धरानले विर्सदै गएको पं. छविलाल पोख्रेललाई प्रसाद ग्रुपले सम्झियो

धरान/ प्रसाद ग्रुपले नेपालमा महत्वपूर्ण योगदान पुर्‍याएको तर समाजले विर्सदै गएका व्यक्तित्वहरुको प्रतिभालाई पुन: समाजमा सम्झाउने उद्देश्यले वालहरुमा उनीहरुको तस्विर आर्टमार्फत जस्ताको तस्तै उतारेको
छ ।
केही बर्ष अगाडि अत्यन्तै उत्साहित ६ युवाहरुबाट शुरु गरिएको यो प्रसाद ग्रुपले आर्टमा अत्यन्तै दक्षता भएका युवाहरुलाई समेटी नेपाली समाजमा महत्वपूर्ण भूमिका खेल्ने व्यक्तित्वहरुको वालमा जस्ताको तस्तै उतार्ने काम गर्दै आइरहेको छ ।
यसभन्दा अगाडि वीरगञ्ज,
पोखरामा समाजमा योगदान पुर्‍याउने हरिदेवी कोइराला र दुर्गा बराल जस्ता धेरैको आर्टमार्फत जस्ताको तस्तै चित्र कोरेको प्रसाद ग्रुपले पछिल्लो समय धरानमा भने छुवाछुतको अन्त्यका लागि अत्यन्तै महत्वपूर्ण योगदान पुर्‍याउनु भएका तथा समाजले विर्सदै गएको व्यक्तित्व पं. छविलाल पोख्रेलको चित्र धरान –९ वगैचा टोलमा जस्ताको तस्तै उतारेको छ ।
दुई दशक अगाडिदेखि नै दलितको घरमा समेत गएर पुरेत्याई गरेर प्रसाद ग्रहण गर्दा उहालाई समाजले अत्यन्तै हेय दृष्टिले हेर्ने गरेको भएपनि पछिल्लो समयमा आएर सही मुल्यांकन भएपनि उहालाई धरानमा सम्झने कमैमात्र भेटिने भएकोले पनि यो चित्र अत्यन्तै सान्दर्भिक लागेर कोरेको प्रसाद ग्रुपकाका एकजना सदस्य रोमल भट्टराइले जानकारी दिनुभयो ।
कलामा प्रतिभा भएका युवालाई बाहिर ल्याउने तथा समाजमा योगदान पुर्‍याएका व्यक्तित्वहरुलाई बाहिर ल्याउने उद्देश्यले यो अभियान थालिएको प्रसाद ग्रुपका सदस्य भट्टराईको भनाई छ ।
युवालाई बेरोजगारबाट हटाई आर्टमार्फत आफ्नो प्रतिभा देखाउने एउटा सुनौलो अवसर हुनका साथै देशका विशिष्ट व्यक्तित्वहरुको विषयमा उनीहरुलाई जानकारी होस् भन्ने उद्देश्यले यो प्रोजेक्टमार्फत यो अभियान थालिएको उहाको भनाई छ ।
यता आर्टमा संलग्नहरुले समेत नेपालमै भिन्दै प्रकारको यो आर्ट आफूहरुको लागि नौलो भएको बताएका छन् । उनीहरुले यस प्रोजेक्टमार्फत नयाा नयाा कुराहरु सिक्न पाएको प्रति समेत उनीहरुले खुशी व्यक्त गरेका छन् ।
यो अभियान देशका अन्य स्थानमा समेत गरिने प्रसाद ग्रुपका सदस्यहरुको भनाई छ । यो अभियानले प्रतिभा भएका कलाकारलाई बाहिर ल्याउने, समाजमा योगदान पुर्‍याएको तर विर्सदै गएकाहरुलाई पुन सम्झाउनेमात्र हैन कलाकारले बनाएको चित्र विदेशमा समेत बेच्न सकिने भएकोले नेपालका त्यस्ता व्यक्तित्वको विषयमा विदेशमा समेत थाहा पाउन सहज हुने प्रसाद ग्रुपको बुझाई छ । त्यतिमात्र हैन ठाउ ठाउमा बनाइएका यस्ता व्यक्तित्वहरुको चित्रले आन्तरिक तथा वाह्य पर्यटकको संख्यामा वृद्धि ल्याउनेमा समेत उनीहरु विश्वस्त
रहेका छन् ।

तपाईको प्रतिक्रिया