बराह ज्वेलरी इण्डष्ट्रिज प्रा.लि २१ औं बर्षमा प्रवेश नुनदेखि सुनसम्म, धरान, काठमाण्डौ, पोखरा, युके हुदै हङकङसम्म

धरान/बराह ज्वेलरी इण्डष्ट्रिज प्रा.लि आम धरानेहरुका लागि मात्र नभएर नेपाल र विदेशमा बस्ने नेपालीहरुका लागि समेत चीर परिचित नाम हो । नुनदेखि सुनसम्म धरान, काठमाण्डौ, पोखरा, युके देखि हङकङसम्म आज यसका शाखा प्रशाखा विस्तार सागैको नारा लोकप्रिय बनेको छ ।
आफूलाई आर्जन गरेको आम्दानीमध्ये केही हिस्सा सामाजका लागि पनि समर्पण गर्नुपर्छ भन्ने उद्देश्य अनुरुप विगत २० बर्षदेखि सञ्चालन हुादै आएको बराह ज्वेलरी इण्डष्ट्रिज प्रा.लि. आगामी भदौ ५ गतेदेखि २१ औं बर्षमा प्रवेश गर्दैछ । धरानको सबैभन्दा व्यस्त ठाउा भानुचोक महेन्द्रपथमा सञ्चालित बराह ज्वेलरी इण्डष्ट्रिज प्रा.लि. र बराह सपिङ्ग कम्प्लेक्स गरगहनादेखि घरमा चाहिने अत्यावश्यक दैनिक उपभोग्य समाग्री, इलेक्ट्रोनिकस सामाग्री, रेडिमेट कपडा आदि खरिदका लागि दैनिक हजारौ सर्वसाधारणको भीड लाग्ने गर्छ ।
कसरी स्थापना भयो बराह ज्वेलरी ?
बराह आज भन्दा २१ बर्ष अगाडि २०५२ साल भदौ ५गते धरानमा स्थापना भयो । यसका परिकल्पनाकार इन्द्र लामिछाने (स्व. इन्द्रकुमार विश्वकर्मा) हुनुहुन्थ्यो । त्यसबेला बराह ज्वेलरी नै किन नाम
राखियो भन्ने प्रश्न उठेको थियो । विशेष गरेर बराह क्षेत्र पूर्वाञ्चलको प्रसिद्ध धार्मिक स्थल भएको र यसलाई अन्य क्षेत्रबाट सपोर्ट गर्न नसकिए पनि व्यापारी व्यवसायकै माध्यमबाट देश विदेशमा पुर्‍याउने उद्देश्यले यसको नाम राखिएको थियो । २०५२ साल भदौ ५ गते बराहको अुरुवात गर्नुभन्दा अगाडि परिकल्पनाकार इन्द्र लामिछानेले धेरै नै संघर्ष गर्नुभएको थियो । छामिछाने व्यापार गर्न पूाजीकै लागि भुटान, वहराइन, काठमाण्डौको फुटपाथमा क्यासेट बेच्नुभयो । धरान धनकुटा रोड निर्माण गर्दा गिट्टी बालुवा बोक्ने काम गर्नुभयो । अन्तमा उहााले व्यपार व्यवसाय कि उत्पादनशील क्षेत्र कृषि नै हो भन्ने निष्कर्षमा पुग्नु भयो । बराह ज्ेलरी इण्डष्ट्रिज प्रालिका प्रवन्धक मानबहादुर विक भन्नुहुन्छ, उहााको बाबु बाजे पनि भोजपुरको हुन्ताङ्ग गाविसमा स–सानो व्यवसाय गर्नुहुन्थ्यो । त्यसैको
प्रेरणाले उहााले सुनचाादीको व्यवसाय थाल्नुभएको थियो । धरानमा बराह ज्वेलरी सञ्चालन गर्नुभन्दा अगाडि सिन्धुलीमा भारत भुटान त्यसपछि बहराइन ८ बष बसेर केही पूाजी ल्याएर व्यवसाय शुरु गर्नुभएको थियो ।
व्यवसाय शुरु गर्दा बराहा भगवानकै नामबाट ज्वेलरी मात्र शुरु भएको थियो । थोरै पूाजीबाट शुरु भएका व्यवसाय विस्तारै विभिन्न वित्तीय संस्थाहरुबाट लन लिने काम पनि भयो । पछि संघर्ष गर्दै गएपछि स्व. इन्द्रबहादुर विकसाग भएका टिमले गरेको इमान्दारिता साथ बराहलाई अगाडि बढाउदै लैजानुभयो उहााहरुको संघर्ष, मेहनत देखेर केही शुभचिन्तक, पूर्वाञ्चल बासी, धरानमा बसोबास गर्न भारतीय, वृटिश, सिंगापुर, भूपू सैनिक परिवार तथा अन्य समुदायका मानिसहरुले यसमा लगानी गर्ने तत्परता देखाउनुभयो । जसको कारण २०६० सालमा आÏनै भवन खरिद गर्नुभयो । ग्राहककै माग अनुसार ठूलो नभए पनि नुनदेनि सुनसम्म सबै सुविधा एकै ठाउामा दिने उद्देश्यले सपिङ्ग कम्प्लेक्स शुरु भयो । लत्ता कपडा, खाद्यान्न, पेय पदार्थ, इलेक्ट्रोनिकस सामान विक्री वितरण शुरु
भयो ।
शाखा विस्तार
वि.सं. २०६० सालमा धरानमा सानो स्पेशलाई प्रयोग गरी सपिङ्ग कम्प्लेक्स शुरु
गरेपछि सोही बर्षदेखि काठमाण्डौमा शुरु गर्नुभयो । पहिला काठमाण्डौको भेडासिंह भन्ने ठाउामा शुरु भएपनि पछि त्यसलाई पिपलबोटमा सञ्चालन गरेता पनि केही समय पछि
न्यूरोड गेट छेउकै भवन खरिद गरी ज्वेलरी देखि रेमिट्यान्सको कारोबार शुरु भयो । काठमाण्डौमा सहकारी कोअपरेटिव शुरु भयो । धरानमा पनि बराह ज्वेलरी, डिपार्टमेन्ट र कार्यरत कर्मचारी, शुभचिन्तक, बराहको टिम, धरानका सबै समुदायलाई समेटेर बराह बचत तथा ऋण सहकारी सस्था लि सञ्चालन हुन थाल्यो । २०६६ सालमा सहकारी संस्था सञ्चालनमा आएको हो , काठमाण्डौमा २०६५ सालमा भवन खरिद गरेर कारोबार शुरु
गरेपछि हाल त्यहाा न्यू वराह ज्वेलरी सम्पर्क कार्यालय छ । काठमाण्डौलाई प्रधान कार्यालय बनाएर बराह ज्वेलरीले आफ्नो कारोबारलाई बढाएको छ । धरानबाट शुरु भएपनि कम्पनीमा लगेपछि प्रधान कार्यालय काठमाण्डौलाई बनाउनुको पमुख कारण कानुनी, वित्तीय रुपले सहज होस भनेर नै हो ।
२०६७ सालमा पोखरामा अर्को शाखा सञ्चालन भयो । बराह ज्वेलरी इण्डष्ट्रिज प्रा.लि. भनेर खोलिएको एक महिनामा एउटा दु:खद् घटना घट्यो । त्यसबेलाको अवस्थामा झण्डै ३ करोडको क्षति भयो । घटना पश्चात व्याक हुने कि सञ्चालन गर्ने द्विविधामा परिकल्पनाकार इन्द्र लामिछानेको टिम दोधारमा पर्‍यो । पछि पोखरेलीबासीहरुसाग भएको छलफल पश्चात उहााहरुले कुनै हालतमा पनि बराह पोखराबाट जानु हुादैन भन्नुभयो । अहिले उहााले गोरखा कम्युनिटी पोखरा भनेर वृटिश, भारतीय, सिंगापुर भूपू सैनिक संगठन जुन ४ सय भन्दा बढी सदस्य छन्, त्यो संस्थालाई २५ प्रतिशत शेयर दिएर हाल गोरखा एण्ड बराह ज्वेलरी भनेर सञ्चालन भएको छ । त्यसपछि २०६५ सालमा नेपालबाट गएका र युकेमा बसोबास गर्नैहरुलाई सेवा दिने उद्देश्यले युकेमा शाखा विस्तार भयो , गोर्खालीहरुको नाम उच्च राख्ने उद्देश्यका साथ गोरखा एण्ड बराह ज्वेलरी भनेर सञ्चालनमा आयो । २०६९ सालमा हङकङमा अर्को शाखा विस्तार भयो हङकङमा ६० हजार भन्दा बढी नेपालीको बसोबास छ । बराह ज्वेलरीले हङकङमा पनि सेवा शुरु गरेपछि त्यहााका नेपाली अत्यन्तै खुशी देखिएका छन् ।
नुनदेखि सुनसम्म
नुनदेखि सुनसम्म धरानमा शुरु
गरिएपनि काठमाण्डौ लगायत अन्यत्र
धरानको जस्तो सेवा दिइएको छैन ।
रेमिट्यान्स, बित्तीय कारोबार, अधुनिकदेखि परम्परागत ढंगका गहना, विभिन्न जनजातिको परम्परागत बनाइएका गरगहनाहरु छन् । पाटन औद्योगिक क्षेत्रमा १ सय जनालाई गरगहना बनाउने तालिम दिने काम भइरहेको छ । नेपाली कालिगढ उत्पादन गने उद्देश्यले शुरु गरिएको तालिममा महिलाहरु पनि तालिममा सहभागी छन् । प्रोडक्सन हाउस वा Ïयाक्ट्रीबाट सामान त्यहााबाट पनि सामान उत्पादन हुन्छ, पोखराबाट पनि १५ जना कालिगड सामान तयारी हुादैछ । धरानबाट पनि १ सय ५० जना कालीगढले गरगहना बनाउने काम गरिरहनु भएको छ । संगीतको माध्यमबाट पूाजी विदेश लैजाने वा पलायन भइरहेको छ त्यसलई सानो स्केलमा भएपनि रोक्ने उद्देश्यले बराह ज्वेलरीको लगानीमा कृपा डिजिटल स्टुडियो अहिले ५.१ साराउन्डिङ्ग सिस्टमको सञ्चालन गरेको छ । यो सुविधा मुम्बईमा छ ।
बराह ज्वेलरी इण्डष्ट्रिज प्रा.लि. धरानमा कुन तलामा के छ ?
वि.सं. २०५२ सालमा धरानमा सञ्चालनमा आएको बराह ज्वेलरी इण्डष्ट्रिज प्रा.लि.को कुन तलामा के छ भन्ने जिज्ञासा उपभोक्ताहरुमा जाग्न सक्छ । धरानको बराह सपिङ्ग कम्प्लेक्स र बराह ज्वेलरी इण्डष्ट्रिज प्रालि एकै ठाउामा रहेको छ । शुरुको ग्राउण्ड Ïलोरमा ज्वेलरी आइटम
रहेको छ । त्यसपछि डिपार्टमेन्ट स्टोरको खाद्यान्न, लत्ता कपडा, पेय पदार्थ, जुत्ता चप्पल, किचेनका इलेक्ट्रोनिक आइटम, स्वदेशी तथा विदेशका विक्वायर आइटम रहेका छन् । पहिलो तलामा स्वदेश तथा विदेशका लत्ताकपडा, नयाा नयाा डिजानइनका फेसन, पुराना पुस्ताले समेत प्रयोग गर्ने कपडा, जातीय पहिरनका कपडा लगायत छन् । दोस्रो तलामा बराह चाइना संसार रहेको छ । यसको अर्थ नेपालमा प्रयोग हुने अधिक सामान चाइनबाट आयात हुन्छ , पहिला पहिला बराहले काठमाण्डौ वा अन्य ठाउाबाट ल्याउादा पाचौ–छैठौ पार्टीबाट ल्याउने बाध्यता थियो ।जसले गर्दा १ सय रुपैया पर्ने सामान १ सय ५० रुपैया
बराहले नै हाल्नुपथ्र्यो । यसबाट उपभोक्ताहरु मारमा परेका थिए । अब बराहले चाइना गएर Ïयाक्ट्रीबाटै कन्टेनर कन्टेनर उठाएर आफैले ल्याउन थालेको छ । जसले १ सय ५० रुपैया पर्ने सामान अब १ सय रुपैयामै दिन थालेको छ । तेस्रो तलामा धरानभित्र छरिएर रहेको पूाजीलाई सेयर सदसहरुमार्फत दैनिक, मासिक सकलन गरेर उनीहरुकै आर्थिक,सामाजिक, उत्पादनशील क्षेत्रमा लगानी गर्ने उद्देश्यले बराह बचत तथा ऋण सहकारी संस्थाले आफ्नो गतिविधिलाई अगाडि बढाएको छ । जस अन्तर्गत कर्मचारीहरु घर घरमा गएर, खुत्रुके बचत, दैनिक, मासिक बचत गर्ने त्यो पेशाबाट बचत गरिदिने र पछि उनीरुले सहिुलित दरमा पैसा लिएर त्यो पैसाले कुखुरा पालन, बंगुरपालन, कृषितिर व्यापार व्यवसायतिर लगार्नु गर्नुभएको छ । चौथो तलामा बराह वाल संसार सञ्चालन भएको छ । सानो बच्चादेखि ११ बर्षसम्मको बच्चालाई छुट्टीको समयमा अथवा नानीहरुको मनोरञ्जनसागै बौद्धिक क्षमता अभिवृद्धि गर्ने उद्देशयले
बराह बालसंसार शुरु गरिएको छ । जस अन्तर्गत होलिकोप्टर कस्तो हुने, ट्याक्टर कस्तो हुन्छ आदि राखेको छ । भोक लाग्दा मिठो परिकार त्यही बराह किचेनमा उपलब्ध छ ।
यातायात क्षेत्रमा पनि बराहको सक्रियता
बराह ज्वेलरी तथा बराह सपिङ्ग कम्प्लेक्सले यातायात सेवा पनि सुचारु
गरेको छ । पूर्वमै पहिलो धरानबाट एसीसागै वाइफाइ बराहले शुरु गरेको हो । वास्तवमै भन्ने हो भने बराह भनेको एउटा अभियान जस्तो भएको छ । यो अभियानमा सबैले सकारात्मक सोचका साथ काम गर्ने हो भने राष्ट्र,देश र धरानले धेरै कुरा गर्न सक्छन् । हाल धरानमा भाटभटेनी, गोरखा डिपार्टमेन्ट स्टोरले आÏनो सेवा धरानमा चााडै सञ्चालन गर्दै छ । त्यसको पहिलो श्रेय बराहलाई नै दिनुपर्छ । ठूलो विजनेश हवहरु आउादा सबै धराने खुशी हुन्छन् । सञ्चालक मानबहादुर विश्वकर्मा समेत ठूला विजनेश हवहरु
धरानमा आउनुपर्छ । बराहले बसमा वाइफाइ, एसी जोडेपछि अहिले सबैजसो लामो दूरीको बसमा जोडेका छन् । बराहका हाल काठमाण्डौ जाने ५ वटा बस छन् । दुई वटा एयर सस्पेन्सर र दुईवटा नन एसीका छन् । एटाचाहिा विहान कर्मचारी ल्याउने र बेलुका कर्मचारी पुर्‍याउने काम गर्छ । त्यसपछि दिनभरि धरान विराटनगर सञ्चालन हुने, पर्यटकलाई सेवा दिने काम भएको छ । इन्द्र बराह ट्राभल्स एण्ड टुुर्स मार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाइ टिकट, काठमाण्डौ–धरान बस सेवा सञ्चालन भइरहेको छ ।
मानवीय सेवामा बराह ज्वेलरी
मानवीय सेवामा पनि बराह ज्वेलरी उत्तिकै संवेदनशील रहेको छ । मानवीय सेवा पैसा नतिरी वा थोरै पैसा भएपनि तिर्नुपर्छ भनेर बराहले एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । संस्थाले आÏना शेयर सदस्य, आर्थिक अवस्था कमजोर भएका समुदायका मानिसलाई सम्बन्धित निकायबाट सिफारिस भइ आएमा दुई जिल्ला मोरङ्ग र सुनसरीमा पैसा नलिइ अस्पतालसम्म पुर्‍याउने र ल्याउने काम गरिरहेको छ । अन्य बाहिरी जिल्ला वा भारतको सिलगुढी लैजानु पर्‍यो भने अन्यको भन्दा २५ प्रतिशत छुट दिइएको छ । विशेष गरेर बराहले हरेक बर्ष रक्तदान कार्यक्रम समेत गर्दै आएको छ । मानवीय सेवालाई जोडेर बराहले काम गर्दै आएको गतबर्षको बार्षिकोत्सवमा ४ सय ७८ पिन्ट रगत संकलन गरेको थियो । एउटा व्यवसायिक संस्था तथा सहकारीले यति
धेरै रगत संकलन गरेको सम्भवत नेपालमै पहिलो होला ।
शिक्षा र धार्मिक क्षेत्रमा लगानी
बराह ज्वेलरीले धरानको शिक्षा क्षेत्रमा समेत ठूलो योगदान पुर्‍याएको छ । धरान–११ मा बसोबास गर्ने सुकुम्बासी बस्तीका नानीहरु शिक्षाबाट बञ्चित नहुन भनेर सामुदायिक विद्यालयमा लगानी समेत गरेको छ । हुने खाने तथा सम्पन्नहरुले बाहिर यहााका महागा बोर्डिङ्ग स्कुलमा पढाएका छन् । अन्तत: शिक्षा ज्योति प्रा.लि. धरान–११ स्थित रहेको विद्यालय जसमा गरिबका छोरा छोरीहरु पढ्छन । त्यस विद्यालयमा एक जना शिक्षकको मासिक तलब बराहले नै दिएर सहयोग पुर्‍याइ
रहेको छ । यसैगरी धरान तथा यस क्षेत्रमा भएका धार्मिक स्थलहस्को पुन निर्माण लगायतका काम गरिरहेको छ । पूर्वकै सुन्दर ठाउा भेडेटारमा रहेको पाथीभरामा स्वागत द्वार, धार्मिक संघ संस्थालाई सहयोग, धरानको शनि मन्दिरमा
परिकल्पनाकार स्व. इन्द्र लामिछानेको स्मृतिमा इन्देश्वर महादेवको मूर्ति स्थापना गरेको छ । यसैगरी बराहक्षेत्रको बाटो व्यवस्थित भइसकेपछि तीन बर्ष अगाडि घोषणा गरेको बराह स्वागत द्वार निर्माण गर्ने भएको छ । सुनसरी उद्योग वाणिज्य संघमा चेम्बर गेष्ट हाउसको १ कोठा निर्माण गरेको छ । नेपाल पत्रकार महासंघले आगामी दिनमा बनाउने भवनका लागि धेरै नभए पनि केही आर्थिक सहयोग गर्ने समेत मनस्थिति बनाएको छ । बैंकहरुले जनताको पैसा राख्छ र नाफा कमाउाछ तर उनीहरु बार्षिक यति नाफा भयो भन्छन् तर समाजका लागि मुनाफाबाट केही
गर्दैनन् । नाफा लगानीकर्ता, संस्था पकडलेमात्र खानु हुादैन । बराहले मनवीय, सामाजिक क्षेत्रमा लगानी पनि गरेको छ । ठूला ठूला व्यापापार छन् आफ्नै लागि मात्र कमाउनु हुदैन ।
कर्मचारीका लागि सञ्जयकोष
हाल बराहमा तीनसय भन्दा बढी कर्मचारीले प्रत्यक्ष रोजगारी पाएका छन् । अप्रत्यक्ष रुपले ३ हजार भन्दा बढीले
रोजगारी पाएका छन् । धरानले पौने २ करोड उनीहरुको जीवन वीमा पेन्सन प्लानको अभियान थालेको छ । कम्तीमा १२–१५ बर्ष काम गर्नेलाई केही त हुनुपर्‍यो भन्ने मान्यता बराहको छ । राज्यका निकायमा काम गर्नेलाई पेन्सन हुने तर निजी ठाउामा काम गर्नेलाई पनि पेन्सन दिनुपर्छ । सञ्चालक मानबहादुर विक भन्नुहुन्छ–‘आदारणीय दाइ बलराम आचार्यले
व्यापारीलाई कोला भन्नुभएको थियो । कोला खाएपछि केराको थम्मा काटेर फाल्ने काम हुादैन ।

तपाईको प्रतिक्रिया