शिक्षक आन्दोलनले निर्णायक मोड लिएन

धरान । शिक्षा एउन जारी गर्न माग गर्दै निरन्तर आन्दोलनमा होमिएका शिक्षक तथा कर्मचारीहरुले राजधानी केन्द्रित आन्दोलनसँगै आ आफ्नो तह तप्काबाट निरन्तर आन्दोलन गरिरहेका छन् । माग पूरा नहुन्जेल आन्दो्लन जारी राख्ने उनीहरुले शिक्षक तथा कर्मचारीप्रति विभेदप्रति रुष्ट बन्दै आन्दोलनलाई निरन्तरता दिएका हुन् । चैत्र २५ गतेदेखि शैक्षिक हड्तालको घोषणा गरेर आन्दोलनमा होमिएका शिक्षकहरुको आन्दोलन काठमाण्डौ केन्द्रितसँगै विभिन्न स्थानीय तह केन्द्रित निरन्तर चलिरहेको छ । यसै क्रममा धरानमा समेत शिक्षकहरुले विभिन्न विरोध जनाउदै आन्दोलनलाई निरन्तता दिइरहेका छन् । ल्याबरोटेरी माविका स्थायी शिक्षक आशावादी राईले राहत, करार तथा बालविकासका शिक्षक तथा कर्मचारीहरु पारिश्रमिक अन्यन्तै न्यून रहेको शिक्षकमै हिनताबोध भएको भन्दै यस्ता कुरामा सरकारले सम्बोधन गर्नुपर्ने बताउनुभयो ।


यस्तै. पञ्चकन्या मावि धरानका शिक्षक खेमचन्द्र सुवेदीले २०८० सालसम्म भएका सम्झौताहरु राज्यले कार्यान्वयन गर्न आलटाल गरेको बताउदै १२ बर्षको अवधिमा सरकारसँग भएको सहमति एउटा पनि सहमति नभएका कारण शिक्षकहरु आन्दोलित हुनुपरेको बताउनुभयो । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर खस्केको विषयमा राज्यपक्ष जिम्मेबार नभएको आरोप उहाँले लगाउनुभयो । अनिवार्य तथा निशुल्क ऐन २०७५ जारी भए पनि ऐनको मर्म अहिले पनि विद्यालयमा लागू नभएको बताउनुभयो । सुनसरीका पूर्व स्रोत व्यक्ति समेत रहनु भएका सुवेदीले विद्यालयमा चाहिने अति आवश्यक विजुलीे, पानीका सुविधामा सरकार गम्भीर नभएकोमात्र हैन विद्यालय संख्या अनुसारको दरबन्दी समेत विद्यालयमा उपलब्ध सरकारले गराउन नसकेर गैरजिम्मेवारी पन दे्खाएकोले शिक्षकहरु आन्दोलित हुनु परेको बताउनुभयो । शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षक तथा कर्मचारीहरुले आज पनि काठमाडौंमा प्रदर्शन जारी राखेका छन् । उनीहरु माइतीघरबाट बबरमहल–नयाँबानेश्वर सडक पुगेर प्रदर्शन गरिरहेका छन् । यस्तै शैक्षिक गुणस्तर सुधारकै लागि ऐन आवश्यक रहेकोले त्यो ऐन ल्याउनको लागि आफूहरुको आन्दोलन रहेको शिक्षा सदन माविकी शिक्षिका बेनु काफ्लेले बताउनुभयो । उहाँले अहिले नेपालका हरेक जिम्मेवार निकायमा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरु नै रहने गरेका कारण शैक्षिक गुणस्तर कम भएको भन्न नमिल्ने तर्क राख्नुभयो । शिक्षकहरूले गत चैत २० गतेबाट आन्दोलन शुरु गरेका हुन् । यस बीचमा सरकारसँग निरन्तर वार्ता भएपनि विद्यालय शिक्षा ऐन ल्याउने विषयमा सहमति नजुट्दा शिक्षकहरूले चैत २५ गतेदेखि शैक्षिक हड्ताल घोषणा गरेर सम्पूर्ण शैक्षिक गतिविधि ठप्प पारेर आन्दोलनमा होभिएका छन् । आन्दोलनकै कारण कारण विद्यालयमा नयाँ भर्ना प्रभावित भएको छ भने कक्षा १२ को परीक्षालाई समेत असर पर्ने सम्भावना बढेर गएको छ ।

तपाईको प्रतिक्रिया