दमक/विप्लव सम्बद्ध नेकपा माओवादीले मालपोत कार्यालय दमकका अधिकृत होमनाथ सेढाइलाई कालो मोसो दलेका छन् । सोमबार दिउासो माओवादीका झापा सेक्रेटरी विवश किरातीको नेतृत्वमा गएको २० जनाको टोलीले सेढाइलाई कालो मोसो दलेका हो ।
राजस्व अनियमितता गर्ने गरेको, किर्ते जालझेल गरी जग्गा पास गर्ने
गरेको, विचौलियासाग मिलेर घुस खाने परिपाटीको विकास गरेको, तलदेखि माथिसम्म मिलाएर कमिशनमा विकेको लगायतका कारण आफूहरुले कारबाही गरेको विप्लव सम्बद्ध एक नेताले बताए ।
उनका अनुसार, यसता घुस्याहाका विरुद्धमा जनकारबाही तिब्र रुपमा अगाडि बढाइने छ । जिलका भ्रष्ट कर्मचारीलाई कारबाही गर्ने विप्लव माओवादीको योजना नै रहेको बताइएको छ ।
