सुनसरी जिल्ला खेलकुद समितिका नया पदाधिकारीलाई स्वागत

धरान/ सुनसरीको खेलकुद विकासका लागि महत्वपूर्ण योगदान पुर्‍याउदै आएको सुनसरी जिल्ला खेलकुद विकास समितिका नया समितिले काम थालेसंगै स्वागत कार्यक्रमको आयोजना गरिएको छ ।
समितिका निवर्तमान अध्यक्ष नरेन्द्र चोङवाङको अध्यक्षतामा भएको कार्यसमितिको चारबर्षे कार्यकाल समाप्तसंगै धनप्रसाद राईको अध्यक्षतामा बनेको समितिललाई समितिकै हलमा एक कार्यक्रमको आयोजना गरी आइतबार स्वागत कार्यक्रमको आयोजना गरिएको हो ।
१० सदस्यीय कार्यसमिति भएपनि हाल ६ सदस्यीय मात्र चयन गरिएको छ । समितिको कोषाध्यक्षमा भेषराज कार्की, सदस्यहरुमा वेन्देश चौधरी, ममता राई, वसन्त सुवेदी र तिला मगर रहनु भएको छ । एक उपाध्यक्ष र तीन सदस्य भने खाली रहेको छ ।
सो अवसरमा बोल्दै नव नियुक्त अध्यक्ष राईले सुनसरी जिल्ला खेलकुदको उर्वरभूमि भएको बताउनुहुदै पुरानो समितिले थााति राखेका कामलाई
निरन्तता दिदै नयाा योजना समेत ल्याउने बताउनुभयो । उहाले आगामी मंसिरमा पूर्वाञ्चलमा हुने सातौ राष्ट्रिय खेलकुद प्रतियोगितामा सुनसरीमा भने भव्यताका साथ सम्पन्न गर्न लागि पर्ने समेत बताउनुभयो ।
उहाले आफ्नो कार्यकालमा सुनसरीमा रहेका भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकता दिने बताउनुहुदै सातौ राष्ट्रिय खेलकुदलाई भव्यतासाथ सम्पन्न गर्न भएका पूर्वाधारलाई सकेसम्म म्यान्टेन्स गरी प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्ने बताउनुभयो । उहाले सुनसरी खेलकुदको विकासका लागि खेलप्रेमी, पूर्व खेलाडी, खेलाडी सबैसंग समन्वय गरेर अगाडि बढ्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
कार्यक्रममा अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष किशोर राई, सुनसरी बक्सिङ्ग संघका अध्यक्ष देवेन्द्र लिम्बु, वंसिङ्गका प्रशिक्षक मुकेस श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया