२५ औं बुढासुब्बा गोल्डकपको उद्घाटन समारोह : धरान फुटबल क्लबले जानेर नजानेर फुटबलको विकासका लागि निरन्तर प्रत्यन्न गरेको छ– किशोर राई, संस्थापक अध्यक्ष, धरान फुटबल क्लब

धरान । धरान फुटबल क्लबका संस्थापक अध्यक्ष, अखिल नेपाल फुटबल संघका मानार्थ केन्द्रीय उपाध्यक्ष तथा कोशी प्रदेश फुटबल संघका अध्यक्ष किशोर राईले विगत २५ बर्षदेखि धरान फुटबलले जानेर वा नजानेर फुटबलको समस्त विकासका लागि निरन्तर प्रयत्न गर्दै आएको बताउनु भएको छ । धरान फुटबल क्लबको आयोजनामा २५ आंै बुढासुब्बा गोल्डकपको शनिवार उद्घाटन समारोहलाई सम्बोधन गर्दै राईले उक्त कुरा बताउनु भएको हो । संथापक अध्यक्ष रईले भन्नुभयो मोफसलकै सबैभन्दा ठूलो मात्र नभएर लोकपिय र निरन्तर २५ आंंै संस्करणसम्म भव्य र सभ्य रुपमा सफल बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगगिताको रजत जयन्तिको पावन अवसरमा हालसम्म प्रतियोगितालाई हरेक दृष्टिले सहयोग पु¥याउदै आउनु भएकाहरुलाई शुभकमामना समेत व्यक्त गनुभएको थियो । नेपाली काँग्रेसका नेता समेत रुहनु भएका राइले भन्नुभयो २५ औं संस्करण एवम् बुढासुब्बा गोल्डकप प्रतियोगिता रजत जयन्तिलाई विशेष प्राथमिकतामा रखेर आफ्नो धेरै व्यस्तता छँदाछँदै पनि धरान फुटबल कलबको निमन्त्रणालाई स्वीकारेर आउनु भएका कोशी पदेश खेलकुद विकास बोर्डका सदय सचिव कृष्ण बस्नेतप्रति आभार व्यक्त समेत गर्नुभएको थियो । यसगरि उहाँको बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगितालाई प्रत्यक्ष, अप्रत्यक्ष सदैव प्रायोजन गर्ने, प्रतियोगतालाई सदैव माया र भव्य रुपमा सफल बनाउन सहयोग गर्ने खलाडी, प्रशिक्षकहरुलाई धन्यवाद समेत दिनु भएको थियो । उहाँले भन्नुभयो हामी यतिबेला सन २०२५ को विश्वमा छौ । धरान फुटबल क्लबले पनि २५ आंै संस्करणको आयोजना गरेको छ । क्लबको संस्थापक अध्यक्षको नाताले भन्नुपर्दा विगतमा हामी जुन उद्देश्य बोकेर हिडेका थियौ त्यसमा कहिल्यै सुस्ताउने र विसाउने काम भएन । आज नेपालीहरुको खेलकुद उत्कृष्ट ढंगले अगाडि बढेको छ । हामी समपूर्ण ेखेलप्रेमीहरुले दिल खोलेर प्रसशां गर्नुपर्छ । विश्व कप क्रिकेटमा नेपाली खेलाडीहरुले आफ्नो राम्रो प्रस्तुति दिइरहेका छन् । यसगरि महिला क्रिकेट खेलाडीले विश्वपकप खेल्ने अवसर पाइरहेका छन् । त्यो उपलब्धीलाई नेपाली फुटबले आगामी दिनमा विश्वकपमा पु¥याउने छ । यसका लागि एन्फा एकाडेमीका १० देखि १३ बर्षका खेलाडीहरुलाई आगमी १० बर्षमा तयार हुने समेत उहाँको विश्वास थियो ।
यसैगरि कोशी प्रदेश खेलकुद विकास बोर्डका सदय सचिव कृष्ण बस्नेतले बुढासुब्बा गोल्डकप प्रतियोगिताको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतक्ुमार कार्की र पूर्व मुख्यमन्त्री शेरधन राईका समेत शुभभकामना रहेको सुनाउदै उहाँले खेलकुदको विकासका लागि काशी पदेश सरकारले प्रदेशका खेलकुदसँग सम्बद्ध विभिन्न संघ संस्था, संगठनहरुसँग सहकार्य गरेर अगाडि बढिरहेको बताउनुभयो ।


कोशी प्रदेश सरकार यतिबेला खेलकुद नीति निर्माण गर्ने कुरामा अगाडि बढिरहेको छ । खेलाडीहरुले खेलेर बाँच्न सक्ने आधार निर्माण गर्नका लागि पहलकदमी शुरु गरिसकेको छ । सदस्य सचिव बस्नेतले भन्नभयो हामीले कुनै पनि प्रकारले विश्वलाई जित्न सक्दैनाँैं । संसारलाई नेपालले जित्ने भनेकै खेल विधा हो । त्यसैले खलकुदको विकास गर्न, खेलकुदका गतिविधि अगाडि बढाउन र खेलाडीलाई राष्ट्रका गहना होइन राष्ट्रका गौरवका रुपमा स्थापित गर्नका लागि संसारलाई जित्ने खेलाडी उत्पादन गर्न हामी लागिपरेका छौं । उहाँले भन्नुभयो आज सांरभरि नेपाली खेलकुदले नेपाली खेलाडीहरुले नेपालको नाम राखिरहेका छन् । यसै सन्दर्भमा मुलुककै चर्चित, लोकप्रिय र ऐतिहासिक बुढासुब्बा गोल्डकपको २५ औं संकरण शुरु भइरहेको छ । उहाँले भन्नुभयो यतिबला हामी दशौ राष्ट्रिय खेलकुदको संघारमा छौ । त्यसलाई सफल बनाउन पनि यो प्रतियोगिताले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ । दशौ राष्ट्रिय खेलकुदका लागि प्रदेश खेलकुद विकास बोर्डले बुढासुब्बा गोल्कपलाई व्यवस्थित रुपमा सहभागिता गराउने प्रयास गरिरहेको छ । यसका लािग प्रदेश सरकारले पहिलो स्थानमा खेलाडी, त्यसपछि प्रशिक्षक र त्यसपछि क्लबहरुलाई प्राथमिकतामा राखेकोले आफूले त्यसै अनुसारको भूमिका निर्वाह गरिरहेको समेत सदस्य सचिव बस्नेतले सुनाउनुभयो ।
उद्घाट सत्रमा धरान फुटबल क्लबका अध्यक्ष प्रताप तामाङ्गले बुढासुब्बा गोल्डकप आयोजनका लागि आ–आफ्नो क्षेत्रबाट सहयोग पु¥याउनु हुने सबैप्रति आभार व्यक्त गर्नुभएको थियो । उहाँले भन्नुभयो २५ औंं सस्ंकरणसम्म निरन्तर सहयोग गर्ने, सद्भाव प्रकट गर्नेहरुप्रति आभार व्यक्त नगरी रहन सकिदैन ।

तपाईको प्रतिक्रिया