धरान । धरान–६ को पाँचकन्या सामुदायिक जंगलमा अर्धनग्न अवस्थामा मृत फेला परेकी चुनकुमारी बुढाथोकीको हत्याका मुख्य योजनाकार कोरिया रहेका श्रीमान प्रेम बुढाथोकी सहित ६ जना पक्राउ गरी बिहिबार प्रहरीले सार्वजानिक गरेको छ । घटनामा परिवारका सदस्यहरू नै संलग्न भएको खुलेपछि प्रहरी थप अनुसन्धान गरि घटनामा संम्लग्नलाई बिहिबार ईलाका प्रहरी कार्यालय धरानले सार्वजानिक गरेको हो भने एक जना भारतीय नागरिक फरार रहेका छन । चुनुकुमारी हत्याको मुलकारण श्रीमान श्रीमती बिचको मनमुटाव र आर्थिक प्रलोभन रहेको एसपी सुमन तिम्सीनाले जानकारी दिनुभयो । एसपी तिम्सिनाले श्रीमानले परपुरुष सँग लागेको भन्दै श्रीमतीलाई जवरजस्ती डिभोर्स दिन लागाएको र श्रीमतीले डिभोर्स नदिएपछि उनको हत्या गर्ने योजना उनकै श्रीमानले बनाएको अनुसन्धानबाट खुलेको बताउनुभयो । घटनाका मुख्य योजनाकार कोरियामा रहेका चुनकुमारीका श्रीमान प्रेम बुढाथोकीलाई नेपाल प्रहरीले कोरिया बाट बैशाख ३ गते नेपाल झिकाउदै अन्तराष्ट्रिय बिमानस्थल काठमाडौबाट पक्राउ सुनसरी जिल्ला अदालतबार्ट म्याद थप गरि सार्वजानिक गरिएको हो । हत्याको योजनामा सहयोग गर्ने भाई ढकेन्द्र बुढाथोकी, बुहारी सृष्टी बुढाथोकी, कान्छा ज्वाई योगेन्द्र गौतम, कान्छी बहिनी डेनु गौतम, एक सहयोगी केशवराज दाहाललाई प्रहरी सार्वजानिक गरेको छ भने भारातीय नागरिक फुपुका छोरा राजु थापा फरार रहेका छन । एसपी तिम्सिनाका अनुसार परिवारको संलग्नतामा भएको घटनामा चुनु कुमारीलाई देवरले स्कुटर सिकाउने भन्दै प्रस्ताव गरेपछि चुनु कुमारीले श्रीमान अनुमति लिएपछि स्कुटी सिक्न गएकी चुनुकुमारीलाई झुक्याएर धरानको जंगलमा लगेर घाँटीमा झोलाको फित्ताले बाधेर अत्याधिक कुटपिट गरी करंग भाँचिदिएको र घिसार्दै रुखकोे फेदमा बाधि हत्या गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ । प्रहरीले हत्यामा संलग्न भारतीय नागरिकको खोजी तीव्र बनाएको एसपी तिम्सीनाले बताउनुभयो ।
