धरान/धरान–१४ स्थित बालगोपाल मन्दिरको जग्गामा विगत केही समय यता बाह्य हस्तक्षेप बढेको भन्दै धरानका प्रवुद्ध व्यक्तिहरुको सर्वपक्षीय भेलाले मन्दिर व्यवस्थापनका लागि लोकनाथ लुइाटेलको अध्यक्षतामा एक समिति गठन भएको छ ।
मन्दिर व्यवस्थापन समितिका उपाध्यक्षमा विष्णु खनाल, सचिवमा धर्मराज तिम्सिना, सह सचिवमा केशव अधिकारी, कोषाध्यक्षमा सुशिला श्रेष्ठ रहनु भएको छ । चालीस सदस्यीय उक्त व्यवस्थापन समितिको सदस्यहरुमा कमल पोख्रेल, गोविन्द तिम्सिना, आनन्द आचार्य, कविर खानाल, डा. भरत भट्टराई, कल्याण भट्टराई, टिका सुवेदी, मधु घिमिरे, अम्बिका राई, पार्वती श्रेष्ठ, हेमन्त राज अर्यााल, हरिप्रसाद घिमिरे, विष्णु सुवेदी, रामप्रसाद गुरागाइ, कमल भट्टराई, कृष्णनारायण पलिखे, चीनबहादुर राई, सुभद्रा सुवेदी, चन्द्रकला गुरुङ्ग, भीमबहादुर लिम्बु, गोविन्द बस्नेत, रामकुमार तुम्बा, मिना काÏले, धनकुमार राई, मिना काÏले,
रेवत लक्ष्मी प्रधान, पिंगला न्यौपाने, शशिकला श्रेष्ठ, कमला काÏले (श्रेष्ठ) रहनु भएको छ भने आमन्त्रित सदस्यमा शेषराज खतिवडा, रामबहादुर तामाङ्ग, विष्णुप्रसाद खनाल, कुन्टल खनाल र भवानी खनाल रहनु भएको छ ।
समितिले प्राचीन कालदेखि
परिचित धरान–१४ स्थित बालगोपाल धाम (गोपाल मन्दिर) व्यवस्थापन गर्न बनेको समितिका सम्बन्धमा विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थाहरुलाई जानकारी गराउने, मन्दिरको हालसम्म भए गरेका कामको खोजी गर्न उपसमिति गठन गर्ने, समितिले बाल गोपाल मन्दिरको विधान निर्माण गर्ने लगायतका निर्णयहरु समेत गरेको छ ।
