सुस्त मनस्थितिका लागि धरानमा ३७ बर्षदेखि विद्यालय सञ्चालन

धरान । राज्यले नगरिकको शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेकोमात्र छैन हरेक नागरिक शिक्षा र स्वास्थ्यबाट बञ्चित हुनु नपरोस भनेर संविधानमै उल्लेख गरेको छ । यसैले पनि होला अपांंगता भएकाहरुलाई समेत लक्षित गरी विद्यालयहरु सञ्चालनमा आएका होलान् । धरानमा दृष्टिविहीनलाई धरान १५ मा लक्षित गरी ज्ञान चक्षु विद्यालय सञ्चालनमा ल्यााएको छ भने बौद्धिक अपागता भएकाहरुलाई लक्षित गरी धरान १६ मा सुस्त मनःस्थिति बाल कल्याण विद्यालय ३७ बर्ष अगाडिदेखि सञ्चालनमा छ । लक्षित विद्यालयले लक्षित विद्यार्थीहरुहरुलाई शिक्षाको पहुच पु¥याउन भने सहयोग पुगेको छ । धरान १६ मा रहेको सुस्त मनस्थिति विद्यालय जसले धरानमा रहेका बौद्धिक अपांगता भएका बालबालिकालाई शिक्षा प्रदानसँगै
हेरचाहमा ठूलो सहयोग पुगेको छ । अहिले यो विद्यालयमा ८६ जना बौद्धिक अपांगता भएकाहरु अध्ययनरत छन् । विगत १४ बर्षदेखि सोही विद्यालयमा अध्यापनको काम गर्दै आउनु भएकी शिक्षिका अनिता आचार्यले संवालङ्गजस्तो क्षमता बौद्धिक अपांंगतासँग नहुने भएकोले बौद्धिक अपांगता भएकाहरुलाई लक्षित गरी बनाइएको पाठ्यक्रम अनुसार विद्यार्थीहरुलाई शिक्षा दिने गरेको बताउनुभयो । उहाँलै साँकेतिक रुपमा मात्र अध्यन अध्यापन गराउने गरिएको बताउनुभयो । उहाँका अनुसार अध्ययनरत विद्यार्थीहरुलाई अक्षर चिनाउने, नाम लेख्न सिकाउने, अभिभावकको नाम, फोनम्बर लेख्न सिकाउनेदेखि विभिन्न चाँडपर्वमा प्रयोग हुने सांकेतिक वस्तुको बारेमा जानकारी गराउदै सिप सम्बन्धी कुरालाई प्राथमिकतामा राखेर सिकाउने गरिएको बताउनुभयो ।

यो विद्यालय २०४४ सालमा स्थापना भएको हो । यो विद्यालयले स्थापना भएसँगै हजारौ लाखौ बौद्धिक अपांगता भएका विद्यार्थीहरुलाई शिक्षा प्रदान गर्दै आएको छ । विद्यार्थीहरुको चाल चलन हाउभाउका कारण बौद्धिक अपांगता भएकाहरुलाई पठाउन अत्यन्तै गाह«ो हुने विगत तीन बर्षदेखि निरन्तर शिक्षा प्रदान गर्दै आउनु भएकी ममता राई बताउनुहुन्छ । पढ्नुपर्छ भन्ने ज्ञान नहुने भएकोले अभिभावकको भूमिका निर्वाह गर्दै उहाँहरुको रुचि अनुसारको काम गरिदिने र एक समय मात्र अधययापन गराउनै गरिएको उहाँको भनाई छ । पढ्न मात्र हैन यस्ता बालबालिका खान समेत राम्रोसँग नजान्ने भएकोले हकारेर कराएर भन्दा पनि माया गरेर अध्यापन गर्नुपर्ने बताउनुभयो । यस विद्यालयमा चार किसिमका बौधिक अपांगता भएकाहरु अध्ययन गर्ने भए पनि अटिजम भएका बालबालिकालाई पढाउन भने अत्यन्तै कठिन हुने विद्यालयकी प्रद्यानाध्यापक आरती थापा कार्कीले जानकारी दिनुभयो । उहाँले शिशुदेखि कक्षा ५ (५ ग्रेड)सम्म अध्ययन गरिने यस विद्यालयमा विद्यार्थीको अवस्था र क्षमता हेरेर सुहाउँदो कक्षामा राखिने गरिएको जानकारी दिनुभयो । ५ ग्रेडमा गएका विद्यार्थीहरुले आफ्नो नाम लेख्न सक्ने, आफ्नो परिवारको नाम लेख्न सक्ने, आफ्नो घर यहाँ भनेर लेख्न र भन्न सक्ने हुने भएकोले यस विद्यालयम अध्ययनरत बालबालिकाले आफ्नो, परिवार, घर, नम्बर लगायतका कुरामात्र लेख्न रजान्न सक्नेसम्म मात्र हुने गरेको प्रअ आरती थापा कार्कीले जानकारी दिनुभयो । राज्यले हरेक क्षेत्रमा शिक्षा प्रदान गर्ने प्रयास गरेको छ । जति गर्नुपर्ने हो त्यति गर्न नसके पनि सम्मानजनक शिक्षा प्रदान गर्ने प्रयास गरेको छ । धरान १६ को यो विद्यालयमा पनि लक्षित वर्गलाई सम्मानजनक शिक्षा प्रदान गर्न र शिक्षाको पहुचबाट बौद्धिक अपांगता भएकाहरु प्नि बञ्चित हुनु नपरोस् भन्ने अभिपायले सञ्चालनमा आएको हौ । यो प्रयासलाई पनि सह्रानीय र सकारात्मक ढंगबाट लिनुपर्ने बौद्धिक अपागता भएका अभिभावहरुले समेत बताउदै आएका छन् ।

तपाईको प्रतिक्रिया