सर्पदंश व्यवस्थापन सम्बन्धी अन्तरक्रिया

धरान/सर्प मानिसका लागि पीडादायी जीव हो । बर्षा र गर्मीको समयमा सर्पको डसाइबाट धेरैको अकालमै ज्यान जाने गरेको छ । सहरी क्षेत्रको तुलनमा ग्रामीण बस्तीहरुमा सर्पदंशबाट ज्यान गुमाउने अधिक रहने गरेको सरकारी तथ्यांकहरुले देखाएको छ ।
गत शुक्रबार सर्पदंश व्यवस्थापन सम्बन्धमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, उद्योग वाणिज्य संघ सुनसरी, कृति टेलिभिजन र धरान उममहानगरपालिकाको सहकार्य तथा धरान जेष्ठ नागरिक मिलन केन्द्रको आयोजनामा वृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
उद्योग वाणिज्य सघ सुनसरीको सभाकक्षमा भएको उक्त अन्तरक्रिया कार्यक्रममा उल्लेख्य मात्रामा स्थानीयको सहभागिता रहेको थियो । सो अवसरमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान मेडिसन विभागमा कार्यरत डा. सन्जिव शर्माले सर्पका प्रकार, त्यसका स्वभाव, विष भएका र नभएका सर्पहरु आदिका बारेमा जानकारी गराउनु भएको थियो । उहााले भन्नुभयो सर्प र मानिस बीचमा अनौठो सम्बन्ध रहेको छ । एकातिर हामी सर्पलाई भगवान मानेर पूजा गर्छौ भने अर्कोतिर देख्नासाथ मार्छौं ।
उहााले भन्नुभयो सर्पदंश एउटा ठूलो समस्या हो। भारतमा मात्र वार्षिक ४० हजार मानिसको सर्पदंशबाट मृत्यु हुने गरेको छ । आज एड्सको नियत्रण र रोकथामका लागि विभिन्न एजिओ, आइएनजिओ, सरकार समेत लागेको छ । बार्षिक करोडौ रुपैया यस अन्तर्गत खर्च हुन्छ र सर्पदंशका सम्बन्धमा कुनै निकायले ध्यान दिन सकेको छैनन् । नेपालमा पाइने ८० प्रकारका सर्पमध्ये १० वटा सर्प विशालु पाएका छन् । सर्पदंशकै कारण ९७ प्रतिशत मानिसको मृत्यु हुने गरेको छ भने ३ प्रतिशतमात्र अस्पतालसम्म पुग्छन् । ४० प्रतिशत सर्प दंशका
विरामी अस्पताल लैजाादा बाटैमा मर्छन । डा. शर्माले भन्नुभयो कतिपय सर्पको टोकाइबाट मानिसमा पक्षघात समेत हुने गर्छ । सर्पले मानिसलाई त्यसै टोक्दैन र टोक्दैमा मानिस मरिपनि हाल्दैन । जब मानिसका गतिविधिबाट सर्प भयवित हुन्छ, आफूमाथि आक्रमण खोजेको भन्ने उसमा भान हुन्छ अनिमात्र टोक्छ । साथै सर्पले टोक्नासाथ विष छोडिहाल्दैन त्यसका लागि केही समय लाग्छ जसरी
ैरिजेन्समा भएको औषधि नसाबाट विस्तारै दिइन्छ ठीक त्यसैगरी विष पनि सर्पले विस्तारै छोड्छ । डा. शर्माले भन्नुभयो विसालु सर्पजस्तै वैरी करेत, कमन करेत, करेत, गोमन आदिले मानिसलाई टोक्यो र उपचार गर्ने ठाउा टाढा छ भने मुखमा पाइप लगाएर कृतिम श्वास प्रश्वास गराउदै उपचार केन्द्रसम्म पुर्‍याउनुपर्छ ।
कार्यक्रमको सञ्चालन मोहन श्रेष्ठले गर्नुभएको थियो भने प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा.डा. विक्रम श्रेष्ठ, शिक्षाविद् कुमारबहादुर कार्की, कमल पोख्रेल लगायतको समेत कार्यक्रममा उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया