तरुणमा तामाङ निर्विरोध

धरान । नेपाली काँग्रेसको भगिनी संगठन नेपाल तरुण दलको आइतबार भएको पाँचौ धरान उपमहानगर समितिको अधिवेशनबाट धरान १४ विजयपुरका राम तामाङ्ग अध्यक्षमा निर्विरोध निर्वाचित हुनु भएको छ । नेपाल तरुण दल सुनसरीका सभापति सिजन गुरुङ्गले नेपालमा तरुण दल केन्द्रीय समितिको निर्देशन बमोजिम चैत्र २२ गते बसेको तरुण दल जिल्ला कार्यसमिति सुनसरीको बैठकले सुनसरीका १२ वटै पालिकाको नगर अधिवेशन चैत्र २६ गतेसम्म सम्पन्न गर्ने निर्णय भए बमोजिम धरान नगर अधिवेशन सम्पन्न भएको हो ।

नेपाल तरुण दल धरान उपमहानगर समितिको अधिवेशनले अध्यक्ष लगायत ३१ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो । दलको उपाध्यक्षमा विक्रम तामाङ, सचिवमा मनोहर श्रेष्ठ, सदस्यहरुमा जीना तामाङ, लक्ष्मी मगर, अस्मिता केसी, प्रेमकुमार बस्नेत, सुमन निरौला, मनकुमार राई, शिखर राई, सुवास राई, सोना शंकर, प्रनिता परियार, अशेष लिम्बु, सविना दर्नाल, सारा नेपाली, लुइस जेम्स राई, प्रितिराज श्रेष्ठ, समिर लिम्बु, राहुल सुवेदी, शंकर पाण्डे, निर्मल आचार्य, अनिष लिम्बु, विशाल खत्री, प्रदिप राई, सन्देश मगर, उज्वल हलवाई, उत्सव थापा मगर, जुगल चौधरी लगायत रहनु भएको छ ।

तपाईको प्रतिक्रिया