लागूऔषध अफिम र ब्राउन सुगर सहित ४ जना पक्राउ

विराटनगर । संखुवासभाको धर्मदेवी नगरपालिका–४ स्थितबाट अफिम सहित ३ जना र बिराटनगर–१५ स्थितबाट ब्राउनसुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । बैशाख ६ गते बिशेष सुचनाको आधारमा संखुवासभाको इलाका प्रहरी कार्यालय चैनपुर र अस्थायी प्रहरी चौकी पिलुवा खोलाबाट खटिएको प्रहरी टोलीले धर्मदेवी नगरपालिका–४ का राम बहादुर अधिकारी, केशव घिमिरे, मादी नगरपालिका–६ का देवेन्द्र थापा समेतलाई अफिम जन्य पदार्थ विक्रिबितरण गरी रहेको अवस्थामा १२ ग्राम ३ सय ९० मिलिग्राम अफिम सहित पक्राउ गरेको हो । यसै गरी मोरङको बिराटनगर–१५ स्थितमा लागूऔषध नियन्त्रण व्युरो विराटनगरको प्रहरी टोलीले चेकजाँचको क्रममा सुन्दरहरैचा नगरपालिका–२ का ३१ बर्षीय सरन डाँगीलाई २ ग्राम ४० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । लागूऔषध सहित पक्राउ परेका उनीहरुको थप अनुसन्धान तथा कानूनी कारवाही भईरहेको छ ।

तपाईको प्रतिक्रिया