एक्लो राागो यसरी जित्यो मृत्युलाई, पााचवटा सिंहलाई कसरी दियो माथ

उमेर छिप्पिएको जंगली राागो समूहबाट एक्लिने बित्तिकै भोकाएका सिंहहरु सजिलै आहारा बनाउन सकिने निधो गरी एकसाथ धावा बोले । पााचवटा शक्तिशाली सिकारीको त्यो आक्रमण थेग्नु र जिउादै उम्किनु सायद असम्भव थियो । तर त्यो साहसी भौसीले हिम्मत हारेन र शत्रुसाग आत्मसमर्पण गरेन । अन्तत: लडाइा जित्यो, आफ्नो पिठ्युामा चढिसकेका सिंहलाई झट्कारेर भुइामा झार्यो अनि विजयी मुऽामा पानीमा कुादयो ।
दक्षिण अफ्रिकाको लन्डोलिजी गेम रिजर्भमा भएको पााचवटा सिंह र एउटा राागोबीचको भयानक युद्धको दृश्य हो यो । फोटोग्राफर प्राइभेट गाइडको रुपमा कार्यरत बाइरोन सेराओले यो दृश्य खिचेका हुन् ।
‘बिहान झण्डै नौ बजेको थियो । निकै शितल र सुन्दर बिहानी थियो । सिंहहरुले भौसीको समूहलाई तितरवितर पारे र बुढो राागोलाई एक्लाउन सफल भए’, फोटोग्राफर त्यो क्षणको सनसनीपूर्ण ब्याख्या गर्छन् ।
सिंहहरुले उसमाथि आक्रमण गरे । उसको पिठ्युामा चढे, उसलाई ढलाउनका लागि धेरैपटक खुट्टामा समेत आक्रमण गरे, तर उसले हारेन । राागोले जबरजस्ती गर्‍यो ।
आफ्नो पिठ्युमा एउटा सिंह चढेकै थियो । घेरिरहेका अन्य सिंहलाई सिङ देखाएर तर्साउादै फुत्त नजिकैको नदिमा पस्यो । आफु ढाडमा
चढिरहेको अवस्थामा राागो नदिको गहिराइतर्फ जान थालेपछि ढाडमा चढेको सिंह पनि डरायो अनि राागोको ढाड छाडेर भाग्यो । केही बेरपछि उक्त साहसी भौसीले आफ्नो बथान फेला पार्‍यो । ऊ सामान्य घाइते बनेको छ ।

तपाईको प्रतिक्रिया