धरान/फितलो शान्ति सुव्यवस्था तथा शान्ति सुरक्षामा प्रहरीको उदाशीनताका कारण धरानमा दिनदहाडै चोरी र अपराधका घट्ना बढ्न थालेको छ ।
हरेक दृष्टिले सुरक्षित देखिने धरानको मुटु मानिएको छाताचौकस्थित परेश स्टेशनरी तथा पाथीभरा एडभरटाइजिङ्गमा सोमबार राति चोरी भएको छ । स्टेशनरीका प्रोपाइटर सरोज पोख्रेलका अनुसार सटर र ताला फोरेर पसलमा भएको रु २५ हजार चोरी भएको हो । पसलमा रहेको गल्ला नै चारेले लिएर गई धरान १ पृथ्वीपथ मास्तिरको जंगलमा फोरेर २५ हजार लगेको र ८ हजार बराबरको रिजार्ज कार्ड त्यही छोडेको अवस्थामा मंवलबार विहान स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रोपाइटर पोख्रेलका अनुसार डबल लकको सटरको ताबी पहिला पहिला काटेको देखिए तापनि त्यो सम्भव नभएपछि रडले बंग्याएर सटर फोरेर चोरी गरेको देखियो ।
यसैगरी धरान १४ स्थित केन्द्रीय प्रविधि क्याम्पसका प्राध्यापक पशुपति मिश्रको क्याम्पस क्वार्टरबाट दिनदहाडै करिब सात लाख मूल्य बराबरको नगद तथा सुनचाादी चोरी भएको छ । विगत लामो समयदेखि क्याम्प क्वार्टरमा बस्दै आउनु भएका प्राध्यापक मिश्रसाग सक्पर्क रुाख्दा उहााले भन्नुभयो क्वार्टरको ढोकामा चाबी लगाइएको थियो । पछाडिपट्टिको सीसाको झ्यालभित्रको खिड्की खोल्न मिल्ने गरी फोरेर भित्र पसेर १० तोला सुन, २५ तोल चाादी, भारु र नेरु गरी १ लाख रुपैया, इजिपेको दुईवटा ट्यान्लेट चोरी भएको छ । उहााले भन्नुभयो दिन दहाडै चोरी हुन थालेपछि अब कसरी काम
गरेर खानु ? चोरीमा संलग्न कसैलाई पनि प्रहरीले अहिलेसम्म पक्राउ गर्न भने सकेको छैन ।
