मदन भण्डारीलाई चिनाउने फोटोहरु

काठमाडौं/नेता मदन भण्डारीको जीवनसाग सम्बन्धित विभिन्न फोटोहरुको प्रदर्शनी थालिएको छ ।
बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा शनिबारदेखि सुरु भएको ’जननेता मदन भण्डारीको ऐतिहासिक फोटो प्रदर्शनी’ शीर्षकको उक्त कार्यक्रम एक सातासम्म चल्ने आयोजकले बताएका छने ।
सांस्कृतिक संग्रहालय नेपालले
गरेको प्रदर्शनीमा भण्डारीका युवा अवस्थादेखि मृत्युसम्मका विभिन्न ३ सय २५ वटा फोटो राखिएका छन्। भण्डारीसाग जोडिएका कम्युनिस्ट आन्दोलन झल्काउने ऐतिहासिक,
राजनीतिक, सांस्कृतिक, सामाजिक, आर्थिक र पर्यटकीय महत्वका फोटोहरु पनि प्रदर्शनीमा समावेश छन् ।
प्रदर्शनी संयोजक क्षितिज अरुण श्रेष्ठले मदन भण्डारीका विचारको सान्दर्भिकता आज पनि उस्तै रहेकोले तिनलाई फोटोका माध्यमबाट अभिव्यक्त गरिएको जानकारी गराए । ’२०४६ सालमा उहााले उठाएका २७ बुादा अहिलेको अन्तरिम संविधानमा हुबहु उल्लेख छ । हामीले विभिन्न शुभचिन्तकहरुको सहयोगबाट भेट्टाएसम्मका फोटोहरुलाई प्रदर्शनीमा सहभागी गराएका छौं । नयाा पुस्ताहरुमाझ ऐतिहासिक व्यक्तित्वबारे जानकारी गराउन पनि यस्तो खाले प्रदर्शनी आवश्यक छ,’ उनले भने। कम्युनिस्ट पार्टीलाई लोकतान्त्रिक बाटोमा ल्याउन भण्डारीले पुर्‍याएको योगदानको कदर गर्नु पनि प्रदर्शनीको उद्देश्य रहेको उनले बताए ।
प्रदर्शनीमा भण्डारीका भाषण समावेश अडियोका साथै उनीमाथि तयार भएका गीत र पुस्तकसमेत राखिएका छने । अधिकांश फोटोमा कोट प्यान्ट र भादगाउाले टोपीमा देखिएका भण्डारीका नेपाल र चीनको मैत्रीसम्बन्ध झल्काउने फोटोहरु पनि अटाइएको छ ।
त्यस्तै मनमोहन अधिकारी,
जीवराज आश्रित, माधवकुमार नेपाल, गणेशमान सिंहदेखि कुटनीतिक भ्रमणका फोटोहरु पनि हेर्न पाइन्छ । त्यसबाहेक पारिवारिक फोटोहरुमा उनको साधारण व्यक्तित्व पनि अवलोकन गर्न पाइन्छ । अधिकांश फोटो २०३० साल वरपर केन्ऽित रहेका छन्। कम्युनिस्ट आन्दोलनका बेला भूमिगत हुादाका फोटोहरु समेत प्रदर्शनीमा छने ।
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद भट्टराईलाई २०४८ सालको आम चुनावमा हराएर राष्ट्रिय राजनीतिमा चर्चित बनेका भण्डारीको चितवनको दासढुंगामा २०५० साल जेठ ३ मा सवारी दुर्घटनामा निधन भएको थियो ।
फोटो प्रदर्शनी केही सातापछि
राजधानीबाहिरका सहरमा समेत लगिने आयोजकले जनाएको छ । ’हामीले पूर्वदेखि पश्चिमका शहरहरुमा फोटो प्रदर्शनी गर्ने तयारी गरिरहेका छौं,’ आयोजक क्षितिजअरुण श्रेष्ठले भने ।

तपाईको प्रतिक्रिया