श्रीमान, सासु र ससुरा मिलेर छोरा गायव बनाएको एक महिलाको आरोप

धरान/ सासु, ससुरा र श्रीमान मिलेर आफ्नो छोरा गायव गरेको भन्दै एक महिलाले खोजीका लागि सबैसंग आग्रह गरेकी छन् ।
धरान ३ की नतासा साहीले आइतबार धरानमा पत्रकार सम्मेलनको आयोजना गरी १० बर्षीय छोरा ओजस्वी खड्गीलाई एक बर्ष अगाडिदेखि गायव गरेको बताउनुभएको छ ।
उहाले १० बर्षसम्म आफ्नै साथमा राखेर बच्चाको शिक्षा, दिक्षा, स्वास्थ्य र लालनपालन गर्दै आए पनि श्रीमान सौरभ विक्रम खड्गीसहित ससुरा विष्णुकुमार खड्गी र सासू राधादेवी खड्गीले मिलेर २०७१ साउन ६ गते बच्चा लिएर युके लगिएको भनिए पनि हालसम्म आफ्नो बच्चाको अत्तोपत्तो नहुदा प्रहरीमा उजुरी गर्दा समेत प्रहरीले उदासिनता देखाएको उहाको आरोप छ ।
२०६१ सालमा विवाह बन्दनमा बाधिएका उनीहरु १० बर्षसम्म संगै बसेपनि श्रीमानले अगाडिदेखि नै परिवारको वास्ता नगरेपछि ०७१ पुष २० गते अलग भएपनि छोरा सौरभ आमासंगै बसेको आमाको भनाई छ । तर एक बर्ष अगाडि साउन ६ गते विद्यालयको छुट्टी भएको मौका पारी श्रीमान सौरभले छोरालाई लगेको तर अहिलेसम्म छोराको अत्तोपत्तो नभएको उहाको भनाई
छ ।
श्रीमान, ससुरा र श्रीमानको घर धरानमा भएपनि अहिले सुन्दर दुलारी नगरपालिकामा बसोबास गर्ने भए पनि श्रीमान युकेमै रहेको तर सासु र
ससुरा भने हालसम्म फरार रहेको उहाको आरोप छ ।

तपाईको प्रतिक्रिया