राज्यको संरक्षणमा माफियाको धार्मिक क्षेत्रमा अतिक्रमण

विगत कही दिनदेखि कोशी प्रदेशका नौ जिल्ला अशान्त छ । यस प्रदेशका खास गरेर नौ वटा जिल्लामा सार्वजनिक यातायातका कुनै पनि सवारी साधन चलेका छैन । यातायतका सवारी साधन नचल्दा आम सर्वसाधारणको दैनिकी कष्टकर बन्दै गएको छ । आखिरी यी सबैको जड राज्यको संरक्षणमा माफियाको धार्मिक क्षत्रमा भएको अतिक्रमणका विरुद्धमा नागरिकको आन्दालन नै हो । हिन्दु, किराँत, बौद्ध धर्मालम्बीहरुको पवित्र धार्मिक स्थल ताप्लेजुङ्गको पाथीभरा (मुक्कुमलुङ) क्षेत्रमा राज्यबाट संरक्षित व्यवसायी चन्द्र ढकालको निर्माणधीन केवुलकारको विरुद्धमा संयुक्त संघर्ष समितिसहित नौ वटा अन्य संस्थाले गरेको बन्दप्रति राज्य उदासीन हुँदा सर्वसाधारणको दैनिकी थप कष्टकर बन्द गएको छ । प्रारम्भदेखि नै पाथीभरा क्षेत्रका काÏले पाटीदेखि पाथीभरा सम्मका प्रस्तावित केवुलकार विरुद्धमा आम सर्वसाधारणले आवाज उठाउँदै आएका थिए । गत हप्तामात्र प्रशासनको सुनियाििजत निर्देशनमा कोवलकार विरुद्धको आन्दोलित पक्षमाथि भएको जयदातिले आन्दोलनलाई थप मलजल गरेको छ । सरकार र एकथरि दलालहरु केवलकारको पक्षमा दिलोज्यानले लागेका छन् अर्कोपक्ष पाथीभरा क्षेत्रको मौलिकता, ऐतिहासिकता मासेर एएटा व्यक्तिका लागि व्यापार गर्ने दुरासय बन्द गरिनुपर्ने तर्कका साथ आन्दोलित छन् । आन्दोलनरत पक्षको तर्क सान्दर्भिक र मननयोग्य रहेको छ । चन्द्र ढकाल फगत व्यवसायी हुन् । यसमा कसैको दुई मत छन । साँच्चै नै उनले पाथीभरा क्षेत्रको विकास गर्न चाहेकै हुन् भने किन त्यस क्षेत्रमा हस्पिटलको निर्माण गर्दैनन् ? किन कलेज स्कूल खोल्दैनन् ? किन उद्योग खोलेर स्थानीय उत्पादनलाई कच्चा पदार्थको रुपमा प्रयोग गर्दैनन् ? किास भनेको उद्योग, स्कूल, कलेज, हस्पिटल हुन् त्यस क्षेत्रका लागि । तर केवलकारकै लागि मात्र किन लागिपरेका छन् ? त्यस क्षेत्रमा केवकारको आवश्यकत नै कछैन । काफ्ले पाटीसम्म यातयातको सुगमता त । त्यसपछिको ५ किमी तीर्थ यात्रुका लागि मन्दिरसम्म पुग्ने थोरै कष्टकर र अविस्मरणीय यात्राको मार्ग छ । यही दूरीिमा भएको दर्जनौ प्रजातिका गुराँसलगायत अन्य सैयौ प्रजातिका रुख विरुवा यहााका पहिचान हुन् । केवलकारका नाममा त्यस्ता दुर्लभ प्रजातिका बोट, विरुवा । गुुराँस प्रशासनको आडमा काटिएका छन् । एउटा गुरास्को बोट बयस्क हुन बर्षौ लाग्छ । तर फगत एउटा व्यवसायीको व्यापार प्रवद्धनमा राज्य शक्तिकै दुरुप्योग हुनु विडम्बना नै हो । राज्यले वहुसंख्यक जनताको आवाज सुन्नुपर्छ । तर केही आफियाहरुको स्वार्थका लागि सर्वसधारणमाथि अत्याचार गरिनु, गोली प्रहार गरिनु खेदजनक हो । वर्तमान अवस्थामा कोशी प्रदेशका नौ जिल्लाको शान्ति सुव्यवस्था कायम गरिनु भनेकै त्यस क्षेत्रमा कवलकार निर्माणलाई स्थगित गर्नु हो । आज भारतमा भएका तीर्थस्थलहरुको कुरा गर्दा पनि कैयौ विकट स्थानमा कुनै प्रकारको केवलकार निर्माण गरिएको छैन । ती तिर्थस्थलहरुमा भारत सरकार स्वयम् र भारतका अर्बपतिहरुले केवलकार निर्माण गर्न नसकेर नबनेका होइनन् । बनाइको प्रमुख कारण त्यस ठाउँको महत्व र महिमा घट्ने देखेर नै हो । बद्रीनाथ, केदार नाथ लगायतका दर्जनौ स्थानमा अशक्त तीर्थयात्रीहरु आज पनि डोकोमा बोकिएर पुग्छन् । पाथीभरा क्षेत्रमा पनि अशत्तः तीर्थयात्रुहरुका लागि मानव वाहन रहेका छन् । तसर्थ राज्यल आन्दोलनकारीहरुको जायज मागको समयमै उचित सम्बोधन गर्नैपर्छ । त्यस क्षेत्रको महिमा र महत्व घट्न दिने कुम गर्नु हुँदैन । कुनै उटा व्यक्तिको व्यापारका लागि राज्यको शक्ति दुरुपयोग गरिनुहुँदैन ।

तपाईको प्रतिक्रिया