इटहरीमा मनकामना क्याफे एण्ड रेष्टुरेन्ट सञ्चालन

इटहरी/ इटहरीको बढ्दो जनघनत्वलाई दृष्टिगत गरी युवा व्यवसायी तथा सुनचाादी व्यवसायी संघ इटहरीका अध्यक्ष विश्वराज धिमालले अत्याधुनिक सुविधासम्पन्न र शान्त वातावरण भएको मनकामना क्यापे एण्ड रेष्टुरेन्ट सञ्चालनमा ल्याउनु भएको छ ।
भलिबलका राष्ट्रिय खेलाडी समेत रहनु भएका समाजसेवी धिमाल लामो समयदेखि सुनचाादी व्यवसायमा संलग्न रहादै आउनु भएको छ । सुनचाादी
कारोबारसागै रेष्टुरेन्ट व्यवसायमा हात हाल्नुको कारण बारे जिज्ञासा राख्दा उहााले भन्नुभयो–अहिलेको परिवर्तित माहोल, बढ्दो इटहरीको जनघनत्व आदिलाई मध्यनगर गरी रेष्टुरेन्ट व्यवसायमा समेत हात हालेको हुा । धिमाल भन्नुहुन्छ, केही समय यता इटहरीमा पनि आन्तरिक तथा वाह्य पर्यटकको संख्या अत्याधिक बढेको छ । उनीहरु पूर्वाञ्चलको पहाडी जिल्लाहरुमा जान इटहरी स्टे गर्न थालेका छन् । उनीहरु सफा, शान्त वातावरण चाहन्छन् । यसका लागि उनीहरुले चाहे जस्तो क्याफे रेष्टुरेन्ट इटहरीमा छैन । उहाा भन्नुहुन्छ भाइ शमशेर धिमाल ११ बर्ष युएस बसेर फर्किएको छ । अमेरिकामा रहादा पनि रेष्टुरेन्ट सम्बन्धी काम गरेको हुनाले उसको अनुभवलाई समेत सदुपयोग गर्न रेष्टुरेन्ट सञ्चालनमा ल्याएको हुा ।
इटहरी वडा नं. १ धरान विराटनगर रोडसागै रहेको माइडियर लजसागै रहेको मनाकामना क्यापे एण्ड रेष्टुरेन्ट ब्रेड टोष्ट, जाम एण्ड बटर, आलु परौठा, टोष्ट अम्लेट, वाइल्ट डग, प्लेन अम्लेट, मसला अम्लेट, भेज वर्गर, चिकेन वर्गर, फ्रिस फ्राई, फिस करी, मटन करी, भेज पिजा, मसरुम पिजा, चिज पिजा लगायत ५० प्रकारका स्वादिष्ट आइटमहरु रहेको सञ्चालक धिमालले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया