जीवन शैली र खानपानका कारण दीर्घ रोगीको संख्या बढ्दै

धरान । धेरैलाई स्वास्थ्य सचेतना छैन । रोग लागिसके पनि चेकजाँच गराउने सोच नै नभएका कारण विशेष गरी दीर्घरोगीहरु समस्यामा पर्ने गरेका छन् । धरानमा धरान मनिहारी तथा उपहार व्यपार संघले एचडिसीको सहयोगमा आयोजना गरेको शिविरमा यस्तो पाइएको हो । जीवन शैली र खानपिनका कारण पछिल्लो समय दीर्घरोगी मधुमेह, उच्च रक्तचाप मुटुका समस्या, मृगोलाको समस्या जस्ता विरामीको संख्या बढ्दो छ । समयमै चेकजाँच नगराउने, शारीरिक व्ययाममा ध्यान नदिने, सन्तुलित खानपानको अभाव लगायतका कारण यस्तो समस्या देखिएको चिकित्सकहरुले बताउने गरेका छन् । पछिल्लो समय शनिवार धरान २ शिक्षा निकेतन माविको प्रांगरणमा आयोजना गरिएको शिवरमा अधिकांशमा यस्तो समस्या देखिएको हो ।
शिक्षा निकेतन माविका प्रद्यानाध्यापक उमेश गुरागाईले समय समयमा हुने यस्ता शिविरले अस्पतालसम्म उपचार गराउन जान नसकेकाहरुलाई रोगको पहिचान गरी स्वास्थ्य सचेतना बढाउन सहयोग पुग्ने भएकोले धरान मनिहारी तथा उपहार व्यापार संघ र सहयोगी एचडिसीलाई धन्यवाद दिनुभयो ।


शिविरमा उपचार गराउनेमध्ये २ सय ६० जना विरामीको चेकजाच गर्दा मुटुको समस्या, मृगोलाको समस्या, उच्च रक्तचाप, मुटुको समस्या भएका विरामी भेटिएका थिए भने महिलामा हुने पाठेघरका समस्या भएकाहरु ६५ जना रहेका थिए । यहा एचडिसी अन्तर्गत बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक तथा स्त्रीरोग विशेषज्ञ चिकित्सकले शिविरमा आउनेहरुलाई चेकजाँच गरेका थिए । सो अवसरमा बोल्दै बीपी प्रतिष्ठानका चिकित्सक डा.प्रदीप कटुवालले चेकजाँचसँगै रोगको पहिचान भइसकेका तथा रोग नै नलागेकाहरुलाई स्वास्थ्य जीवन बिताउन के के गर्नुपर्छ र रोगलागि सकेकाहरुलाई औषधि प्रयोग गर्ने तरिका, फ्लोअपमा आउने समय लगायतका विषयमा जानकारी गराइएको बताउनुभयो । उपचारमा आउने अधिकाश महिलामा महिनाबारीको समस्या, त्यसबेला पेट सम्बन्धी समस्या, पिसावसम्बन्धी समस्या भएको पाइएकोले उपचार नै गर्नुपर्ने अवस्था भएकोले समस्या भएका महिलाहरुलाई बीपीमै बोलाइएको स्त्रीरोग विशेषज्ञ डा. प्रिता बस्नेतले जानकारी दिनुभयो । जनचेतनासँगै स्वास्थ्य समस्याको पहिचान होस् भन्ने अभिप्रायले केएचडिसीका चिकित्सकहरुसँग समन्वय गरेर निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको धरान मनिहारी तथा उपहार व्यपार संघका अध्यक्ष रामस्वरुप शर्माले जानकारी दिनुभयो । प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा.डा सञ्जिव शर्माले सञ्चालन गर्दै आउनु भएको केएचडिसीले विभिन्न संघ संस्थासँग समन्वय गरेर निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्दै आइरहेको छ । यो संस्थाले धरानमामात्र नभएर कोशी प्रदेशका विभिन्न स्थानका २ लाख भन्दा बढी सर्वसाधारणको निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिसकेको छ । केएचडिसीले रोग लाग्नु अगाडि नै सचेचना फैल्याउने र रोग लागिसकेकालाई सहज उपचारसँगै जीवनयापन परिवर्तनका विषयमा जानकारी गराउदै आएको छ ।

तपाईको प्रतिक्रिया