धरान । भारत सरकारले नेपालको भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्यका लागि आर्थिक बर्ष २०२५÷०२६ मा सात करोड अनुदान दिने घोषणा गरेको छ । गत बर्ष समेत भारतले नेपाललाई सात सय करोड नै अनुदान उपलब्ध गराएको थियो । आÏना निकटका छिमेकी मुलुकहरुको पूर्वाधार विकास सँगै शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा खर्च गर्ने गरी भारतले प्रत्येक बर्ष अनुदान उपलब्ध गराउदै आएको छ । नेपालमा आउने अनुदान भारतीय विदेश मन्त्रालयमार्फत आउने गरेको छ ।

एक बर्ष अगाडि भारतले नेपाललाई दिने अनुदान सहयोग ६५७ करोड रहेको थियो । उक्त अनुदानमा गत बर्ष बढोत्तरी गरी ७ सय करोड पु¥याएको् थियो भने चालु र्आिर्थक बर्षमा समेत त्यसलाई यथावत राखेको छ । सबैभन्दा बढी अनुदान भारतले भुटानलाई दिँदै आएको छ । यस बर्ष भुटानलाई १५ सय करोड, म्यानमारलाई ३५० करोड, माल्दिभ्सलाई ६ सय करोड, अफगानथानलाई एकसय करोड, बंगलादेशलाई १२० करोड, श्रीलंकालाई तीन सय करोड, मंगोलियालाई पाँच करोड दिने जनाएको छ । भारत सरकारले शनिवार सन् २०२५÷०२६ को लागि ५०.६५ खर्ब भारतीय रुपैया बराबरको संघीय बजेट ल्याएको थियो । गत बर्ष उसले ४७.१६ खर्ब बराबरको बजेट ल्याएको थियो । भारतीय अर्थमन्त्री निर्मला सितारमणले बजेट प्रस्तुत गर्दै सबै क्षेत्रको सन्तुलित विकासलाई आत्सात गरेको बताउनु भएको थियो ।
