धरान । धरानमा शुरु भएको २५ आंै अन्तर्राष्टिूय आमन्त्रण गोल्डकप प्रतियोगिता. अन्तर्गत शनिवार भएको पहिलो खेलमा चर्च व्वाइज युनाइटेट फुटबल क्लब विजयी बन्दै सेमी फाइनलको यात्रा तय गरेको छ भने नेपाल पुसिल हार व्यहोर्दै पहिलो खेलबाट बाहिरिएको छ । धरान १६ रंगशालामा आयोजित प्रतियागितामा चर्च ब्वाइजले विभागीय टिम नेपाल पुलिसलाई १–० गोल अन्तरले पराजित गर्दै सेमी फाइनलमा स्थान पक्का गरेको हो । चर्च व्याजका तर्फबाट निर्णायक गोल ४२ औं मिनेटमा सन्तोष खत्रीले गरेका थिए । उनले अफ्रिकन खेलाडी एन्डूो एभिओ एमाहाको पासमा गोल गरेका थिए । गोल सँगै खत्री नै खेलको म्यान अफ द म्याच घोष्ति बनेका थिए । उनले नगद १५ हजार र प्रमाणपत्र हात पारे ।
प्रतिये्गितामा प्रथम हुने टिमलाई १० लाख, दोस्रो हुनेलाई ५ लाख, उत्कृष्ट खेलाडीलाई १ लाख, प्रत्येक खेलको म्यान अफ द म्याचलाई जनही १५ हजार, सर्वाधिक गोलकर्ता ३५ हजार, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट स्टूाइकर र उत्कृष्ट कोचलाई जनही २५÷२५ हजार नगद र टूफी प्राप्त गर्नेछन् । २६ गतेसम्म आयोजना हुन लागेको प्रतियोगितामा राष्ट्रिय, विभागीय टिमसँगै अन्तर्राष्ट्रिय टिम गरी ८ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको उद्घाटन कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेतले गर्नुभएको थियो । धरान फुटबल क्लबको २५ औै संस्करणको अवसरमा रजत जयन्ति परेकोले सो अवसरमा केक समेत काटिएको थियो भने सशस्त्र प्रहरी, स्काउट, विद्यालयका विद्याथीहरुद्वारा मार्च पासको आयोजना गरिएको थियो । यस्तै विद्यालयका ८० जना विद्यार्थीहरुले सामुहिक रुपमा नृत्य समेत प्रस्तुत गरेका थिए । यसैगरि दोस्रो दिनको गोल्डकप प्रतियोगितमो प्रतियोगिताबाट आयोजक धरान पहिलो चरणबाट बाहिरिएको छ । प्रतियागितामा निर्धारित समय अवधिभर दुवै टिमबाट एक÷एक बराबरीमा टुंगिएपछि युनाइटेड खार्साङ फुटबल क्लबले धरान फुटबल क्लबलाई सडनडेथको आधारमा पराजित गरेको हो ।


खेल शुरु भएको १७ औ मिनेटमा खार्साङका खेलाडी खेमराज भुजेलले वीरन प्रधानको पासमा एक गोल गर्दै आफ्ना् टिमको खाता खोलेका थिए । तर खेलको ४४ औं मिनेटमा धरानका विनोद राईले वान भर्सेस वानमा १ गोल गर्दै खेल बराबरीमा पु¥याएका थिए । त्यसयता दुवै टिमबाट गोल हुन नसकेपछि खेल टाइबेकरमा धकेलिएको थियो । टाइबेकरमा समेत दुवै टिमबाट ५÷५ गोल भएपछि खेल सडन डेटमा पुगेको थियो सडन डेथमा धरानका तर्फबाट राजलाल थापाले गोल गरेका थिए भने मनोज राईले हानेको गोल गोल रक्षकले बचाएका थिए । यता खर्साङका तर्फबाट प्रविन राई र हेमराज भुलले हानेको प्रहार गोलमा परिणत भएका थियो । े दोस्रो खेलको म्यान अफ द म्याच खर्साङका हेमराज घोषित हुदै नगर १० हजार, टूफी र प्रमाणपत्र हात पारे । भोलिको खेल तेस्रो क्वाटरफाइनल खेल राजा क्लब इटहरी र भुटानको आरटिसीएफटी बीच हुने आयोजकले जनाएको छ । पाँच÷पाँच पटक बुढासुब्बा गोल्डकपमा पुगेर पनि हार व्यहोर्दै आएको आयोजक धरान फुटबल क्लबले तीन जना विदेशी खेलाडीहरुलाई क्लबबाट खेलाए पनि २५ औ संकरणमा पहिलो खेलबाटै बाहिरिएको छ ।
घरेलु मैदानमा समेत पटक पटक हार व्यहोर्नुलाई खेल कमजोर नभई भाग्यले साथ नदिएको क्लबका अध्यक्ष प्रताव तामाङले जानकारी दिनुभयो । त्यस्तै तेस्रादे दिनको खेलमा इटहरी विरुद्ध सानदार जित निकाल्दै भुटानको रोयल थिम्पु कलेज गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भुटान प्रिमियर लिग खेल्ने टिम रोयल थिम्पु कलेजले इटहरीको राष्ट्रिय जागृती क्लबलाई ४(१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो । सेमिफाइनलमा भुटानले चर्च ब्वाइज युनाइटेडसँग प्रतिष्पर्धा गर्नेछ । भुटानले खेलको सातौ मिनेटमा नै अग्रता लिएको थियो । नोयेदा योसेलको पासमा सोनाम योसेले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १(० ले अग्रता बनाएको भुटानले दोस्रो हाफमा थप ३ गोल गरेको थियो । दोस्रो हाफको ७ औ मिनेटमा सोनाम जुग्द्रुलले गोल गरेका थिए । इटहरीको डिबक्स एरियामा डिफेन्सले क्लियर गर्न नसकेको बललाई सोनामले दोस्रो बार च्याप्दै जाली चुमाएका थिए । दोस्रो हाफको १४ औं मिनेटमा कर्मा जम्सोले गोल थप्दै टोलीलाई ३–० को स्थितिमा पु¥याएका थिए । कर्माले प्रहार गरेको बल इटहरीका गोल किपर सन्दिप लिम्बूले नियन्त्रणमा लिन नसक्दा बलले गोल लाइन क्रस गरेको थियो । दोस्रो हाफको २५ औं मिनेटमा सोनाम योसेको पासलमा नयन्दा योसेनले गोल गर्दै टिमको जित निश्चित गरे । खेलको म्यान अफ द म्याच भुटानका सोनाम योसे घोषित भए । उनलाई नगद १०हजार पुरस्कार प्रदान गरिएको थियो । तीन विदेशी खेलाडी सहित मैदानमा उत्रिएको इटहरी भुटानको तुलनामा शारिरीक रुपम ाबलियो देखिन्थ्यो । मैदानमा भुटानका युवा खेलाडी इटहरी भन्दा टेक्निकल्ली राम्रो खेल प्रदर्शन गरेका थिए । इटहरीले दोस्रो हाफको ३२ औं मिनेटमा
इटहरीका आलेक्सले सान्त्वना गोल फर्काएका थिए । उनले विपक्षि गोल किपरलाई फ्लीक गर्दै गोल गरेका थिए ।






