धरान/प्रारम्भीक मस्यौदामा सुकुम्बासीहरुको हकअधिकारको विषयमामौन रहेको तथा अधिकार कटौती गरेको भन्दै सुकुम्बासीहरुले विरोध गरेका छन् ।
नेपालबसोबास बस्ती संरक्षण समाज धराननगर समितीले को अगुवाइमा आज धरानमा प्रदर्शन गर्दै मस्यौदाको विरोध गरेका हुन् । संविधान सभाको मस्योमामा सबै
नागरिकलाई आवसको हलहुने भनिए पनि कानुनी रुपमा स्वामित्वभएकाहरुको मात्र संरक्षण गरिने उल्लेख भएको भन्दै सुकुम्बासीहरु विरोधमा उत्रिएका हुन् । मस्यौदामा वसोवासका आधारमा सुकुम्बासीहरुलाई भु स्वावित्व सहित रोजगराको व्यवस्थालाई मौलिकहक मै राख्नु पर्ने उनिहरुको माग छ । मस्यौदा नसच्याएर आफ्नो मागलाई व्यवस्था गरे सत्ताकब्जा गरि आफै संविधान जारी गर्ने नेपाल बसोबास बस्ती संरक्षण समाजका पुर्वाञ्चल अध्यक्ष कुमार कार्कीले चेतावनी दिनुभयो । उहाले अव बन्ने संविधानमा सुकुम्वासीका हक अधिकार नसमेटिए ६सय १ सभाषदलाई बाकी नराख्ने चेतावनी समेत दिनुभयो ।
संविधानको मस्यौदामा सुकुम्बासीहरुलाइ विस्थापितगर्न खोजेको तथा राजनितिकदलहरुले सुकुम्वासीहरुलाई चुनावी नारामामात्र समिति गरेका समाजका नगर सचिव सुवास राई्ले वताउनुभयो । उहाले सुकुम्बासीहरुलाइर् सांकेतिक रुपमा राज्यले दमन गरेको उहाको आरोप छ । सुकुम्बासीको मतले विजय बनेका सभासदहरुले सुकुम्बासीको अधिकार कुण्ठित गरेको कारण आफुहरु विरोधमा उत्रिएको उहाको भनाई छ ।
विरोध हुादाहुादै पनि सुकुम्बासीहरुको विषयमा राज्यगम्भीर बनेन भने चरणबद्ध संघर्षमा उत्रने सुकुम्वासीहरुले चेतावनी दिएका छन् । धरानको छाताचौकबाट शुरु भएको विरोध र्याली भानुचौकमा आएर कोणसभामा परिणत भएको थियो । संविधानको प्रस्तावनामै सुकुम्बासीको मौलिक हक उल्लेख गर्नु पर्ने उनीहरुको माग रहेको छ ।
