सालमा उत्तरमाध्यम, शास्त्री
परीक्षामा उत्कृष्ट अंक ल्याउने चार जनालाई पुरस्कृत गरेको छ ।
त्यसरी पुरस्कृत हुनेमा त्रिभुवन विश्वविद्यालय महेन्द्र वहुमुखी क्याम्पस धरानका प्रा.डा गोपाल प्रसाद भण्डारी र नेपाल संस्कृत विश्व विद्यालय पिण्डेश्वर विद्या पीठ धरानका पूर्व प्राचार्य प्रा.
नारायणदत्त पौड्याल हुनुहुन्थ्यो । उहााहरुलाई कार्यक्रमको प्रमुख अतिथि तथा सस्कृत विद्याविद्यालयका पूर्व शिक्षाध्यक्ष पुरुषोत्तम भट्टराईले जनहरु नगद १५ हजार १ सय ११ र सम्मान पत्र वितरण गर्नुभएको थियो । यसैगरी पिण्डेश्वर विद्यापीठ धरानबाट २०७१ सालको
उत्तरमध्यम र शास्त्री परीक्षामा सर्वोत्कृष्ट अंक ल्याउने छात्रा बिना राई र किरण आचार्यलाई जनही २ हजार ५ सय सम्मानपत्र प्रदान गर्नुभएको थियो ।
यसैगरी सनातन धर्म सेवा समितिका जिल्ला शाखा सुनसरी धरानले व्यास जयन्ती तथा गुरु पूर्णिमाको शुभ अवसरमा धार्मिक क्षेत्रमा विशेष योगदान पुर्याउनु हुने धरान ११ निवासी श्री रामचन्द्र
राईलाई अभिनन्दन समेत गरेको थियो । सो अवसरमा बोल्दै अभिनन्दित राईले गीत, वेद तथा हिन्दु वैद्धिक ग्रन्थहरुको संस्कृतमा उच्चारण गरी त्यसको शाब्दिक अर्थहरु समेत सुनाउनु भएको थियो । राई विगत केही बर्ष यता धरान १६ स्थित रहेको स्कोन मन्दिरका हर्ताकर्तामध्येका एक समेत हुनुहुन्छ ।
पण्डित काशीनाथ उपाध्याय–हरिप्रिया कट्टेल वाङमय प्रतिष्ठानकी
संरक्षिका हरिप्रिया कट्टेलले प्रतिष्ठानका लागि १० कठ्ठा जग्गा प्रदान गर्न घोषणा समेत गर्नुभएको थियो । दमक उपमहानगरपालिका वडा नं. ४ स्थित रहेको उक्त जग्गाको मूल्य हाल झण्डै चार करोड पर्ने प्रतिष्ठानका सचिव गंगाधार कट्टेलले जानकारी दिनुभयो । सो अवसरमा पतिष्ठानका सदस्य जगन्नाथ कट्टेलले प्रतिष्ठानको कोषमा २० हजार नगद प्रदान गर्नु भएको थियो भने काशीनाथ कट्टेलद्वारा लिखित मेरो जीवन यात्रा नामक स्मरण पुस्तकमाथि प्रा.डा. टुनाराज भट्टराईले विवेचना गर्नुभएको थियो । भट्टराईको विवेचनाप्रति पिण्डेश्वर विद्या पीठ धरानका पूर्व प्राचार्य सह–प्रा.डा. रमेश घिमिरेले टिप्पणी गर्नुभएको थियो ।
प्रा. नारायणप्रसाद कट्टेलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा पुरस्कृत व्यक्तित्वहरु प्रा.डा. गोपाल भण्डारी, प्रा.डा. नारायणदत्त पौड्यालले पनि बोल्नु भएको थियो भने स्वागत मन्तव्य बंशीधर कट्टेल र सञ्चालन गंगाधार कट्टेलले गर्नुभएको थियो ।
