वेफ्वाकको बहस
हाम्रा सडक–गलुल नेताहरुले संविधान बनाउन (?) मस्यौदामा बिउ मात्र के छर्केका थिए धर्म निरपेक्षताको जन्ताले खााडो जगाई हाले । जनै लगाएर बाइबल सिरानीमा हालेर सुत्ने नेताहरुले मस्यौदामा धर्म निपेक्षता स्वाट्ट खुसाइािददा यतिबेला कम्ता वित्याास पर्या छैन । संविधानको मस्यौदा बोकेर नाटक मञ्चन गर्न जिल्ला जिल्ला पुगेका नेताहरुलाई जन्ताले जोकर नै बनाएर पढाइदिए । बरिष्ठ नेता भैटोपली खाएका झालेमालेका पुतलीजुंगे माकुन्याउ, माउवादीका सुप्रिम लिडर भनाउादै आएका प्रचण्डाउ, झालेमालेका अध्येक्षे खप्रओ, सुर्जेबहादुर पुत्र सुनिल थापा, नेपाली कााग्रेसका बरिष्ठ भनाउादा नेता माने भकभके काजी शेरबहादुर देउवालगायतलाई जन्ताले गाली गर्ने, हान्ने गरेपछि सबै जोकर भएर कुले ठोकेका थे । धर्म
निरपेक्षता हैन हिन्दु राष्ट्र नेपाल भनेर लेख भन्दा जाकेर नेताहरुले मान्या थेनन् । अहिले पाए नि स्वाद ? अझै पनि यस्ता स्वघोषित बरिष्ठ नेताहरुको बुद्धि आ जस्तो छैन । करङ्ग खुस्काएसी’ चाहिा हिन्दु राष्ट्र लेख्लान् । त्यसै पनि यो वेÏवाकको बहस गरेर भत्तो पचाउने मेलो मात्रै हो नि ।
अपरिवर्तनीय रे
स्याललाई दशा लाग्यो भने सहर पस्छ भन्थे हो कि क्या हो ? अब
हेरौ न हाम्रो देशका मूर्ख विद्वान
बाउरामलाई । उन्ले अस्तिका दिन भन्या धर्म निरपेक्षता मस्यौदाबाट कुनै पनि हालतमा हाटाइदैन त्यो
अपरिवर्तनीय हो रे । देशाा यस्ता विद्वान भएसी नेपाल सर्लक्कै उाभो लाग्ने छनक देखिएको छ । मान्छेले बनाएका कुरा संसारमा केचाहिा अपरिवर्तनीय छ हा ? हिजो नेपालको राजसंस्थालाई अपरिवर्तनीय भन्या थ्यो । राष्ट्रिय गीतलाई अपरिवर्तनीय भन्या थ्यो । तर परिवर्तन भयो त ? बाउरामका कुरा सुन्दा घण्टाघरलाई हिजो आज खित्का छाडेर हास्न मन लाग्छ । प्रकृति त परिवर्तन भा’छ । कहिले खडेरी लाग्छ, कहिले पैरो जान्छ, कहिले भुकम्पले हल्लाको हलायै गर्छ । अनि जाबो मान्छेले बनाका कुरा
परिवर्तन हुादैन भने मुखे विद्वान भट्टराईले किन खोकेका होलान् ? जन्ता जग्या दिन थाहा पाउाछन् बाजेले ।
जनताको नेता रे
हैन हौ यो देशाा त सबै कुरा उल्टो पो हुन थाल्यो त ? आफूलाई जन्ताको नेता हुा भन्नेहरुबाट जनताबाटै हनुमान धुलाई खान थालेसी’ सिद्धिएन ? सधै जन्ताको नाम भाजाएर फाइदा लिनेहरुको यसपाली हरि विजोग देखियो । त्यत्रा मान्छे सिनित्तै बनाएर आएका प्रचण्डाउलाई सिरहामा तिनै जन्ताले ढुंगामुढा मात्र हानेनन् भाषण गर्न बनाइएको मञ्चमै आगो लगाइदिए । माकुनेको कार्जेकक्रममा त्यस्तै भयो । जन्ताका नेता हौ भन्नेलाई पुलिसले सुरक्षा दिएर लैजानु पर्यो । जन्ताको नेता त खुल्ला हिड्न सक्नु पथ्र्यो, पुलिसको घेराभित्र लुक्ने अनि जन्ताको नेता हौ भन्ने, यो चाहिा अलि हजम भएन । आाखा नभएकोलाई नेत्रबहादुर, हात नभएकालाई हस्तबहादुर, खुट्टा नभएकालाई बीरबहादुर, रुन्चे अनुहार भएकालाई हसिली भनेजस्तै हो नेपालमा जन्ताका नेता हौं भन्नेहरु । कि कसो हौ ?
हल्ला नगरम रे
हाम्रा पर्धानमन्तरी सुशिल दा’लाई हिजो आज हल्ला खल्लाले अलि झर्को लाग्न थाल्या हो कि क्या हो ? विचरालाई झर्को पनि लाग्दो हो नि । त्यतिका उमेर खाइसक्या अरु भए यतिबेला मस्तिर बसेर पिण्ड खान्थे होलान् । धन्न क्यान्सरलाई समेत पचाएर बाले अहिलेसम्म वाल्वाटारमै बास पाएका छन । अब हेरौ न संविधानको प्रारम्भिक मस्यौदा आएपछि त्यसको विरोधमा देशैभरि हल्ला भयो । कसैलाई आफ्नो जातको संघीयता चाहियो, कसैलाई हिन्दु राष्ट्र चाहियो, कसैलाई अधिकार पुगेन, कसैलाई नागरिकतामा लफडा देखे, कसैका भएका अधिकार समेत कटौति भए । यसपछि त के खोज्छस् काना आाखा भनेझै सबैले एकैपटक हल्ला गर्न थाले । एकैचोटी ३ करोडले हल्ला गर्दा कस्लाई झर्को लाग्दैन ? दा’लाई पनि झर्को लागेछ । अस्तिका दिन अति भएसी’ दाले भने हल्ला
नगरम । सबैका अधिकार सुनिश्चित हुन्छ । पहिलो गाासमै ढुंगा लोसी कस्लाई विश्वास भयो र । हल्ला मच्यिा मच्चियै छ ।
खिस्रिक्क प्रचण्डाउ
एमाउवादी छोड्नेका यतिबेला लर्को लाग्या छ । पहिल्यै धेरैले छाडेर कुले भइसक्या छन् । फेरि छाड्नेको तााती लाग्या छ । भर्खरै मात्र लोकेन्द्र विष्ट, लेखराज भट्ट, गोपाल किराातीले सक्तो सराप्दै माउवादी छोडे । खिइादै गएको पार्टीबाट मन्त्री भैसक्या, केन्द्रीय सदस्यहरुले यसैगरी माउवादी छोड्दै हिडे । लडाकुको चार अर्ब रुपैया प्रचण्डाउले हजम बनाएको प्रति विष्ट फायर भा’रैछन् । अरु पनि धेरै कुरा होलान् । विष्टले थुतुनो उघारी सक्या छैन । त्यही थुतुनो उघार्लान् कि भनेर विष्टलाई पकाउन प्रचण्डाउ आफू गएछन विष्टलाई भेट्न । तर प्रचण्डाउलाई विष्टले भेटै दिएनछन् । अन्तेमा अमिलो अनुहार लिएर प्रचण्डाउ फर्के छन् । प्रचण्डाउको पनि यो गति हुन्छ भनेर कस्ले सोच्या थ्यो होला ? त्यसैले भन्या कहिले सासूको पालो कहिले बुहारीको पालो ।
संघीयता लागू हुदैन रे
राष्ट्रिये जनमोर्चाका अध्यक्षे चित्रबहादुर केसीले अस्तिका दिन भन्या नेपालमा संघीयता लागू हुनै सक्दैन रे । पहिला संघीयता नै हुादैन भन्छन् । केसीलाई त्यस्तै भएको हो कि क्या हो ? यत्रो जन आन्दोलनबाट सडकबाट बोकेर सिंहदरबार हुलेको गणतन्त्रमा सबै कुरा हुन्छ भन्ने कुरा केसीलाई थाहै रहेन छ कि क्या हो ? चार दले सिण्डिकेट यतिबेला १६ बुादे परिमार्जन गरेर भएपनि फास्टट्रयाकबाट संविधान ल्याउन ज्यान छोडेर लाग्या छन । त्यसमाथि पनि सबैभन्दा हतारो चाहिा झालमालेका अध्येक्षे ओलीलाई छ । आफ्ना उमेरका, आफ्ना समकालीनहरु भन्दा नि विछट्टै टाठाबाठा ओलीलाई कहिले पर्धानमन्तरी हौला र सिंहदरबारको भित्तोमा फोटो झुण्ड्याउला भन्ने कत्रो धोको छ ? केसीले खै कुरा बुझेको ? संघीयता लागू हुादैन भनेर ओलीको मनै खल्लो बनाइदिनु त भएन नि ।
अल्टिमेटम
यो सरकार पनि साह्रै थेत्तरो
रै’छ । विचरा गोविन्द केसीले स्वास्थ्य क्षेत्र सुधार्न मेडिकल माफियाको चलखेल रोक्ने पटक पटक आमरण अनसन बसे । पहिलो पटकचाहिा केसीले उठाएको माग पूरा गर्ने, केदार भक्त माथेमाको प्रतिवेदन कार्यान्वयन गर्ने भनेर लालिपप देखायो । तर माथेमाले द्या प्रतिवेदन यतिबेला सरकारले बाहिर देखाउनुको सट्टा विरालाले आची लुकाएझै लुकाएर राख्या छ । विचरा डा. गोविन्द केसीले प्रतिवेदन सार्वजनिक गरेर कार्यान्वयन गर भनेका भन्यै छन् । तर सरकार ज्यान गए पनि प्रतिवेदन सार्वजनिक गर्ने पक्षेमा छैन । त्यसैले उनले फेरि अनसन बस्ने चेतावनी द्या छन् । अब पनि केसी अनसन बसे भने सरकारकोचाहिा बेहालै होला जस्तो छ ।
अन्तेमा
तेल सिद्धिन लाग्या बत्ती धीप–धीप गरेझै हिजो आज हाम्रा बेकामे राष्ट्रपति त्यसै गर्न थाल्या छन् । संविधान बन्ने बित्तिकै झोली तुम्बा बोकेर सपहीतिर हिाड्नपर्ला भन्ने चिन्ताले राष्ट्रपति कम्ता चिन्तित बन्या छैनन् । कहि मधेशवादी दललाई आफ्नै निवासमा बोलाई सोधपुछ गर्छन्, कहिले शितल निवासमै भात भान्सा तयार गरेर चारदले सिण्डिकेटका अगुवाहरुलाई भुाडी चर्किउन्ज्याल हसुर्न लगाई आफ्ना कुरा सुनाउाछन् । हुादा हुादा अस्तिका दिन त जादवले संविधान बनाउन हतार नगर भनेर चारदले सिण्डिकेलाई भनेछन् । अब पनि नलेखिए कहिले लेख्नु ? सात सात बर्ष शितल निवासमा बस्दा कस्तो पट्यार नलाइया हौ राष्ट्रिपतिलाई ?
