ब्राउन सुगर सहित १ जना पक्राउ

मोरङ । मोरङको बिराटनगर महानगरपालिका–१६ स्थितबाट लागुऔषध ब्राउन सुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
माघ ०६ गते भारतबाट नेपालतर्फ आउदै गरेको पैदल यात्री सुनसरी दुहवी नगरपालिका–४ का २५ बर्षीय मोहित यादवलाई १ ग्राम ८१ मिलिग्राम ब्राउन सुगर सहित लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया