धरानका विद्यालयमा पठनपाठन ठप्प

धरान । सामुदायिक विद्यालय शिक्षकहरुको हक अधिकार विपरीत वर्तमान सरकारले गतिविधि सञ्चालन गरेको र शिक्षा विद्येयक जारी नगरेको भन्दै नेपाल शिक्षक महासंघको अगुवाईमा काठमाण्डौ केन्द्रित आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै सोमबारदेखि धरानका सामुदायिक विद्यालयमा पठन पाठन ठप्प पारिएको छ ।

नेपाल शिक्षक महासंघले आवहान गरे बमोजिम धरान लगायत सुनसरीका सम्पूर्ण शिक्षकहरु आन्दोलनमा सहभागी हुन काठमाण्डौ प्रस्थान गरेका छन् । चौतर्फी अराजकता मच्चाउँदै आएको वर्तमान सरकारले शिक्षकको हक, हित विपरीत गतिविधि गरेको भन्दै काठमाण्डौ केन्द्रित आन्दोलनमा सहभागी हुन प्रस्थान गरेका हुन् । धरान पब्लिक हाइस्कुलका प्रद्यानाध्यापक डा. इन्द्रमोहन झाले सोमबार एक सूचना प्रकाशित गरी चैत्र २५ गतेदेखि नेपाल शिक्षक महासंघ कन्द्रिय कार्यालय परिचालन समितिको परिपत्र अनुसार एवम् विद्यालयको आन्तरिक सरसल्लाह बमोजिम चैत्र २० गतेदेखि जारी शिक्षक आन्दोलनलाई आफूहरुले पनि ऐक्यबद्धता जनाउदै अन्य क्रियाकलाप पहिला नै स्थगित गरिसकको र सोमबारदेखि कक्षा ११ र १२ को पठनपाठन पनि अर्काे सूचना नआउन्ज्याल सम्मका लागि स्थगित गर्ने साथै विद्यालयमा कार्यरत सम्पूर्ण शिक्षक कर्मचारीहरुलई काठमाण्डौे केन्द्रित आन्दोलनमा सरिक हुन अनुरोध गरिएको छ ।

तपाईको प्रतिक्रिया